‘फ्यान सपोर्ट हाम्रा लागि बाह्रौँ खेलाडी, दुर्भाग्यवश हामी बाह्रौँ खेलाडीविहीन हुँदै छौँ ।’
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल छनोटका लागि नेपालले भदौ अन्तिमदेखि खेल्दै छ । समूह बीमा रहेको नेपाल अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेईसँग भिड्नेछ ।
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल छनोटका लागि नेपालले भदौ अन्तिमदेखि खेल्दै छ । समूह बीमा रहेको नेपाल अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेईसँग भिड्नेछ । बलियो समूहमा परेको नेपालले रंगशाला तयार नहुँदा घरेलु मैदानमा समेत खेल्ने छैन, सबै खेल विदेशी मैदानमै सामना गर्नेछ । कठिन समयको कप्तानी गरिरहेका छन्, विराज महर्जनले ।
होम गेम नखेलिने निश्चित भयो । यसले खेलाडीको मनोविज्ञानमा कस्तो असर गर्छ ?
ठूलो मानसिक दबाब पर्छ । ०७२ को भुइँचालोपछि नै हामीले आफ्नो रंगशालामा खेल्न पाइरहेका छैनौँ । घरमै आफ्नो खेल देखाउने मौका पाएका छैनौँ । खेलाडीका पीडा धेरै छन् ।
घरेलु मैदानमा नखेल्दा के फरक पर्छ ?
फ्यान सपोर्ट हाम्रा लागि बाह्रौँ खेलाडी हो । उनीहरुको साथ र सहयोगले मैदानका खेलाडीलाई ठूलो हौसला र बल मिल्छ । दुर्भाग्यवश हामी बाह्रौँ खेलाडीविहीन हुँदै छौँ । घरमा खेल्दा बाहिर खेल्न सहज हुन्छ । सबै खेल देशबाहिर हुँदा आत्मविश्वास कमजोर हुन सक्छ ।
बलिया टिमसँग नेपालको खेल कस्तो होला ?
हामी सबै प्रतिद्वन्द्वीलाई बलियो मानेर मैदानमा उत्रन्छौँ । कसैलाई पनि कम आँक्दैनौँ । राम्रो खेल्ने र जित्ने आत्मविश्वासले खेलाडी मैदानमा उत्रिनुपर्छ ।
विश्वकप खेलिसकेका अनुभवी टिमसँग खेल्दा नेपाललाई के फाइदा हुन्छ ?
आफूभन्दा राम्रो टिमसँग खेल्दा धेरै सिक्न सकिन्छ । मैदानमा मात्र होइन, मैदानबाहिर पनि । उनीहरुको लवाइखुवाइका साथै आधुनिक फुटबलका प्रविधिबारे थाहा हुन्छ ।
कप्तानका रुपमा विशेष योजना के छ ?
आ–आफ्नो भूमिकामा बलियो रुपमा प्रस्तुत हुन टिमलाई एकताबद्ध गराउने हो । टिमलाई उच्च मनोबलमा राख्ने प्रयत्न गर्नेछु ।
विदेशी प्रशिक्षक आएपछि खेलमा केही सुधार भएको छ ?
नयाँ सेट बनेको छ । अभ्यासको तौरतरिकामा परिवर्तन भएको छ । आफ्नो पोजिसनमा दह्रोसँग खेल्ने र लामो पास खेल्नेबारे धेरै सिक्यौँ ।
नेपालको फुटबलको स्तर कहाँनेर छ ?
जबसम्म सरकारले खेल क्षेत्रको स्तर उकास्न ध्यान दिँदैन, तबसम्म खेलाडीले मात्रै केही गर्न सक्दैनन् । सरकारले खेलको मूल्य र महत्व बुझ्न सक्नुपर्यो । खेलाडीको भविष्य सुनिश्चित हुनुपर्यो । अनि मात्र हामीले विश्व खेल जगतसँग आफूलाई दाँज्न सक्छौँ ।
खेल नउक्सिनुको दोषी सरकार मात्रै हो त ?
मुख्यतः सरकारको सोच र कार्यशैली नै हो । हामीलाई खेल्ने पूर्वाधार नै छैन । बिनापूर्वाधार कसरी खेलाडी उत्पादन हुन्छन् र खेलको स्तर उकासिन्छ ?
नेपालले विश्वकप फुटबल कहिले खेल्न सक्ला ?
प्रतिकूलता हुँदाहुँदै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय लिगमा स्थान पाइरहेका छन् । सरकारले खेल क्षेत्रलाई उकास्न चाहे २५/३० वर्षमा खेल्न सकिन्छ । त्यो क्षमता खेलाडीमा छ । विश्वकप खेल्ने सपना धेरै देखियो । तर घरेलु वातावरण त्यस्तो खालको भएन ।
घरेलु वातावरण भन्नाले ?
कुनै पनि मुलुकको फुटबलको स्तर थाहा पाउन त्यहाँको घरेलु लिगको हैसियत हेर्नुपर्छ । हाम्रो घरेलु लिग नै नियमित छैन । फुटबल व्यावसायिक भएकै छैन । निकै दुःख लाग्छ ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...