उद्यमतिर किशोरी
अरुणा चौधरी, २३, को बर्दिया राजापुरस्थित काष्ठकला पसलमा जहिल्यै किशोरीको भीड लाग्छ ।
राजापुर-६, कुशाहीकी अरुणाले दुईमहिने तालिम लिएपछि ०६७ सालमा व्यवसाय थालिन् । नौ जना किशोरीले तालिम लिएकामा व्यवसाय थाल्ने अरुणा मात्रै हुन् । अरुणाले पतिलाई समेत काष्ठकला सिकाएकी छन् । पति शिक्षण पेसा छाडेर काष्ठकलामै लागेका छन् । अरुणालाई विभिन्न ठाउँमा तालिमका लागि बोलाइन्छ । एक महिना तालिम दिए २४ हजार रुपियाँ पारश्रिमिक लिने गरेको उनी सुनाउँछिन् । भन्छिन्, "९० भन्दा बढीलाई तालिम दिइसकेकी छु । आफूले नभ्याएका ठाउँमा श्रीमान्लाई पठाउने गरेकी छु ।"
पसलमै सिक्न आउने किशोरीले पनि उनलाई प्रतिव्यक्ति मासिक पाँच सय रुपियाँ दिन्छन् । पसलमा सामान बेचेर मात्रै मासिक १३ हजारभन्दा बढी आम्दानी हुन्छ । फोटो फ्रेम, कोठा सजावटका सामान, घडी फ्रेम, कलम राख्ने टोकरीजस्ता सामान उनी हातले नै बनाउँछिन् । घरमा खान पुग्दैन भनेर बाल्यकालमै कमलरी बसेकी अरुणा अहिले दैनिक हजारौँ रकम आम्दानी गर्ने भएकी छन् । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा १२ हजार ७ सय ७५ कमलरी रहेको नेपाल युथ फाउन्डेसन -नायफ)ले जनाएको छ । तीमध्ये ११ हजार ९ सय ५१ कमलरीको उद्धार भइसकेको छ । "कमलरी बसेकै कारण पढ्न पाइएन । काममा पठाए," अरुणा भन्छिन्, "पढ्न नपाए पनि अहिले आफ्नै मिहिनेतले स्वरोजगार भएकी छु । अरूलाई सीप सिकाउन पाएकी छु ।"
अरुणाजस्तै औपचारकि शिक्षाबाट वञ्चित पूर्वकमलरी किशोरी उद्यममा लागेर आत्मनिर्भर हुने क्रममा छन् । नारायणपुर-३, चारबगिया दाङकी सुशीला चौधरी, २१, दाङ र काठमाडौँमा गरी १० वर्ष कमलरी बसिन् । परविारमा चार बहिनी र दुई भाइमध्ये सुशीलाले मात्र पढेकी छैनन् । भन्छिन्, "मैले कमलरी बसेर बहिनीलाई पढाएँ । मेरो पढ्ने पालो कहिल्यै आएन ।"
घरका सबै पढेलेखेका भए पनि अहिले घरमा कमाउने सुशीला मात्रै छन् । ६ महिने सिलाइकटाइ र पाँचदिने बंगुरपालन तालिम लिएपछि मुक्त कमलरीको एक सहकारीबाट ४५ हजार ऋण लिएर उनले बंगुरपालन र सिलाइकटाइ व्यवसाय सुरु गरनि् । बंगुरबाट वाषिर्क ४५ हजार र घरमै मेसिन राखेर सिलाइकटाइबाट मासिक तीन हजार रुपियाँ आम्दानी हुने उनको भनाइ छ । अब थप खोर बनाएर उन्नत जातका बंगुर पाल्ने उनको योजना छ ।
बिजौरी-७, बकुलाहीकी राजकुमारी चौधरी, १९, सात वर्षको उमेरमै अरूका बच्चा हेर्ने काम गर्थिन् । ०६२ सालमा मुक्त भएपछि ५ कक्षा भर्ना भएर पढाइ थालेकी चौधरी अहिले बिजौरीको एक सहकारी संस्थाकी अध्यक्ष छिन् । उनले सहकारीबाट ५० हजार ऋण लिएर बंगुरका चारवटा पाठा किनिन् । चारवटै बंगुर ब्याइसकेका छन् । एउटा पाठा १२ हजार रुपियाँमा बिक्री हुन्छ । उनको सहकारीमा अहिले ६९ सदस्य छन् । सहकारीका सदस्यले ऋण लिएर बंगुरपालन, माछापालन, कुखुरापालन, खुद्रा पसल, तरकारी खेती र बाख्रापालन गररिहेका छन् ।
०६९ सालमा विवाह गरी तुलसीपुर-९, नयाँबस्तीमा गएकी राजकुमारी अझै पनि माइती गाउँको सहकारीमा नेतृत्व गररिहेकी छन् । अझै सहकारी चलाउने र व्यवसाय वृद्धि गर्दै जाने योजना छ । दिदी सीता आगोमा जलेपछि उपचारमा लिएको ऋण तिर्न नसकेर डुरुवा-६, दक्षिण कुरहरयिा दाङकी दिलकुमारी चौधरी, १७, आठ वर्षको उमेरमा कमलरी जानुपर्यो । उनी दाङदेखि काठमाडौँसम्म सात वर्ष कमलरी बसिन् । उनले असोज ०७० देखि गाउँकै एक सहकारीबाट २० हजार ऋण लिएर खुद्रा पसल सञ्चालन गरनि् । पसलमा दैनिक एक हजारभन्दा बढीको कारोबार हुन्छ ।
१६ वर्षको उमेरमै कमलरीमुक्त भएपछि प्रतापपुर-१, हरैयापुर कैलालीकी गीता चौधरी, २१, बि्रज कोर्ष पढेर सुरक्षा गार्डको तालिम लिन धनगढी पुगिन् । चारमहिने तालिममा उनले लट्ठी बजारनि्, स्यालुट मार्न खुट्टा उचालिन् र बिहान बिहानै दौडिइन् । धनगढीमै केही समय सुरक्षा गार्डको काम गरनि् । रातभर उभिनुपर्ने र जोखिम हुने भएपछि लागिन्, सिलाइकटाइ तालिममा । असोज ०७० देखि घरमै सिलाइ पसल खोली मासिक सात हजार कमाउँछिन् । गाउँका युवतीहरू पसलमा सिलाई
सिक्न आउँछन् ।
उनी पनि लम्की र काठमाडौँ गरी चार वर्ष कमलरी बसेकी थिइन् । भन्छिन्, "ढिलै भए पनि मुक्त भएँ र सीप सिकेँ । आत्मनिर्भर हुनु सम्मानजनक हुँदो रहेछ ।"
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...