शिक्षा

‘विप्लवी पुस्तकालय, २०१५’

शिशिर वैद्य, श्रावण १३, २०७६

असनमा स्वयंसेवकको भरमा चलेको एक पुस्तकालयको कथा
पुरा पढ्नुहोस्

[विशेष] बच्चालाई समय खोइ ?

गोकर्ण गौतम, श्रावण १३, २०७६

कक्षा मा पढ्ने एउटा बच्चा असाध्यै चकचके भयो सम्झाइदिनुपर्यो

स्कुले विद्यार्थीलाई मनोपरामर्श दिँदै आएकी गृष्मा पनेरुलाई राजधानीकै एउटा निजी स्कुलबाट फोन आयो उनले बच्चालाई भेटिन् उनी हरेक दिन किताबकपी च्यात्दा रहेछन् साथीहरूसँग झगडा गर्ने, जोसँग पनि रिसाउने जबकि उनलाई नपुग्दो केही थिएन आमाबुबा दुवै कमाउने तर बेहोराचाहिँ रुखो कारण के रहेछ ? पनेरु भन्छिन्, “दुई वर्ष नपुग्दै बाबुआमाले प्रिस्कुलमा राखिदिएछन् घरमा पनि समय नदिने, एक्लै हुनुपर्ने यसले उनलाई एटेन्सन सिकर बनाउँदै लग्यो

यो समस्याले बच्चामा जसरी हुन्छ, अरूको ध्यान तान्ने प्रवृत्तिको विकास हुन्छ पनेरुको बुझाइमा सहरका अधिकांश बालबालिकाको साझा समस्या हो, यो यसको जड आमाबाबुको साथ नपाउनु नै हो

पहिले संयुक्त परिवार हुन्थ्यो, एकै परिवारमा तीनचार पुस्ता बस्थे तर तीव्र सहरीकरण आधुनिकीकरणले संयुक्त परिवार करिब लोप भयो एकल परिवार नियति बाध्यता बनेको एक वा दुई सन्तान पतिपत्नीबाहेक अरू हुँदैनन् त्यसको प्रत्यक्ष प्रभाव देखिन थालेको , सन्तान हुर्काइ पद्धतिमा त्यसमाथि अहिलेको महँगीमा बाबुआमामध्ये एकले कमाएर मात्र टिक्न सकिन्न दुवै कामकाजी हुनुपर्छ फेरि पनि बच्चा एक्लै त्यसैले लोरी सुनेर सुत्नुपर्ने उमेरका कलिला बच्चालाई मनोपरामर्शको खाँचो हुन थालेको

यो विडम्बनाको सिकार सुविधासम्पन्न स्कुल पढ्ने बच्चा मात्र भएका छैनन्, फुर्सदिला बाबुआमा सन्तान हुर्काउन चुकिरहेका छन् जागिर नखाने अभिभावकले समय भए पनि हेरविचार गर्न जान्दैनन् महँगो स्कुलमा पढ्ने बच्चाका बाबुआमा व्यस्त हुन्छन्, चाहेरै पनि समय दिन पाउँदैनन्,” पनेरु भन्छिन्, “परिणामस्वरूप बच्चामा भावना साटासाट हुन पाउँदैन अनि अरूलाई पिट्ने, हल्ला गर्ने, सामान फाल्ने, रिस पोख्ने गर्छन् यसलाई मनोवैज्ञानिक भाषामाकन्डक्ट डिसअर्डरभनिन्छ

गर्भमा आएदेखि आठ वर्षसम्मलाई पूर्वबाल्यावस्था मानिन्छ यो अवधि जीवनको जग हो सिक्ने उर्बर समय हो अभिभावकको उचित हेरचाह ध्यान नपुग्दा यही जग निर्बल हुँदैछ रिस आवेगको स्रोत बन्दैछ यसको क्षणिकभन्दा दीर्घकालीन असर भयावह हुने विज्ञहरूको दाबी बच्चाका लागि गाँस, बास कपास मात्र होइन, अभिभावकको मायाममता, न्यानोपन सकारात्मक वातावरण पनि आधारभूत आवश्यकता हो,” पूर्वबाल्यावस्थाको विकास सम्बन्धमा दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि प्राध्यापक निर्मला उप्रेती भन्छिन्, “तर पढेलेखेकै बाबुआमालाई यसको ज्ञान छैन उनीहरूलाई सन्तानभन्दा करिअर कमाइको चिन्ता उनका अनुसार वर्षसम्म बच्चामा ८०९० प्रतिशत मस्तिष्कको विकास भइसकेको हुन्छ यही उमेरमा अभिभावकको प्रत्यक्ष साथ नपाउँदा बाल विकासमा अवरोध उत्पन्न हुन्छ

सहरिया शिक्षित भनिएका अधिकांश आमाबाबुले महँगो स्कुलमा पढाउनु, महँगा खेलौना कपडा किनिदिनु नै बच्चाप्रतिको जिम्मेवारी पूरा गरेको ठान्छन् उनीहरूको मुखमै झुन्डिएको हुन्छ, ‘यो दुःख बच्चाकै लागि गरेको हो तर बच्चालाई बाहिरी सुखभन्दा आत्मीय साथको अर्थ हुन्छ आत्मबल पनि आफ्नै स्नेहबाट विकास हुन्छ अरूप्रतिको मायामोह विश्वासको स्रोत पनि आफैँ हो भन्ने ख्यालै गर्दैनन् पढाउने बहानामा बच्चालाई आफूभन्दा टाढा राख्छन् त्यसले मानसिक रूपमा बच्चा विक्षिप्त हुन्छन् वरिष्ठ बालमनोविज्ञ गंगा पाठक भन्छिन्, “धेरै समय कुर्नैपर्दैन टीनएजमा पुगेपछि हरेक कुरानोभन्न थाल्छन्, रुखो व्यवहार देखाउँछन्  किनभने सानो छँदा अभिभावकसँग सिकेकै त्यही हो

बच्चामा यो प्रवृत्ति मौलाउँदै गयो समयमै उचित परामर्श पाएनन् भने आपराधिक कार्यमा संलग्न हुने पाठकको भनाइ उनी अगाडि थप्छिन्, “संसारका ठूला अपराधीको पृष्ठभूमि केलाउँदै जाने हो भने कि सानैमा आमाबाबुबाट टाढिएका हुन्छन् कि माया नपाएका हुन्छन्

लहड कि बाध्यता ?

अझ स्कुल पठाउनुभएको छैन ? यो बेला मेरो छोरोले राइम्स भन्न थालिसकेको थियो ?

घरमै पुल्पुलाएर नराख्नू है, बिग्रिन्छ नि

सन्तान दुई वर्ष पुग्न पाएको हुन्न, आफन्त छिमेकीबाट यस्ता अनेकौँ सवाल त्रासको सामना गर्नुपर्छ, अभिभावकले यस्तो माहोल निर्माण हुन्छ, छोराछोरीलाई घरमा राख्नु भनेको उनीहरूको भविष्य बर्बाद पार्नु हो यही अत्याउने प्रवृत्तिले दूधे बालकलाई रुवाउँदै, फकाउँदै, झर्कंदै, हप्काउँदै प्रिस्कुल पठाइन्छ

जापानमा वर्ष नपुगी सिसाकलम समात्न लगाउन पाइँदैन संसारका अन्य विकसित मुलुकमा पनि अभिभावकले बालमैत्रीगाइडलाइनपछ्याउनैपर्छ केही वर्षअघिसम्म नेपालमै वर्ष पुगेपछि मात्र स्कुल भर्ना गर्ने चलन थियो तर अहिले जसले पहिले बच्चा स्कुल पठायो, उसकै मानमनितो ज्यादा हुन्छ आफ्नोभन्दा सानो उमेरका छिमेकीको बच्चा मन्टेसरी जान थालेपछि बाबुआमा आत्तिन्छन् तर बच्चा घर छाडेर बाहिर जान तयार /छैन, ख्यालै गर्दैनन् उप्रेती भन्छिन्, “सहरमा देखासिकी लहडले दूधे नानीबाबुलाई प्रिस्कुल पठाउनु अमानवीयता हो यसले मानसिक रूपमा शिथिल अस्थिर बनाउँछ

त्यसो प्रिस्कुलमा पठाउनु आफैँमा गलत काम होइन कामकाजी अभिभावकसँग अर्को विकल्प पनि हुँदैन तर समस्या, प्रिस्कुलको वातावरण घरमा हुँदा बाबुआमाले गर्ने व्यवहारमा पूर्वप्राथमिक तहमा तीनै बालबच्चालाई राखिन्छ, जसका अभिभावकले हुर्काउने फुर्सद पाउँदैनन् त्यहाँ बच्चालाई रोजाइमुताबिक खेलाउने, खुवाउने, स्याहार गर्ने गरिन्छ उन्मुक्त भएर खेल्न पाउने, दिसापिसाब गर्ने, चल्ने माहोल हुनुपर्छ, कुनै रोकतोक हुनुहुन्न प्रतिस्पर्धात्मक, सामाजिक रचनात्मक बन्न प्रेरित गर्नुपर्छ अर्थात्, आमाबाबु घरको अभाव महसुस नहोस् कान्ति बाल अस्पतालका बालमनोचिकित्सक अरुण कुँवर भन्छन्, “सामाजिक अन्तर्क्रिया हुन्छ, अरूसँग घुलमिल हुन सिक्छ त्यसैले घरमा एक्लै राख्नु/बस्नुभन्दा प्रिस्कुल पठाउनु नै उत्तम हो

यही सोचले बढावा पाएर हुनुपर्छ, राजधानीका टोलटोलमा मन्टेसरी, डेकेयर, शिशु स्याहार केन्द्र बाल विहार ( किन्डरगार्टेन) खुलेका छन् अभिभावक पनि यस्ता ठाउँमा शानले बच्चा पुर्याउन जान्छन् तर त्यहाँ आफ्ना सन्तानले चाहेअनुरूपको माहोल पाएका छन्/छैनन्, वास्ता गर्दैनन् प्रिस्कुलका नाममा हुने गलत अभ्यास हामीबाट छिपेको छैन हाम्रा अधिकांश प्रिस्कुलमा बच्चा रुँदा किन रोयो भनेर बुझ्न खोजिन्न, हप्काएरै चुप बस्न लगाइन्छ यी दुवै शैली घातक हुन्छन्,” प्राध्यापक उप्रेती भन्छिन्, “त्यसमाथि यो पीडा पोख्न आमाबाबु साथमा हुँदैनन् त्यसैले बच्चाको वृत्ति विकासमा व्यवधान पुग्छ

सानै उमेरमा प्रिस्कुल होस्टेलतिर पठाइएका बच्चा ब्रोइलर कुखुराजस्तै कमजोर हुने दाबी उनको भन्छिन्, “आफ्नो साथमा राखिएका सन्तान लोकल कुखुराजस्ता हुन्छन्, पर राखियो भने ब्रोइलरजस्तै कस्तो बनाउने ? अभिभावककै हातमा हुन्छ

प्रायः प्रिस्कुलमा बच्चाको मनोविज्ञान ख्याल गरिँदैन पाठ घोक्नुपर्ने दबाब दिइन्छ अभिभावकको बेवास्ता स्कुलको त्रास हुन्छ यति मात्र होइन, कलिलै उमेरमा आमाबुबाको सपनाको दास बन्नुपर्छ तर बच्चाले यो व्यथा अभिभावकलाई भन्न सक्छ, शिक्षकलाई त्यसैले सबै आवेग झगडा गरेर निकाल्छ अनि बाबुआमा गुनासो गर्न थाल्छन्, ‘भनेजस्तो सबै पुर्याइदिएको छु तर झगडिया भयो, पढ्दैपढ्दैन, टेर्दैटेर्दैन

बालमनोविज्ञ पाठककहाँ देखि १० वर्ष उमेर समूहका सन्तान लिएर अभिभावक मनोपरामर्शका लागि आउँछन् तर उनी बच्चा होइन, अभिभावकलाई सम्झाएर पठाउँछिन् घरमा आमाबाबुको उचित हेरचाह साथ पाएका बालबच्चालाई १० वर्षसम्म कुनै मनोपरामर्श नचाहिने विभिन्न अध्ययनले देखाएका छन् थप्छिन्, “अभिभावक बच्चाले दुःख दियो भन्दै आइपुग्छन् तर समस्याचाहिँ बच्चा होइन, अभिभावकमा हुन्छ

सानै उमेरमा पर राख्दा बच्चामा पर्ने मनोवैज्ञानिक उल्झन प्रस्ट्याउन पाठकले एउटा घटना सुनाइन् केही महिनाअघि एक अधबैंसे फ्रस्टेसन भयो भन्दै उनीकहाँ पुगे बुझ्दै जाँदा थाहा भयो, उनलाई तीन वर्ष नहुँदै होस्टेल राखिएको रहेछ खुब आत्तिन्थे तर साथमा बुबाआमा हुँदैनथे बिस्तारै होस्टेलको बानी पर्यो बिदामा घर होइन, साथीसँग बाहिरै घुम्न जान्थे बाबुआमा पनि दंग, छोराले दुःख दिएन भनेर तर छोरामा आफूहरूप्रतिको प्रेम मर्दै गएको पत्तै पाएनन्

स्नातक गरेपछि घरमा बल्लतल्ल बोलाएर बिहे गरिदिएछन् तर उनी घरमा बस्नै सकेनन् पत्नीप्रति पनि माया नजागेपछि विरक्तिएर बिदेसिए एक वर्षपछि बुबा बितेको खबर पाए पनि उनलाई नेपाल आउनै मन लागेनछ आफन्तले गाली गरेपछि फर्केर काजक्रिया गरे, भावनात्मकभन्दा दबाबले मात्र त्यसपछि उनलाई बल्ल बाबुको अभाव खट्किएछ, जिउँदो छँदा माया नगरेकामा पश्चात्ताप भएछ यही पश्चात्तापले निराशा तनाव थप्दै लग्यो,” पाठक भन्छिन्, “यसको मूल कारण नै बच्चामा आमाबाबुको माया नपाउनु हो पाठकको चिन्ता , धेरै आमाबाबु सन्तानबीच यस्तै नियति निर्माण हुँदै

गुणात्मक समय अभाव

प्रिस्कुल पठाउनुभन्दा घातक हुन्छ, घरमा सन्तानलाई प्रभावकारी समय नदिनु दिउँसो अभिभावक अफिस बच्चाबच्ची स्कुल भए पनि साँझबिहान घरमा सँगै हुन्छन् तर त्यतिबेला पनि बच्चाले पूर्ण साथ पाउँदैनन् अवरोध बनिदिन्छ, ग्याजेट इन्टरनेट बचेखुचेको समय आमा किचेनमा व्यस्त, बाबुचाहिँ अफिसकै काममा फेरि पनि बच्चा एक्लै उप्रेती भन्छिन्, “बच्चा स्कुलको कुरा बाँड्न खोजिरहेको हुन्छ तर आमाबाबु झर्को मान्छन् कति बोलेको भन्दै गाली गर्छन्, जसले बच्चामा लघुताभास हीनताबोध पैदा हुन्छ

अझ कति अभिभावक सन्तानलाई मोबाइल दिएर भुलाउँछन् जबकि डिजिटल उपकरणबाट निस्कने पराबैजनी किरणले बाल मस्तिष्कमा असर गरिरहेको हुन्छ कोही घर आउनासाथ आफू मोबाइलमा झुन्डिन्छन्, बच्चाले मोबाइल छोयो भनेचाहिँ झर्किफर्की गर्छन् उप्रेती भन्छिन्, “साँच्चैभन्दा सन्तान हुर्काइका सवालमा अहिलेका अभिभावकसँग समस्यैसमस्या छन् बेबी सावरको फेसन तर त्यही बेबी जन्मिएपछि माया रेखदेख पाउँदैन

बालमनोविज्ञका अनुसार बच्चालाई सधैँ काखी च्यापेर राख्नुपर्छ भन्ने पनि होइन धेरै समय दिनुपर्दैन, जति दिइन्छ, त्यो गुणात्मक हुनुपर्यो यसलाईक्वालिटी टाइमभनिन्छ त्यसो गर्दा बच्चाले मेरा बाबुआमा व्यस्त छन्, जब घर आउँछन्, त्यो समय मेरै लागि हो भनेर बुझ्छन् एक्लोपना हुन्न,” पाठक भन्छिन्, “स्कुलबाट आएपछि पढाइ साथीको कुरा सुनिदिनुपर्छ आफूप्रति बुबाआमाको चासोले बच्चा खुसी हुन्छ नै, आत्मबल पनि बढ्छ

त्यसको उदाहरण उनी आफैँ हुन् आमा बनेसँगै उनको व्यावसायिक व्यस्तता बढ्दै गयो बिहान बजे निस्केर साँझ बजे घर पुग्थिन् तर उनका सन्तान तड्पिदैनथे किनभने घर आएपछि बच्चालाई समय दिन्थिन् किन काम गर्न बाहिर जानुपर्छ भनेर बुझाउँथिन् एकछिन ढिला हुँदा पनिसरीभन्थिन् खेल्ने, जिस्कने, चल्ने, कथा सुनाउने गर्थिन् उनको भनाइ , “छोटो भए पनि मिठासपूर्ण समय बिताइयो भने त्यसले बच्चालाई लामो समयसम्म खुसी राख्छ तर अभिभावकका लागि यस्तो प्रेम अनावश्यक झिनामसिना भइदिन्छ घर वरपर निस्कँदा, किचेनमा, कोठा सफा गर्दा पनि बच्चालाई सँगै सहभागी गराउने सुझाव उनको

बच्चालाई सबैभन्दा चाहिने आमा हो, त्यसपछि बाबु अनि हजुरबुबाआमा त्यसैले संयुक्त परिवारमा बस्ने बच्चा बुबाआमाले समय नदिए पनि खुसी हुन्छन् तर हामीकहाँ अंग्रेजी सिकाउने आधुनिक बनाउने लहडमा बच्चालाई जानीजानी हजुरआमाबुबासँग झुम्मिन नदिने अभिभावकको संख्या बढ्दै यही कारण हो, स्कुल जाने उमेरका होइन, स्तनपानबाटै बच्चाले एक्लो महसुस गर्ने

किशोरावस्थामा जति समस्या देखा पर्छन्, अधिकांशको बीजारोपण पूर्वबाल्यावस्थामै भएको हुन्छ, जसले आमाबाबुसँग सन्तानलाई भावनात्मक रूपमा अलग पारिरहेको हुन्छ समयसँगै सम्बन्ध प्रगाढ हुँदैन, बरु दूरी बढ्दै जान्छ कालान्तरमा परिणाम के निस्कन्छ ?

उप्रेती भन्छिन्, “बच्चालाई साथ चाहिने बेला अनेक बहानामा आमाबुबाले होस्टेल पुर्याइरहेका छन् भोलिपर्सि आमाबाबुलाई साथ चाहिने बेला सन्तानले वृद्धाश्रममा लगेर छाडिदिन्छन् हिसाब बराबर

पुरा पढ्नुहोस्

आवरण «​​​​​​​ नयाँ नयाँ विषयको लहर

सुनिता लोहनी, असार २२, २०७६

विद्यार्थीको अभिरुचि बुझेर पाठ्यक्रम थप्दै स्कुल/कलेज
पुरा पढ्नुहोस्

[विशेष] हचुवामा विश्वविद्यालय

योगेश ढकाल, जेष्ठ २७, २०७६

भएकैलाई व्यवस्थित गर्नुको साटो संख्या थप्ने ध्याउन्नमा सरकार
पुरा पढ्नुहोस्

वडाध्यक्ष राज

जनक नेपाल/जनकपुर, जेष्ठ २०, २०७६

वडाध्यक्षलाई व्यवस्थापन समितिको नेतृत्व सुम्पेर राजनीतिलाई विद्यालयमा रातो कार्पेट
पुरा पढ्नुहोस्

अनपेक्षित बहिर्गमन

योगेश ढकाल, चैत्र १९, २०७५

काठमाडौँ विश्वविद्यालयमा उपकुलपति, रजिस्ट्रारदेखि डीनसम्मको नियति एउटै
पुरा पढ्नुहोस्

विश्वविद्यालय स्वशासित प्राज्ञहरूको समुदाय

केदारभक्त माथेमा, फाल्गुन २२, २०७५

विद्यार्थीलाई बजारमा पाइने जागिरका लागि मात्र तयार पार्ने नभई संसारमा तीव्र गतिले भइरहेको परिवर्तनसँग मुकाबिला गर्न सक्ने क्षमता भएको सचेत, क्रियाशील नागरिक बनाउने उद्देश्य रहनेछ ।
पुरा पढ्नुहोस्

कन्सल्टेन्सीले गुमराहमा राख्दा अस्ट्रेलिया पुगेका विद्यार्थी अलपत्र

नारायण खड्का/सिड्नी, फाल्गुन २१, २०७५

विद्यार्थीले छलिएको थाहा भएसँगै  समस्या समाधान गर्नुपर्ने र आफूहरूलाई न्याय हुनुपर्ने माग गर्दै दूतावास, यहाँका अन्तर्राष्ट्रिय विद्यार्थी संगठन काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलिया (सिसा) मा गुहार मागेपछि यो समस्या बाहिर आएको हो ।
पुरा पढ्नुहोस्

दुई खाले शिक्षाले खनेका बडेबडे खाडल

केदारभक्त माथेमा, माघ २९, २०७५

हावा सार्वजनिक वस्तु भएकैले सबैले सहजै पहुँच पाउँछन्, त्यस्तै शिक्षा पनि सार्वजनिक र साझा हुनुपर्ने होइन ?
पुरा पढ्नुहोस्

शिक्षा सुधार्ने मार्गचित्र

बाबुराम विश्वकर्मा, माघ १४, २०७५

शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन भए सरकारी शिक्षाको विश्वसनीयता फर्कने आशा
पुरा पढ्नुहोस्

आधा दर्जन विश्वविद्यालय शिक्षक-विद्यार्थी आन्दोलनका कारण धराशयी

बाबुराम विश्वकर्मा, पुस १६, २०७५

शिक्षक र कर्मचारी भर्नामा विद्यार्थी संगठनको चासो उदेकलाग्दो छ । सुदूरपश्चिममा शिक्षक नै भर्ना गर्न नदिएपछि कतिपय विषयको पढाइ हुन सकेको छैन ।
पुरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयमा कलहै कलह

कलेन्द्र सेजुवाल, पुस १६, २०७५

विश्वविद्यालयमा चलेको आन्दोलनले रजिस्ट्रारलाई पदमुक्त गर्ने आधार मात्र तयार गरेन, आन्दोलनरत विद्यार्थी नेतालाई पक्राउ गरी मुद्दा दर्तासमेत गरियो ।
पुरा पढ्नुहोस्