तालमा झेल
नवलपरासीका अधिकांश प्राकृतिक ताल अतिक्रमण
परासी ।। पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–६ का लालु कोइरी, ६०, नन्दन तालवरपर वस्तुभाउ चराउँदै तालमा पौडिएको सम्झछन् । फराकिलो फाँटमा ठूलो ताल । स्थानीयले यही तालको पानी पिउने गर्थे । ठूलठूला मेला र खेल प्रतियोगितासमेत यसै स्थानमा हुने गथ्र्याे । प्राकृतिक हरियाली फाँटको बीचमा सुन्दर ताल थियो । अहिले अतिक्रमणमा परेर सबै खेतमा परिणत भयो, ताल सुकेर पोखरी बन्यो ।
विश्व सम्पदा सूचीमा समेत सूचीकृत हुने प्रक्रियामा रहेको पाल्हीनन्दन गाउँपालिका–६ सनई हकुहीमा रहेको ऐतिहासिक नन्दन ताल अहिले पोखरीमा परिणत भएको छ । करिब १ सय ४० बिघामा फैलिएको तालको जग्गामा अहिले स्थानीयले अतिक्रमण गरेर खेती गर्दै आइरहेका छन् । संरक्षण र प्रवद्र्धनका लागि बर्सेनि रकम विनियोजन हुने भए पनि अतिक्रमणकारीको अवरोधका कारण रकम फ्रिज हुने गरेको छ । बर्सेनि अतिक्रमणको चपेटामा पर्नु र संरक्षणका लागि गुरुयोजना नबन्दा तालको अस्तित्त्व नै खतरामा परेको हो । तालमा पानी छैन । ताल क्षेत्रसमेत अतिक्रमण भएर ठूलठूला भवन बनेका छन् । नापी कार्यालयमा ताल लेखिएको क्षेत्रमा राजनीतिक प्रभावमा व्यक्तिका नाममा जग्गा दर्ता भएका छन् ।
विभिन्न सरकारी निकायको कार्यालय स्थापना गर्नुपर्ने भएपछि गाउँपालिकाले अहिले धमाधम सार्वजनिक जग्गा खोजिरहेको छ । गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता नन्दन ताल अतिक्रमणको चपेटामा परेका कारण अतिक्रमण हटाएर ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रयास प्रारम्भ भएको बताउँछन् । भन्छन्, “लामो समयदेखि अतिक्रमणमा परेको भए पनि राजनीतिक स्थायित्व नहँुदा अतिक्रमण रोक्न सकिएको थिएन, अतिक्रमण रोकेर सुन्दर पार्क र तालको संरक्षण गर्न कार्ययोजना तयार पारिएको छ ।” ताल अतिक्रमण हुँदै जाँदा जलचर र जल वनस्पतिसमेत लोप हँुदै गएका छन् ।
नन्दन तालजस्तै पूर्वी र पश्चिम नवलपरासी जिल्लामा रहेका ऐतिहासिक ताल–तलैया धमाधम अतिक्रमण भइरहेका छन् । खेतीपाती वा बस्ती बसाउने नाममा सार्वजनिक ताल–तलैया पुरेर संरचना निर्माण गरिँदासमेत प्रशासन र स्थानीय निकाय मौन बसेपछि अतिक्रमण झन् बढ्दो छ । रामग्राम नगरपालिका क्षेत्रमा मात्र ५० भन्दा बढी ताल तथा सार्वजनिक पोखरी रहेका छन् । केही वर्षअगाडिसम्म स्थानीयले तालको पानी खाने गर्थे । तर, अहिले ताल सुक्दै जाँदा पानीको स्रोतका लागि भौतारिनुपरेको छ ।
पश्चिम नवलपरासीकै बर्दघाट नगरपालिका जहदामा रहेको पुरातात्त्विक एवं ऐतिहासिक महत्त्व बोकेको बुद्धमंगल तालको अवस्था पनि उस्तै छ । करिब १२ बिघा क्षेत्रफलमा फैलिएको ताल वर्षांैदेखि अतिक्रमणको चपेटामा पर्दै अहिले सात बिघामा सीमित भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सरावल गाउँपालिका तुलसीनगरको तालदेखि पूर्वी नवलपरासीको कावासोतीमा रहेको ऐतिहासिक टरुवा ताल पनि संरक्षणको अभावमा छ । सीमसार क्षेत्रका रूपमा रहेको ताल क्षेत्र वरपर भौतिक संरचना भरिएका छन् । कतिपय स्थानीयले त सुकुमबासी समस्या समाधान आयोगबाट पुर्जासमेत लिइसकेका छन् । आठ बिघा क्षेत्रफलमा फैलिएको तालबाट पर्यटकीय क्षेत्रसँगै स्थानीयलाई सिँचाइ सुविधा र खानेपानीको स्रोत समेत भए पनि तालको संरक्षण समितिमा नेतृत्व विवाद हुँदा अहिले तालमा झार पलाउनुको साथै अतिक्रमण भइरहेको छ ।
“हेर्दा सामान्य लागे पनि ताल–तलैया अतिक्रमण गरेर पानीको स्रोत मास्नु भनेको भविष्यका लागि वातावरणीय विनाशको सिकार आफँै हुनु हो,” जिल्ला भूसंरक्षण कार्यालय परासीका प्रमुख लोकनाथ सापकोटाको कथन छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...