किवी अभियान
अलैँची मासिएर आम्दानी टुटेपछि उत्तरी माइमझुवाका पुरन गुरुङले वैकल्पिक उपायको खोजीमा करेसाबारीलाई नै किवी बगान बनाएका छन्।
र
परम्परागत तवरले मकै र आलु रोप्दै आएको २० रोपनी जग्गामा किवी लगाएपछि साँखेजुङका टेकबहादुर विष्टका दु:खका दिन सकिएका छन्। विष्टले वाषिर्क १० लाख भन्दा धेरै आम्दानी किवी फल बेचेर नै लिने गरेका छन्।
सुलुबुङ-५, तालगाउँका तारामणि खतिवडाले ६ वर्षअघि थालेको किवी अभियान अहिले पूर्वका विभिन्न जिल्लामा फैलने क्रममा छ। वातावरण संरक्षण तथा वैकल्पिक ऊर्जा विकास प्रालि नामक संस्था नै खोलेर खतिवडा किवीको प्रवर्द्धनमा लागेका छन्।
इलामका गाउँगाउँ छिर्दा बारीभरि अनौठो लहरे खेती बाक्लै भेटिन्छ। राम्रो आम्दानी गर्ने ध्याउन्नमा कृषकहरूबीच घरलौरी किवी रोप्ने लहर चलेको छ। कृषकले चियाबारीमाथि पनि माच बनाएर किवी फलाएका छन्। चारखाँदेका महेन्द्र राईले चियाबारीमाथि लटरम्म किवी फलाएर देखाएका छन् भने प्याङका धु्रव थेवेले किवीबारीमा चिराइतोको पनि खेती गरेका छन्।
खतिवडाले चिया र अन्य फलफूल किवीबारीमा लगाएका छन्। कृषकले ६ वटादेखि पाँच सय बोटसम्म किवी रोपेको उनको भनाइ छ। उनको बगानमा ७० रोपनी जमिनमा ६ सय बोट किवी हुर्किएका छन्।
किवीको बिरुवा राजधानी र विदेशबाट ल्याउनुपर्दा महँगो परेको र खेतीको आकर्षण थेगी नसक्नु भएपछि खतिवडाले आफैँ नर्सरी खोली ग्राफ्टिङ र कटिङ बिरुवा उत्पादन गरेका छन्।
किवी फलसँगै चिया, चिराइतो, अदुवा, खुर्सानी, पाउलेनिया, सुन्तलालगायतका फल पनि खेती गरेर कृषकले नयाँ प्रयोग गरेका छन्। इलामका कृषकबाट गएको वर्ष ३० हजार किलोभन्दा बढी किवी उत्पादन भयो भने यस वर्ष करबि डेढ लाख किलो किवी उत्पादन हुने अनुमान छ। जिल्लाका ३७ गाविसमा ६ हजार र पूर्वाञ्चलका नौ जिल्लामा १६ हजार कृषक पुगेका छन्। वषौर्ंसम्म आम्दानी हुने र एउटै बोटमा ८० किलोभन्दा धेरै फल्न थालेकाले नोक्सानी नहुनेमा अगुवा कृषकहरू ढुक्क छन्।
एउटै बोटमा ८० किलोभन्दा धेरै किवी फलाएर बिक्री गर्न सकेको माइमझुवाका पुरन गुरुङ बताउँछन्। "सुरुका दिनमा किवी खेती थाल्दा हाँसोको पात्र बनिएको थियो," उनी भन्छन्, "एकपटक तीन लाखभन्दा बढी खर्चेर खेती थाल्दा खिसी गर्नेहरू नै अहिले खे तीमा लागेका छन्।"
अस्ट्रेलियाको पुर्दे युनिभर्सिटी, अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटी, नर्वेको ओस्लो युनिभर्सिटी र मलेसियाको डीएक्सन कम्पनीले गरेको अध्ययनमा मुटु, दम, क्यान्सर, अल्सर, छाला र आँखाका लागि किवी फल रामवाण हुने औंल्याइएको छ।
नौलो खेती भएकाले किवी बगान पर्यटकीय गन्तव्यका रूपमा समेत चिनिन थालेका छन्।माइमझुवा हुँदै सन्दकपुर जाने पर्यटकले गुरुङको बगानमा किवीको स्वाद लिन छुटाउँदैनन्। १२ सयदेखि २३ सय मिटरसम्मको पहाडी क्षेत्रमा किवी राम्ररी फस्टाएको पाइएको छ। लहराजस्तै फैलिएर जाने भएकाले यसलाई बलियो माच अनिवार्य हुन्छ।
स्थानीय बजारमा पनि किवी फल प्रतिकिलो चार सयदेखि ६ सय रुपियाँसम्ममा बिक्री हुने गरेको छ। उत्पादन बढ्दै गएको र सदरमुकाममा रहेको शीतभण्डार सञ्चालनमा नआएकाले बजार पर्खिएर बिक्री गर्न भने समस्या छ। स्थानीयस्तरमा प्रशो धन कारखाना र सुलभ ऋणको व्यवस्था सरकारले गरिदिनुपर्ने माग कृषकहरूको छ।
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...