पिछडिएको इलाम

  • कााचुली फेरिने आशामा पश्चिमी गाउँहरु
पिछडिएको इलाम

- विप्लव भट्टराई

जिल्लाको पश्चिमी क्षेत्रमा रहेको दशमी बजार पुग्ने हो भने वषौर्ंअघि गाडिएका बिजुलीका पोल देखिन्छन्। बजार क्षेत्रमा पोल गाडेर तार त तानिएको छ तर बिजुली कतै छैन। सम्बन्धित निकायको कमजोरी र राजनीतिक स्वार्थपूर्तिका लागि गाउँमा विद्युतीकरण गर्ने बहानामा गाडिएका पोल मक्किन थालेका छन् भने तार चुँडिन। आसपास कतै पनि हाई टेन्सन लाइन नभएको अवस्थामा अझै पनि त्यो संरचना उपयोगमा आउने सम्भावना छैन।

सदरमुकामबाट जिल्लाका पश्चिमी गाउँ विकास समिति आउजाउ गर्न बाक्लै सडकहरू खनिएका छन् तर तिनको हालत पनि त्यत्तिकै खराब छ। सडकको स्तरोन्नति नभएकै कारण पश्चिमी गाविसहरू वषर्ायाममा टापुसरह हुन्छन्।

इभाङको स्वास्थ्य चौकीमा सानो भवनको भग्नावशेष र बोर्ड मात्र देखिन्छ। भूकम्पले स्वास्थ्य चौकी भत्काएपछि यसको सेवा भने गाविस भवनको एउटा कोठामा खुम्चिएको छ। पश्चिमी गाविसवासीले सडक, विद्युत्, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुरामा नै विभेद भएको गुनासो गर्दै वषौर्ं बिताएका छन्।

इलाम र पाँचथरका दुई दर्जनजति गाविसको केन्द्रका रूपमा रहेको रवि बजारमा आधा दर्जनभन्दा धेरै सडक इलाम, पाँचथर र झापासँग जोडिएका छन्। तर, यहीँबाट करबि ५० किलोमिटर टाढाको दमक पुग्न साढे पाँच सय रुपियाँ भाडा तिर्नुपर्छ। "अझ मौवा पुग्दा त १ हजार ८ सय रुपियाँ नै तिर्नुपर्छ," चिसोपानी पञ्चमीका वीरबहादुर राई भन्छन्, "यो क्षेत्र कहिल्यै सुध्रने भएन।"

बाँझो गाविसका पूर्वअध्यक्ष किरण राईका अनुसार कुनै पनि सडकलाई १२ महिना नै सवारीसाधन चलन सक्ने बनाउन नसक्दा यस क्षेत्रका बासिन्दाले सास्ती खेप्नुपरेको हो। मेची राजमार्गको राँके बजारबाट २५ वर्षअघि नै सडक खुले पनि स्तरोन्नति भएको छैन। झापाको दमकबाट रवि हुँदै राँके जोड्ने करबि ८० किलोमिटर सडकको रतुवा खण्डमा अझै पनि मुस्किलले हिउँदयाममा खोलाबाटै गाडी गुडाउनुपर्छ। सडककै दुरावस्थाका कारण धेरैले सडक दुर्घटनामा ज्यान गुमाएका छन्।

प्राथमिकतामा रहेको यो सडक मजबुत बने किराँत धार्मिकस्थल लारुम्बादेखि सीमावर्ती आधा दर्जन बजार र दुई दर्जन गाविस प्रत्यक्ष लाभान्वित हुन्छन्। अलैँची, अदुवा, अमि्रसोलगायतका नगदेबाली उत्पादनमा अगुवा यो क्षेत्रमा सडककै मारले कृषकले मिहिनेत अनुसारको आम्दानी गर्न सकेका छैनन्। "हिउँदमा जसोतसो चल्छ, वषर्ाका लागि उपभोग्य सामग्री ल्याउनै कठिन," रवि उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र राई भन्छन्, "वषर्ामा प्रतिकिलो १० रुपियाँभन्दा धेरै त ढुवानी खर्च मात्रै लाग्छ।"

हेर्दा व्यवस्थित लागे पनि यहाँका बजार सौर्य ऊर्जाका भरमा छन्। जाइका प्रोजेक्टमार्फत इलामतर्फका केही गाउँमा विद्युत्ले छोए पनि अधिकांश क्षेत्र अँध्यारो छ। "डिजिटलको यो जमानामा कम्प्युटर चलाउनेदेखि आधुनिक उपकरणको प्रयोग गर्न चाहने र सक्ने धेरै छन्," फूएतप्पाका दीपेन्द्र सारुमगर भन्छन्, "विद्युत्कै अभावमा इमेल, इन्टरनेटलगायत सुविधाबाट पनि वञ्चित छौँ।" अधिकांश क्षेत्रमा टेलिफोनको टावर भेट्न पनि मुस्किल छ।

सदरमुकाम टाढाका यी गाउँमा स्वास्थ्य उपचारको समस्या पनि जटिल छ। ठूलो दुःखबिराम लागे या दुर्घटना भए दमक पुर्‍याउनुको विकल्प छैन। "वषर्ायाममा कोही बिरामी भए मर्नुको विकल्पसमेत हुँदैन," साकफाराको फुङनामका प्रकाश श्रेष्ठ थप्छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनाव जित्दै आएको र कांग्रेस नेता कुलबहादुर गुरुङसम्मलाई सभासद् बनाएका यहाँका बासिन्दाको विकासे चाहना अझै पूरा भएको छैन। विकास पर्खिरहेका उनीहरूको एउटै प्रश्न छ, 'कहिले बदलिएला पश्चिमी इलाम ?'

प्रकाशित: वैशाख ७, २०७१

×