साताका ७ तस्बिर
साताका ७ तस्बिरमा रंगिदै गरेको बौद्धनाथदेखि जाडोमा तातोपानी नुहाउनेका कथासम्म ।

राजधानीमा आफ्नो गन्तव्यतर्फ लाग्दै गरेकी एक महिला । तस्बिरः सरोज बैजु
काठमाडौँको बौद्ध स्तुपामा रंगरोगन गर्दै कामदार । भ्रमण वर्ष २०२० मा धार्मिक तथा पुरातात्त्विक सम्पदाहरू चिटिक्क पारिएका छन् । तस्बिरः सरोज बैजु
ललितपुरको कुपन्डोलमा वेल्डिङ उद्योगमा काम गर्दै गरेका मजदुर । तस्बिरः सरोज बैजु
खोला र धाराको पानीमा बरफ जमेको छ । नुहाउन र कपडा धुन मुस्किल । हिमाली क्षेत्रमा हिउँ अधिक बढेपछि सर्वसाधारणको विकल्प एउटै छ, तातोपानी । मुगुको भुसेकुना आसपासका गाउँ रुगा, थार्प, इमा, निगाले हेन्निकाँध, श्रीनगर र भामबाडाबाट कपडा र साबुन बोकेर आउनेको भीडभाड हुन्छ । तस्बिरः राजबहादुर शाही । विस्तृत पढ्नुस्ः विकल्प तातोपानी
काठमाडौंको बौद्ध स्तुपामा मास्क लगाएर परिक्रमा गर्दै गरेकी बौद्ध धर्मावलम्वी । कोरोना भाइरसको आतंकका बीच मास्क लगाउनेहरू राजधानीमा पनि बढेका छन् । चीनको बुहानबाट सुरू भएको कोरोना भाइरस अफ्रिकाबाहेकका सबै महादेशमा देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपतकाल घोषणा गरेको छ । तस्बिरः सरोज बैजु
बौद्ध स्तुपामा सोनाम ल्होसारमा सांस्कृतिक पोशाकमा सजिएकी एक युवती । तस्बिरः सरोज बैजु
माधव नारायण मेला भर्न माघ १५ गते बुधवार पनौती आइपुगेका ब्रतालुहरू । पौराणिक सहर सााखुमा हुने यस ब्रतपूजामा उपत्यकाका विभिन्न नदी तलाउहरूमा पुगी ब्रतालुहरू पूजापाठ तथा स्नान गर्ने गर्छन् । तस्विर: प्रशान्त श्रेष्ठ