पीडितकी सारथि
घोराहीकी माला गुरुङको शल्यक्रिया गरी बच्चा जन्माउनुपर्ने भयो । माला घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा छटपटाइरहेका बेला परिवारका सदस्य कोही गएनन् ।
हो, घरेलु हिंसा भोगेर घरबाट निस्केका महिलाको न्याय र अधिकारका लागि रातदिन दौडिरहेकी हुन्छिन्, दीपा बस्नेत । कसैको तारेख थामिदिन अदालत दौडिरहेकी हुन्छिन् त कसैको बच्चा स्याहार्न अस्पताल पुगेकी हुन्छिन् । कसैलाई हौसला दिन घरसम्ममै पुग्छिन् । हिंसापीडित महिलालाई सहयोग गर्न धनगढीदेखि सुखेर् तसम्म पुगेकी दीपालाई सबैका दुःख आफ्नो जस्तै लाग्छ ।
डुरुवा, लुहाडबराकी दीपा आफैँ हिंसापीडित महिला हुन् । १२ वर्षअघि उरहरी-९ सुकौरामा मागी विवाह भएपछि घरमा अनेक यातना र गालीगलौज पाइन् उनले । पाँच वर्षसम्म माइती जानसमेत पाइनन् । हिंसा सहनै नसकिने भएपछि चार वर्षअघि घरै छाडिदिइन् । श्रीमान्सँग अदालतमा मुद्दा लडिन् । सम्बन्धविच्छेद गरी अधिकार पनि पाइन् । अदालतले दिलाएको जग्गा आफ्ना नाममा पनि बनाइन् तर उपभोग गर्न भने पाएकी छैनन् । भन्छिन्, "सबैजसो दिदीबहिनीको अवस्था यस्तै छ । जग्गा पाइन्छ तर उपभोग गर्न दिँदैनन् ।"
त्यति हँुदा पनि दीपा आफूजस्तै हिंसापीडित महिलाका लागि रातदिन ज्यान फालेर काम गरिरहेकी छन् । उनी महिलाको पीडा देख्न सक्दिनन् र न्याय दिलाउन दौडिन्छिन् । नौ वषर्ीय छोरा हुर्काउँदै, पढाउँदै संघर्षशील जीवन बिताइरहेकी दीपाले आफूजस्तै हिंसापीडित ६ महिलासँग मिलेर घोराही-६, रझेनामा ऊनका कपडा बुन्ने होजेरी उद्योग सञ्चालन गरेकी छन् ।
उनकै नेतृत्वमा ३५ जना महिला मिलेर बनेको सक्ष्ाम महिला सामुदायिक संस्थाले हिंसापीडितलाई न्याय दिन पहल गर्ने, आंशिक आश्रय दिने र आत्मनिर्भर बनाउने उपाय खोज्ने गर्छन् । सधैँ रोई रोई बसेर समस्या समाधान नहुने भएकाले आयआर्जनका लागि सिलाइकटाइ र होजेरीमा लागेको दीपाको भनाइ छ । अहिले उनीहरूलाई रुन फुर्सद छैन, काममै व्यस्त छन् । भन्छिन्, "एक्लै हुँदा रुँदै बस्नुपर्छ । काम भएपछि रुन पाइँदैन । एकै खालका साथी सँगै भएपछि दुःख बिर्सन पनि सजिलो भएको छ । सबैको चेहरा उज्यालो भएको छ ।"
हिंसापीडित महिलाहरूले ऊनको धागोबाट स्वीटर, चोली, टोपी, मोजा, पन्जालगायतका कपडा बुनेर आयआर्जनको बाटो तय गरेका छन् । एउटा मात्रै मेसिनमा ६ जनाले काम गर्नुपर्ने भएकाले माग अनुसार कपडा उत्पादन गर्न कठिन भएको दीपा बताउँछिन् । भन्छिन्, "मेसिन अभावमा दुई जनाले काम गर्दा ६ जना खाली बस्नुपर्छ । मेसिन धेरै भए अझ राम्रो आम्दानी गर्न सकिन्थ्यो ।"
एक वर्षअघि सुरु भएको उद्योग नै हिंसापीडितको सहारा बनेको छ । काम गर्दागर्दै उनीहरू होजेरीका प्रशिक्ष्ाकसमेत भएका छन् । दीपा उद्योग चलाउनुका साथै ठाउँठाउँमा तालिम दिनसमेत जान्छिन् । दीपा हिंसापीडित महिलाको अभिभावक नै बनेको सक्ष्ाम महिला समूहकी अध्यक्ष रचना सुवेदी बताउँछिन् । भन्छिन्, "कोही नहुनेको अभिभावक नै बनेकी छन् । उनको जीवन नै हिंसापीडित महिलाप्रति समर्पित छ । उनी नहुने हो भने हिंसापीडित महिलालाई अदालत पुग्नसमेत गाह्राे हुन्छ ।"
सम्बन्धित
ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिक...
ब्ल्याक ब्युटी
थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको । ...
प्ल्याटर @ क्रन्ची कर्नर
काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ । ...
दिल्ली फुड वाकको मेनु
खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ । ...
निशाको पुरानै शैली
आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हा...
आनन्दित पूजन
सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा क...