मजदुरको कुनै देश छैन
आज आएर बल्ल बुझ्दै छु हजुर मजदुरको कुनै देश छैन । कविता
लाग्थ्यो संकटमा देशले सम्झिने छ
तर हजुर म त
महाकाली पारि भोकभोकै रहेँ
'कम्युनिस्ट’ हरूले सत्ता चलाइरहेको बेला
मजदुर म त
आफ्नै देश छिर्न अयोग्य भएँ ।
देश ठूलो कि भोक ठूलो ?
यही सवाल दोहोर्याइरहेछु
पारि मेरो भनिएको देश छ
वारि भोकभोकै कराइरहेछु ।
पहुँच हुनेले सरकार हल्लाए,
सरकारी खर्चमै जहाज चढेर आए
म चैँ महाकालीमा हेलिएर मरुँ कि
अरु केही छ उपाए ?
विदेशिनु कुनै रहर थिएन
सबाल थ्यो पापी पेटको
महाकाली एउटा नदी हैन
पर्खाल रैछ वर्ग विभेदको ।
तिनले फलाक्ने राष्ट्रवाद त
फगत एउटा लाज रहेछ,
जसलाइ छोप्ने कुनै भेष छैन
आज आएर बल्ल बुझ्दै छु हजुर
मजदुरको कुनै देश छैन ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...