सुनगाभाको राजधानी
दुई हजार मिटरको उचाइमा कोल्बुङ र इरौटार गाविसमा पर्ने हाँसपोखरी जंगलमा पाइने सुनाखरी लोप हुन थालेपछि स्थानीय नै संरक्षणमा जुटेका छन् ।
र
मेची राजमार्गको चारआलीबाट दिनहुँ सयौँको संख्यामा उक्लनेको पहिलो विश्राम हो, पाथीभरा तलको कुटीडाँडा । त्यहाँबाट दुई सय मिटर पार नगर्दै नागबेली मेची राजमार्गले भेट्ने घना जंगलभित्रको फाँटिलो टार र सुन्दर पोखरी तराईको गर्मी छल्ने उत्तम गन्तव्य बनेको छ ।
हाँसपोखरी क्षेत्र हुस्सुमा रुझिरहेको हराभरा प्राकृतिक छटा मात्र नभएर सुन्दर सुनगाभा पाइने मुलुककै उत्कृष्ट स्थान हो । घरको बार्दलीभरि गमलामा सजाउनेदेखि सुनाखरीको बगँैचा नै बनाउने धेरै छन् । संसारमा चार हजार हाराहारी प्रजातिका सुनाखरी पाइने अध्ययनले देखाएको छ । तीमध्ये नेपालमा चार सय प्रजातिका सुनाखरी पाइने उल्लेख छ ।
विश्वका अन्य मुलुकमा नपाइने ४१ प्रजातिका सुनगाभा नेपालमा पाइन्छन् । तीमध्ये २५ प्रजाति रूखमा, १३ प्रजाति जमिनमा र तीन प्रजाति भने रूख–जमिन दुवैमा पाइन्छन् । एक अध्ययन अनुसार हाँसपोखरीमा पाइएको सिम्बिडियम डिमोनियम र इस्मेरेल्डा कर्लकेई प्रजातिका सुनगाभा नेपालका अन्य क्षेत्रमा फेला परेका छैनन् ।
यसको औषधीय महत्त्वकै कारण अवैध संकलन र चोरी निकासी हुने गरेको छ । दुई हजार मिटरको उचाइमा कोल्बुङ र इरौटार गाविसमा पर्ने हाँसपोखरी जंगलमा पाइने सुनाखरी लोप हुन थालेपछि स्थानीय नै संरक्षणमा जुटेका छन् । धेरै प्रजातिको अर्किड पाइए पनि स्थानीयलाई त्यसबारे जानकारी नहुँदा चोरीनिकासी हुने गरेको सुनाखरी संरक्षणका लागि बनेको उपभोक्ता समितिका अध्यक्ष पुष्पलाल राई बताउँछन् ।
दुई दशकअघिसम्म हाँसपोखरी क्षेत्रमा पाइने ‘केलेस्टोमिया रेसिमिफेरा’ प्रजातिको सुनाखरी भने लोप भइसकेको जिल्ला वनस्पति कार्यालयको अध्ययनबाट पुष्टि भएको थियो । सात प्रजातिमाथि गरिएको अध्ययनमा प्राकृतिक अवस्थाबाट सार्दा ७० प्रतिशत सुनाखरी जीवित रहेको थियो । अर्किड हाउससँगै प्राकृतिक अवस्थामा पनि सुनाखरी संरक्षण गर्नुपर्ने राई बताउँछन् ।
प्रतिबन्धित र धेरै नपाइने भएकाले सुनाखरी राम्रो मूल्यमा बिक्री हुन्छ । आयुर्वेदिक औषधीका रूपमा प्रयोग हुने आकर्षक सुनगाभा विदेशमा प्रतिकिलो १० हजार रुपियाँसम्म बिक्री हुने गरेको छ । यहाँको सुनगाभा चीन, भारत, मलेसिया, ताइवान, जापान, अमेरिकालगायत देशमा तस्करी हुने गरेको अध्ययनकर्ताहरू बताउँछन् । विभिन्न प्रयोजनका लागि यो वनस्पति तस्करी हुने गरे पनि सरकारले भने नियन्त्रणका लागि काम नगरेको सरोकारवालाको गुनासो छ । विश्व साइटिस महासन्धिले सुनगाभालाई साइटिक्स एपेन्डिक्स–२ मा राखेको छ । सन्धि अनुसार सुनगाभा व्यापारिक प्रयोजनका लागि ओसारपसार गर्न पाइँदैन ।
लामो समयसम्म फूल नझर्ने भएकाले फूलका सोखिनले महँगो मूल्य खर्चेर यसलाई किन्छन् । उष्णदेखि हिमाली हावापानी भएको क्षेत्रसम्म सुनाखरी पाइने जानकारहरू बताउँछन् । समुन्द्री सतहको १ हजार ६ सय २४ मिटरदेखि १ हजार ७ सय मिटर उचाइसम्म सुनाखरी पाइन्छ ।
सम्बन्धित
एक त घुम्न पाउने, त्यो पनि आफूले रोजेको ठाउँमा । पैसा पनि अरुले हालिदिने । योभन्दा काइदाको...
स्वयंको खोजी : एकल यात्रा
खप्तड पुग्ने धेरै बाटा छन् । विशेषत: खप्तड जान डोटी, सिलगढीको बाटो बढी प्रयोग गरिन्छ ।...
खप्तड जानुअघि...
हामी गाडी या बाइकमा सिन्धुली यात्रा गर्छौं । तर साइकलमा कहिले सिन्धुलीगढीको यात्रा सोच्नुभ...
सिन्धुलीगढी घुमेर हेर्दा
आन्तरिक पर्यटनका लागि पोखरा, चितवन, मुस्ताङ, मनाङ, लुम्बिनी प्रख्यात छन् । तर अचेल नयाँ गन...
दसैँ बिदाका नयाँ गन्तव्य
पहाडको खोल्सामा निलो रङ्गले सल्बलाई रहेको फोक्सोन्डो तालले सबै बाटाभरका थकानमा मलमपट्टिको ...
[यात्रा] से–फोक्सुन्डो सौन्दर्य
बुर्किना फासोले मात्र करिब ४५ टन सुन उत्पादन गर्छ । त्यसको सरदर नेपाली मूल्य हुन आउँछ, करि...