खेलकुद

क्यान किन अलमलमा ?

पवन आचार्य, माघ १०, २०७६

क्यान पदाधिकारीहरू एकअर्काको नाम नलिई क्रिकेटमा बाधा उत्पन्न गराउने तत्त्व सक्रिय हुन थालेको भन्दै दोषारोपणमा उत्रिन थालिसकेका छन् । नेपाली क्रिकेटमा यसको के असर पर्न सक्छ ?
पुरा पढ्नुहोस्

कीर्तिमानी तर गुमनाम

पवन आचार्य, माघ ६, २०७६

जुन कुनै काममा को पहिलो भयो भन्ने रेकर्ड राख्ने संसारको रीतै हो । दोस्रो को भयो भन्नेमा न आम मानिसको रुचि हुन्छ, न त त्यसबारे सोधीखोजी । शीर्षतामा पनि अब्बल सावित हुनेहरूकै मात्र इतिहास लेखिन्छ । फुटबल पनि त्यसबाट अछुतो रहने कुरै भएन । 

सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबका सन्तोष साहुखलले १ सय गोल पूरा गरेपछि बल्ल इतिहास फर्किएर हेर्ने काम भएको छ । सन्तोषपछि सर्वाधिक गोल गर्ने खेलाडी को हुन् त ? धेरैलाई यसबारे जानकारी छैन । सन्तोष लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी त हुन् तर उनी ५० गोल कटाउने पाँचौँ खेलाडी हुन् । लिगमा ५० गोल गर्ने पहिलो खेलाडी को हुन् त ? यसबारे धेरै बेखबरजस्तै छन् । 

सन्तोषले १ सय गोल पूरा गरेपछि नेपालको आधुनिक लिगमा ५० गोलको कोसेढुंगा बनाउने पहिलो खेलाडी वसन्त थापाको चर्चा सुरु भयो । सन्तोषपछि सर्वाधिक गोल गर्ने उनै भएको धेरैको लख थियो । हाल अमेरिकामा रहेका वसन्तलाई फेसबुक म्यासेन्जरमार्फत सम्पर्क गरियो र सोधियो, “तपाईंले लिगमा गरेको कुल गोल कति हो ?” 

वसन्तको जवाफ थियो, “मलाई त आफूले गरेको गोल संख्याबारे यकिन जानकारी छैन । सायद पत्रकार दाइ विनोद पाण्डेसँग मेरो गोलको रेकर्ड हुन सक्छ ।” 

त्यसको केही दिनपछि पाण्डेले पुराना डायरी पल्टाएर वसन्तको गोलको लेखाजोखा गरे र भने, “वसन्तले लिगमा ८१ गोल गरेका रहेछन् ।” ०५४ सालमा रानीपोखरी कर्नर टिम आरसीटीबाट ए डिभिजन लिगमा डेब्यु गर्दा वसन्तले ४ गोल गरेका थिए । उनले सर्वाधिक गोलचाहिँ ०५७ सालको लिगमा मनाङ मस्र्याङ्दीबाट गरे । त्यतिबेला उनी एक्लैले २२ गोल गरेका थिए । उनले फुटबल करिअरमा आरसीटी र मनाङबाहेक अन्यत्रबाट खेलेनन् । 

फुटबलमा यिनको करिअर लेफ्ट विङरका रूपमा भए पनि पछि स्ट्राइकर कहलिए । ०६२ सालको लिगको बीचमै अध्ययनका लागि जापान गएका वसन्त नेपाल आए पनि फुटबलमा फर्किएनन् । जापानबाट नेपाल आएको केही समयमै उनी अमेरिका हानिए । त्यसपछि फुटबल र उनको सम्बन्ध टुट्यो । 

वसन्तपछि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्, रमेश बुढाथोकी । नेपाल पुलिस क्लबलाई चाहिएका बेला गोल गर्ने गोल–मेसिनको उपनाम पनि यिनले पाएका थिए, साथीभाइबाट । ०६२ सालको लिगमा उत्कृष्ट खेलाडी घोषित रमेशले राष्ट्रिय टोलीमा नपरेपछि फुटबलबाट टाढा रहने निर्णय गरे । त्यसपछि उनी नेपाल पुलिसले खटाएको ड्युटीमा गए । तर ०६६ सालको लिगमा पहिलो चरणको राउन्ड रोबिन सकिँदा पुलिस ७ औँ स्थानमा पुग्यो । क्लबको खराब प्रदर्शनका कारण टिममा रमेशलाई पुन: बोलावट भयो । उनले टिमको कमानी मात्र सम्हालेनन्, पुलिस क्लबलाई लिग च्याम्पियनै बनाए । 

उनको त्यही आक्रामक स्वभावका कारण जर्मन प्रशिक्षक थोमस फ्लाथले राष्ट्रिय टोलीमा पनि पुनरागमन गराए । तर विराटकृष्ण श्रेष्ठले नेपाली टोली सम्हालेपछि रमेश पुन: टिममा अटाएनन् । त्यसपछि यिनको मन मरेर गयो, फुटबलप्रति । भन्छन्, “विदेशी कोच हुँदा सधैँ टिममा पर्ने तर नेपाली कोचले कहिल्यै टिममा नराख्ने भएपछि मनै मरेर आयो ।” 

त्यसपछि यिनी पूर्णकालीन प्रहरी भएर ड्युटीमा खटिए । ४ वर्षअघि यिनले प्रहरी निरीक्षकबाट अवकाश पाइसकेका छन् । तर फुटबलसँगको यिनको नाता टुटेको छैन । विभिन्न कलेजमा यिनी फुटबल सिकाउँछन् । यिनकै नेतृत्वमा नैकापमा चन्द्रागिरि गोल्डकप पनि आयोजना हुँदै आएको छ । लिगमा कुल ६१ गोल गरेका रमेशले ०५९ सालबाट फुटबल सुरु गरेका हुन् । ५ वर्षको अन्तरालमै यिनले ५० गोलको कोसेढुंगा पार गरे । 

५० गोल गरेपछि रंगशालामै गरिएको सम्मान नै आफ्नो जीवनको खुसीको क्षण मान्छन्, यिनी । भन्छन्, “पत्रकार साथी र एन्फाका पदाधिकारीले रंगशालामै फूलमालासहित सम्मान गर्दा फुटबलमा ठूलै काम गरिएछजस्तो लागेको थियो । करिअर लम्ब्याउन सकेको भए १ सय गोल गर्ने धोको थियो । तर सबै धोको पूरा नहुने रहेछ ।” 

सुरेन्द्र तामाङ पनि छोटो समयमै लिगमा ५० गोल गर्ने खेलाडी हुन् । ०५७ सालमा थ्रीस्टारबाट डेब्यु गरेका यिनले १० वर्ष ललितपुरे क्लबमै बिताए । त्यसबीचमै यिनले ५० गोल कटाए । लिगमा सुरेन्द्रको नाममा ५६ गोल छ । फुटबल खेल्न जाँदा माइक्रोबस दुर्घटनामा परेपछि यिनको खुट्टाको शल्यक्रिया गर्नुपर्‍यो । त्यसपछि यिनी पहिलेको फर्ममा आउन सकेनन् । दुर्घटनापछि फुटबलमा कमब्याक गर्दा फ्रेन्ड्स क्लब छिरेका सुरेन्द्रले कोटेश्वरको सरस्वती युथ क्लबबाट लिगको करिअर सकाए । 

दुर्घटनामा नपरेको भए र लिग बीचबीचमा स्थगित नभएको भए १ सय गोल कटाउने यिनको पनि सपना थियो । “दुर्घटनामा पर्नु नै मेरो दुर्भाग्य भयो । उच्च फर्ममा रहेका बेला नसोचेको घटना भयो । फेरि खुट्टाकै शल्यक्रिया गर्नुपर्‍यो । त्यसो नभएको भए सायद १ सय गोल गर्ने सौभाग्य मिल्थ्यो कि  ?” उनको मनमा यस्ता तर्कना आइरहन्छन् । 

हुन पनि उनको गोल गर्ने शैली अचम्मलाग्दो थियो । पेनाल्टी क्षेत्रमा बल पाउँदा उनी गोल गर्नबाट कहिल्यै चुक्दैनथे । अचेल लिगमा कम गोल भएको देख्दा उनलाई उदेक लाग्छ । “खेलाडीको सुविधा बढेको छ तर अहिले खेलको स्तर खस्केको छ । किन यस्तो भइराखेको छ भनेर एन्फाले गम्भीर भएर सोच्ने बेला आइसकेको छ । स्ट्राइकर पनि जम्न सकिरहेका छैनन्,” इटहरीमा रहेका तामाङ भन्छन् । 

सशस्त्र प्रहरीका निरीक्षक जीवेश पाण्डेले पनि लिगमा ५० गोल कटाउने कीर्तिमान बनाएका छन् । संकटा क्लबबाट ०५९ सालमा सहिद स्मारक ए डिभिजन लिगमा डेब्यु गरेका जीवेशले त्यसै वर्ष १३ गोल गरे । त्यसपछि सशस्त्र प्रहरीको एपीएफ क्लब पुगेका जीवेशले ०६४ सालको लिगमा गोल संख्या ५१ पुर्‍याए । 

त्यतिबेला कुमार थापा र जीवेशको जोडीलाई सशस्त्रको खम्बा मानिन्थ्यो । मिडफिल्डबाट कुमारले निकालेको बलमा जीवेशले थुप्रै गोल गरेका छन् । ०६८ सालमा जीवेश सशस्त्र प्रहरीकै कमान्डो तालिममा गए । अर्को वर्ष सशस्त्रले जीवेशलाई फुटबल मैदानमा ओराल्यो तर यस पटक उनी स्ट्राइकरको भूमिकामा रहेनन् । मिडफिल्डमा खेल्नु परेपछि जीवेशको लिगमा गोल थप्ने योजना साकार हुन सकेन । पाँचौँ र छैटौँ राष्ट्रिय खेलकुद खेलेपछि जीवेशले फुटबलबाट आफूलाई टाढा राखे । तर, अचेल लिगमा गोल कम भएकोमा उनी चिन्तित छन् । भन्छन्, “दर्शकहरू रंगशाला गोल हेर्नका लागि जान्छन् । तर गोल नै कम हुँदा दर्शकको रुचि विस्तारै घट्न सक्छ । खेलाडी पनि राम्रा छन् तर खै किन हो त्यति गोल निस्किरहेको छैन ।”

फुटबलमा छुट्टै इतिहास बनाएका यी हिरोहरू अहिले गुमनामजस्तै छन् । फुटबलबाट भौतिक रूपमा टाढा भए पनि मन भने सधैँ यसमै अडिएको उनीहरू सुनाउँछन् । सबैको एक स्वर छ, “फुटबलले शरीरलाई मात्रै टाढा बनाएको हो । मन त कसै गरे पनि टाढिन सक्दैन ।” 

पुरा पढ्नुहोस्

ए डिभिजन लिग : आकर्षक अफरले पनि तानेन दर्शकलाई

पवन आचार्य, पुस २५, २०७६

राष्ट्रिय टोलीको जर्सी, विदेश भ्रमण, विश्वकप छनोटको टिकटलगायत आकर्षक अफर राख्दा पनि दर्शकको बेवास्ता 
पुरा पढ्नुहोस्

राष्ट्रिय खेल कुन हो ?

पवन आचार्य, पुस २२, २०७६

पदक जित्ने खेललाई बनाउने कि लोकप्रियलाई बनाउने भन्नेमा अन्योल
पुरा पढ्नुहोस्

‘मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ !’

पवन आचार्य, मंसिर २६, २०७६

गौरिका सिंहका नलेखिएका कथाहरू
पुरा पढ्नुहोस्

१३ औँ सागमा नेपालले यसरी रच्यो इतिहास [नेपाल म्यागजिन पोडकास्ट]

नेपाल संवाददाता , मंसिर २६, २०७६

१३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालको उत्कृष्ट प्रदर्शन
पुरा पढ्नुहोस्

फुटबलले जुराएको खुसी

मंसिर २५, २०७६

१३ औं दक्षिण एसियाली खेलकुदमा फुटबलको फाइनलमा भुटानलाई २–१ ले हराएर फुटबलको प्रतिष्ठित स्वर्ण पदक जितेपछि जितको खुसी मनाउँदै खेलाडीहरु ।
पुरा पढ्नुहोस्

महिला फुटबलमा भारत तगारो 

पवन आचार्य, मंसिर २३, २०७६

भारतको तगारो पन्छाउन नसक्दा साग अन्तर्गत महिला फुटबलमा नेपाल फेरि रजत पदकमा सीमित
पुरा पढ्नुहोस्

देशका लागि स्वर्ण जित्‍ने खेलाडीहरू चिन्‍नुस्

पवन आचार्य, मंसिर २२, २०७६

१३ औँ दक्षिण एसियाली खेलकूद (साग) मा स्वर्ण जित्ने खेलाडीको फोटो स्टोरी ।
पुरा पढ्नुहोस्

शून्यमा पलाएकी सन्तोषी

पवन आचार्य, मंसिर २०, २०७६

अभावैअभावका बीच पनि सागमा स्वर्ण जित्ने कीर्तिमानी खेलाडीको कथा
पुरा पढ्नुहोस्