सगरमाथामा 'टफ टाइम'
भूकम्पसँगै हिमपहिरोका कारण लगातार दोस्रो वर्ष आरोहण स्थगन ।
गत वर्ष सगरमाथा आरोहण नभएका कारण यस सिजनमा सगरमाथा बेस क्याम्पमा चहलपहल बाक्लो थियो । आरोही तथा शेर्पाहरू चैतको तेस्रो सातातिरबाटै तयारीमा जुटेका थिए । वैशाखको सुरुमै हिमपातका कारण टेन्टभित्रै थन्किनुपर्दा पनि आरोहीहरू दुःखी थिएनन् । त्यसो हुनुमा कारण थियो, त्यस्तो हिमपातले हिउँलाई स्थिर बनाउँछ र हिमपहिरो जाने सम्भावना कम हुन्छ ।
सगरमाथा चुम्ने सपना देख्नेका लागि सबभन्दा टाउको दुःखाइ हो, हिमपहिरो । बेसक्याम्पबाट उकालो लाग्दा सुरुमै आउने खुम्बु आइसफलमा हिमपहिरोकै कारण गत वर्ष १६ जना आरोही शेर्पाले ज्यान गुमाएका थिए । ४ वैशाखबाट हिमपात रोकिँदै गए पनि ५ वैशाखलाई 'कालो दिन'का रूपमा सम्झना गर्दै कसैले केही थालनी गरेनन् । गत वर्ष ५ वैशाखमै विनाशकारी हिमपहिरो आएकाले सो दिनलाई शेर्पाहरू कालो दिनका रूपमा सम्झना गर्छन् । यस सिजनका लागि ४२ आरोहण दलका ३ सय ५८ आरोहीले सरकारसँग अनुमति लिएका थिए ।
त्यसको ठ्याक्कै एक सातापछि सगरमाथाका लागि अर्को कालो दिन आयो । जसबारे आरोही, शेर्पा वा आरोहण कम्पनीले कल्पनासम्म गरेका थिएनन् । अस्ट्रेलियन आरोही लियम स्लाटरले नेपाललाई सुनाए, "कम्तीमा बेसक्याम्पमै त्यस्तो विपत्ति आउला भन्ने सोचिएको थिएन । सुरक्षा तयारी त कसरी हुनू ?" तर, त्यो हिमालसँग मात्र जोडेर हेर्न सकिने विपत्ति थिएन । मध्य नेपालमा भीमकाय क्षति हुने गरी गएको ७.६ को भूकम्पसँगै त्यो विपत्ति आएको थियो । शेर्पा तथा आरोहीले त्यही भनेर चित्त बुझाए । तर, कम्तीमा २१ जनाले सगरमाथामा ज्यान गुमाउनुपर्यो । त्यस बेला आइसफलमाथि पर्ने क्याम्प वान र क्याम्प टुमा रहेका दुई सय जनाको भूकम्प गएको पर्सिपल्ट मात्र हेलिकप्टरबाट उद्धार भयो ।
मध्याह्नमा घटना भएकाले आइसफल चढ्दै वा झर्दै गरेका कोही आरोही फसेनन् । "हिउँका धरापहरूले बन्ने आइसफलमा विध्वंश गर्न सानै धक्का काफी हुन्छ," स्लाटर भन्छन्, "आइसफलको यात्रा धेरैजसो सबेरै वा ढिलोमा ९/१० बजेसम्म हुने हुँदा त्यहाँ हिमपहिरोबाट मानवीय क्षति हुन पाएन ।" आइसफल डाक्टरहरूले त्यहाँ तयार पारेका ठाडा/तेर्सा सबै भर्याङ नष्ट भए । त्यसको पुनःनिर्माण तत्काल र तीव्र गतिमा गर्न नसकिने आइसफल डाक्टरहरूले बताएपछि आरोहण याम रोकिनुपर्ने मागले बल पायो । नत्र, नेपाल सरकार सकेसम्म लगातार दोस्रो वर्ष सगरमाथामा शून्य सिजनको ट्याग नलगाउने सोचमा थियो ।
आइसफल डाक्टरहरूले मुखै फोरेर त्यसो नभन्दासम्म लोत्से फेससम्मको बाटो बनाउने जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति -एसपीसीसी)ले भर्याङ र अन्य आवश्यक सामग्री बेसक्याम्पसम्म पुर्याइसकेको थियो । ६ पटक सगरमाथा चढिसकेका क्लाइम्बिङ गाइड मिङ्मा तासी शेर्पा, ३१, ले भने, "त्यो दे खिरहँदा हामीलाई किन यस्तो गररिहेको, के यो सम्भव होला भन्ने लागिरहेको थियो ।"
असम्भव नै थियो त ? "हरेक शेर्पालाई आफ्ना आरोहीलाई चुचुरोमा पुर्याउँदा सबैभन्दा बढी आनन्द आउँछ," एकैछिनको मौनता तोड्दै उनले भने, "तर, प्रकृतिसँग मानिस जुध्न सक्ने सानो हदसम्म मात्र हो ।"
"त्यहाँ मुस्किलले १०/१५ वटा स्टे्रचर थिए, बेसक्याम्पमै एकैपटक धेरै स्टे्रचर चाहिन सक्छ भन्ने त कहिल्यै सोचिएन ।"
- मिङ्मा तासी शेर्पा
त्यही प्रकृतिको विचित्र प्रस्तुतिका कारण यस वर्ष पनि सगरमाथा चुम्ने धेरैको सपनामाथि पूर्णविराम लागेको छ, कम्तीमा एक वर्षका लागि । सन् १९७४ यता नेपाल र चीन दुवैतिरबाट आरोहण बन्द गरएिको यो पहिलोपटक हो ।
त्यो त्रासदी
सगरमाथा आधार शिविर झन्डै तीन किलोमिटर लम्बाइमा फैलिएको छ । खुम्बु हिमनदीलाई काखमा राखेर बसेको त्यो बस्तीमा रोचक मानिसको जमघट नहुँदो हो त त्यो कुनै विशेष ठाउँ बन्दैनथ्यो । वसन्त ऋतुमा खडा हुने विशाल बस्तीले आरोहीमाझ 'टेन्ट सहर'कै दर्जा पाएको छ । त्यो सहरलाई चराझैँ आकाशबाट हेर्दा रंगीचंगी पताकाका टुक्रा फिँजारएिझैँ देखिन्छ ।
१२ जेठमा शेर्पा तथा आरोहीहरू बेसक्याम्पबाट उकालो लाग्न थालेको एक/दुई दिन मात्र भएको थियो । आफूलाई उच्च भूभागसँग अभ्यस्त गराउन उनीहरू चुचुरोका लागि 'फाइनल पुस' गर्नुअगाडि थुप्रैपटक माथिल्ला क्याम्प पुग्ने र बेसक्याम्प झर्ने गररिहन्छन् ।
६ वैशाखमा मौसम सुधारसँगै सुरुमा हाई अल्टिच्युड पोर्टरहरू खाना र टेन्ट बोकेर माथि लाग्न थालेका थिए भने आरोहीहरू उनीहरूलाई पछ्याउँदै थिए । घटनाको दिन एउटा ठूलो समूह 'अक्लमटाइजेसन'को एउटा चक्र सकेर क्याम्प वान र क्याम्प टुबाट आधार शिविर झरेको थियो । तल हुनेहरू पनि आरोहण अभ्यास भर्खर सकेर टेन्टभित्र आराम गररिहेका थिए । सातपटकका सगरमाथा आरोही गेल्जे शेर्पासमेत आफ्ना चिनियाँ आरोहीलाई लिएर त्यसै दिन माथि लाग्ने योजनामा थिए । तर, त्यस दिन शनिबार परेको थियो । उनले सुनाए, "बौद्ध परम्परामा शनिबार सकेसम्म यात्रा सुरु नगर्नू, लेनदेन नगर्नू भनिन्छ ।" उकालो लागेको भए के हुन्थ्यो, त्यो त अब नानाथरी कल्पनामै सीमित हुनेछ तर बेसक्याम्पमै बसेर पनि बाँच्न सक्नुलाई उनी नयाँ जीवन मान्छन् ।
डाइनिङ कक्षमा बसिरहँदा अचानक केही पड्किएजस्तो आवाज आयो । उनी बाहिर निस्कँदा अचानक पश्चिमतिरको पुमोरी हिमालतिरबाट त्यसअघि कहिल्यै नदेखेको धूवाँको मुस्लो आइरहेको थियो । उनी हाई फुड ल्याइएका स-साना ड्रमका बीचमा पसारएि । नेपालसँग अनुभव सुनाउँदै उनले भने, "यी सब केही सेके न्डबीचका दृश्य थिए, केही सोच्नसमेत नभ्याइने । जे जे भए शरीरले आफसे आफ निर्णय लिएजसरी भए ।"
त्यो मुस्लो अर्को एक-दुई मिनेटमा सेलायो । तर, त्यो यति शक्तिशाली थियो कि अर्को टेन्ट उडेर आएर उनको टेन्टलाई समेत धकेलेर खुम्बु हिमनदीसम्म पुर्यायो । उनी सुनाउँछन्, "सुरुमा त मलाई त्यो मुस्लो हामीसम्म आइपुग्दैन, चिसो हावासम्म आउँछ भन्ने लागेको थियो ।" तर, त्यो मुस्लो कति शक्तिशाली भने त्यसमा ढुंगा र बरफका ढिक्का पनि मिसिएका थिए । उनले भने, "ग्यासका सिलिन्डर पनि उडाएका थिए ।"
बेसक्याम्पमा किचेन स्टाफ, पोर्टर र पर्वतारोहण तालिम नलिएका अन्य थुप्रै मानिससमेत हुन्छन् । मिङ्माले सुनाए, "उनीहरूलाई हिमपहिरोका बेला भाग्नु हुँदैन भन्ने थाहा हुँदैन । भाग्न खोजेरै कतिको ज्यान गयो ।" मिङ्मा र उनका तीन साथीले भने किचेनका चार कुनामा जोडसँग समात्न सकेका कारण ज्यान बचाए ।
गेल्जे शेर्पा भने आफ्नो चिनियाँ आरोही आत्तिएका कारण उनलाई लिएर तुरुन्तै तल गोरक्सेप झरे । उनलाई त्यहाँ छाडेर बेसक्याम्प र्फकन के लागेका थिए, भूकम्पको अर्को झट्का महसुस गरे । काठमाडौँबाट अर्को कम्पन र हिमपात आउन सक्ने भन्दै पुनः बेसक्याम्प नफर्किन भनिएकाले उनी अर्को दिन मात्र माथि पुगे । अघिपछि बेसक्याम्प पुग्नुअघि र फर्केपछि उत्सव मनाइने होटलहरूमा त्यस दिन व्यापक सन्त्रास छाएको थियो । मानिसले कोठामा समेत नबसीकन डाइनिङमा जम्मा भएर रात गुजारेका थिए ।
मिङ्मालाई भने बेसक्याम्पको त्यो माहोल कुनै हरर फिल्मको दृश्यजस्तो लागिरहेको थियो । त्यस बेला त्यहाँ रहेका झन्डै १ हजार ५ सयमध्ये एक सयभन्दा बढी त गम्भीर घाइते थिए । औसत र सामान्य घाइतेको त लेखाजोखा नै थिएन । मिङ्माले सुनाए, "त्यहाँ मुस्किलले १०/१५ वटा स्टे्रचर थिए, बेसक्याम्पमै एकै पटक त्यति धेरै स्टे्रचर चाहिन सक्छ भन्ने त कहिल्यै सोचिएन ।"
अबको बाटो
आइसफल डाक्टरहरूले बाटो बनाउन नसक्ने भनेपछि सगरमाथा आरोहणको यो सिजन रोकिएको छ । कम्तीमा शेर्पाको भर परेर जान खोज्नेहरू त अब सगरमाथा चढ्ने छैनन् नै, अल्पाइन आरोहीहरूसमेत निरन्तर आइरहेका कम्पनका कारण जोखिम मोल्ने अवस्थामा छैनन् । पयर्टन प्रवर्द्धन विभागका ज्ञानेन्द्र श्रेष्ठ भन्छन्, "यद्यपि, नेपाल सरकारले यसको औपचारकि घोषणा गरेको छैन । राष्ट्रिय विपतका कारण मन्त्रिपरिषद्ले त्यसतर्फ ध्यान दिन सकेको छैन ।"
घरपरविारमा भूकम्पको असर परेकाले शेर्पाको मनोबल नै कमजोर छ । "सगरमाथाको बाटो मात्र होइन, अहिले त बेसक्याम्पसम्म पुग्ने बाटोसमेत बिग्रेको छ," विभागका अधिकारी श्रेष्ठ भन्छन्, "नत्र, सरकारले १५ दिन थपेर आरोहणको माहोल बनाउने कि भन्ने पनि सोचेको थियो ।" चीन सरकारले यस वर्षलाई आरो हण रद्द गरे पनि आगामी तीन वर्षभित्र अहिलेकै अनुमतिले आरोहण गर्न सकिने निर्णय गरेको छ । आरोहीहरूले नेपाल सरकारका तर्फबाट पनि यस्तै निर्णय हुनुपर्ने माग राखेका छन् ।
बेसक्याम्पबाट उद्धार गरेर ल्याइएका ग्याल्जिङ शेर्पा, २९, जो अस्पतालमा स्वास्थ्यलाभ गररिहेका छन्, लाई त आरोहणप्रति नै विरक्ति लाग्न थालेको छ । सन् २०१३ मा आठ हजार मिटरमा आरोहीलाई लेक लागेपछि चुचुरो चुम्ने आफ्नो धोकोलाई थाती राख्दै उनी फर्किनुपरेको थियो । सन् २०१४ मा पनि आरोहण भएन । यो साल त उनी घाइते नै भए । भन्दै थिए, "सायद मलाई हिमाल चढ्न पुगेजस्तो छ । अब गाउँमै होटल चलाउँछु, पैसा कमाइन्छ भन्दैमा हिमाल चढ्न जान्नँ ।" छेवैमा बसेकी उनकी दिदीले भने मुस्कुराउँदै भनिन्, "अस्पतालमा हुँदासम्म मात्र त होला नि ! के सक्ला यो हिमाल नचढी बस्न ।"
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...