साताका ७ तस्बिर


काठमाडौँको जोरपाटीमा सडक कालोपत्रे गरिँदै । सडक विस्तारका क्रममा भत्काएर त्यसै छोडिएको यो बाटोमा माघदेखि कालोपत्रेको काम थालिएको हो । यो सडकखण्ड आसपासका बासिन्दाले सडक कालोपत्रे गर्न माग गर्दै पटक पटक विरोधका कार्यक्रमसमेत गर्दै आएका थिए । तस्बिरः सरोज बैजु

हरेक वर्षजस्तै यो वर्ष पनि साधुसन्त र जोगीहरू महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ मन्दिर दर्शनका लागि जम्मा भएका थिए । मन्दिर क्षेत्रमा धुनी जगाएर उनीहरू जाग्राम बसे । उनीहरूलाई हेर्न जानेहरूको भीड पनि उस्तै थियो पशुपतिनाथमा । तस्बिरः सरोज बैजु

र, यो पनि पशुपतिमै भेटिएका सन्यासी ।

काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर फूलले यसरी सजाइँदै छ । महाशिवरात्रीको रौनक । तस्बिरः सरोज बैजु

काठमाडौँको कुलेश्वरबाट देखिएको अस्ताउँदो सूर्य र चन्द्रागिरि मन्दिर । तस्बिरः सरोज बैजु

पोखरामा शिवरात्री । पोखराको नयाँबजारमा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्वविधालयले गरेको ८४ औं महाशिवरात्री महोत्सवमा सहभागी बालिकाहरू । तस्बिरः जमुना वर्षा शर्मा/रासस

काठमाडौँको एक स्कुलका छात्र । कोरोना भाइरसको सन्त्रासपछि राजधानीमा मास्क लगाउनेहरू बढेका छन् । तस्बिरः सरोज बैजु