फुर्ति फ्लप हिरोइनको
चलेका कलाकारको घुर्की र घमन्ड सहेर भए पनि फिल्म खेलाउन निर्माता/निर्देशक बाध्य हुन्छन् तर फ्लप फिल्मको ओइरो लगाएकी हिरोइनले पनि यस्तै व्यवहार देखाउँदा चाहिँ उदेक लाग्दो रहेछ । नपत्याए नीता ढुंगानालाई हेर्नूस् ।
फिल्मले बक्स अफिसमा तहल्का पिटेपछि हिरोइनको चुरीफुरी बढ्नु त ठीकै होला । चलेका कलाकारको घुर्की र घमन्ड सहेर भए पनि फिल्म खेलाउन निर्माता/निर्देशक बाध्य हुन्छन् तर फ्लप फिल्मको ओइरो लगाएकी हिरोइनले पनि यस्तै व्यवहार देखाउँदा चाहिँ उदेक लाग्दो रहेछ । नपत्याए नीता ढुंगानालाई हेर्नूस् । नीताका पछिल्ला फिल्म फूलैफूलको मौसम तिमीलाई, तँ, म र ऊ, लेकसाइड अनि पार्सलले न पैसा कमाए, न प्रशंसा ।
सोही कारण उनलाई करिअर जोगाउनै हम्मेहम्मे परिरहेको छ । तर, ओरालो लागिरहेका बेला आफ्नो पारिश्रमिक हास्यास्पद शैलीमा बढाएकी छन् । ५ चैतमा काठमाडौँमा आयोजना गरिएको नयाँ फिल्म निर्भयको प्रेस सम्मेलनमा नीताले प्रतिफिल्म १० लाख रूपिया“ डिमान्ड गरेकी हुन् । जुन रकम सौगात मल्ल, दयाहाङ राईजस्ता चल्तीका स्टारले समेत
पाउँदैनन् । जे होस्, नीताको आँटलाई भने मान्नैपर्छ ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...