साताका ७ तस्बिर


त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरी फर्केका प्रधानमन्त्री केपी ओली । प्रम निवास बालुवाटार फर्केका उनलाई बाबु मोहनप्रसाद ओलीले आशिर्वाद दिए । फागुन १९ गते अस्पताल भर्ना भएका प्रम ओलीको मिर्गौला प्रत्यारोपण फागुन २१ गते भएको थियो । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

प्रदेश २ को जनकपुरमा होली खेल्दै स्थानीय । पहाडी जिल्लामा फागु खेलेको भोलिपल्ट तराई मधेसमा होली मनाइने भए पनि यसपटक मंगलबार परेकाले भोलिपल्ट (बुधबार) मात्र होली मनाइयो । मंगलबार काटमार गर्न नहुने विश्वास छ । तराईमा होलीका दिन माछामासु खाने पनि चलन छ । तस्बिरः सरोज बैजु

सर्लाहीको दनुवारीमा डालो बनाउँदै गरेका स्थानीय । सामान राख्न डालोको माग बजारमा उच्च छ । तस्बिरः सरोज बैजु

सर्लाहीको दनुवारीमा रहेको उखुबारीमा काम गर्दै किसान । सर्लाही उखु खेतीका लागि प्रख्यात छ। तस्बिरः सरोज बैजु

काठमाडौँको दक्षिणढोकामा धुलाम्मे बाटो हुँदै गन्तव्यतिर जाँदै गरेका सर्वसाधरण । सडक विस्तारका क्रममा धुलोले स्थानीय र यात्रीहरूलाई हैरान हुन्छ । तस्बिरः सरोज बैजु

राजधानीको बौद्धनाथ चैत्यमा प्रार्थना झण्डा राख्दै गरेका कामदार । तस्बिरः सरोज बैजु

मकवानपुरको अम्लेखगञ्जबाट सोमबार पूर्णिमाको साँझ देखिएको चन्द्रमा । तस्बिरः सरोज बैजु

प्रदेश २ को जनकपुरमा गणेश पूजाको लागि मंगलबार फूल टिप्दै स्थानीय । तस्बिरः सरोज बैजु