दुर्घटनाको जोखिम
यहाँ बढुवा लिनका लागि मात्रै मूल्यांकन गरिएको छ । अन्तत: मूल्यांकन नेतृत्वसँग जोडिएको विषय हो ।
नीति निर्माण तहमा कम अनुभवी वा अनुभव नै नभएकाहरू सुरक्षा निकायजस्तो संवेदनशील संगठनको प्रमुख बन्ने अवस्था सिर्जना हुनु खेलाँची होइन । हरेक पदको भूमिका र जिम्मेवारी फरक–फरक हुन्छ । नेतृत्वमा पुग्न फिल्डदेखि नीति निर्माण तहसम्मको लामो अनुभव चाहिन्छ । कुन तहदेखि सोझै प्रवेश गर्दा नेतृत्व तहसम्म पुग्दा त्यसले फिल्डदेखि नीतिगत तहसम्मको अनुभव समेट्छ भनेर नै सुरक्षा संगठनहरूको पदसोपान क्रम मिलाइएको हुन्छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट सोझै भर्ना लिंदा फिल्डदेखि नीतिनिर्माण तहसम्म ‘कभर’ गर्छ भन्ने मान्यता हो । इन्स्पेक्टरदेखि माथिल्ला तहमा क्रमश: बढुवा हुँदै गएपछि नेतृत्वका लागि तयारी हालतको जनशक्ति उत्पादन हुन्छ ।
तर, अहिले डीआईजीदेखि हाम फालेर आईजी बन्ने परिस्थिति सिर्जना भयो । डीआईजीको अनुभव पनि छोटिँदै गएको छ । विभागीय र क्षेत्रीय अनुभव नभई प्रमुख बन्दा समस्या निम्तिन सक्छ । यी अनुभवबिना समेत संगठन हाँक्नु अतिरिक्त क्षमता हुनसक्ला । यस्तो अवस्था सधैँ रहँदैन । क्षेत्र, विभागहरू कसरी चल्छन् भन्ने अनुभव चाहिन्छ । किनभने, उसले भोलि सिंगो संगठन चलाउने हो, संगठनलाई ‘भिजन’ दिने हो । भिजन दिन अनुभवको ठूलो हात हुन्छ । यस्तो अनुभवहीनताले हामीलाई कुनै पनि बेला दुर्घटनामा पार्न सक्छ । यसको मूल कारण भनेको कहीँ पनि नभएको सेवा अवधिका कारण अवकाश पाउने प्रावधान हो । यसले प्रहरीको सांगठनिक क्षमताको क्षयमा मुख्य भूमिका खेलेको छ ।
यो सेवा अवधिका कारण विस्तारै अवकाश पाउने माथिल्लो तहका प्रहरी अधिकृतको संख्या एकैचोटि डेढ सय पुग्छ । समयमै भर्ना नखोल्दा एकैचोटि ठूला–ठूला संख्याका ब्याच भर्ना लिइरहेका छौँ । यसअघि २०/३० जनाको एउटा टोली हुन्थ्यो । अहिलेसम्म यही सानो आकारको टोली नै माथिल्लो तहसम्म पुगिरहेको छ । अब त एक सय जनाभन्दा ठूलो संख्याको एउटा ब्याच हुन थालेको छ । उक्त ब्याच नेतृत्वमा पुग्ने बेलामा कस्तो होला ? त्यतिबेला एउटै ब्याचीहरू आईजीपीदेखि एसपीसम्म हुन्छन् । यति सानो टोली हुँदा नेतृत्वमा पुग्न माथिल्लो तहको अनुभव पुगेन भन्दैछौँ भने त्यतिबेला कस्तो होला ? पुच्छरजस्तो हुन्छ । त्यतिबेलाको लिडरसिप क्राइसिस योभन्दा भयावह बन्छ । आइजी र एआइजी एउटै ब्याची हुँदा त ‘चेन अफ कमान्ड’मा समस्या देखिएका हाम्रो तीतो अनुभव छ । अब त्यो लहरो एसपीसम्म जोडियो भने त्यसले अनुशासन कायम गराउन मुस्किल पर्न सक्छ । एआईजीदेखि एसपीसम्म मनमुटाबको अवस्था आयो भने प्रहरी संगठन कुन हालतमा पुग्ला ?
एकातिर हाम्रो प्रणालीले अनुभवहीन नेतृत्व जन्माइरहेको छ भने अर्कोतिर नेतृत्वमा पुग्ने विधिसमेत पारदर्शी छैन । कार्यसम्पादन मूल्यांकनलाई माथिल्लो तहमा पुग्ने आधार बनाइएको छ । तर, यो मूल्यांकन परिपाटी नै खराब छ । वर्षमा एकपटक मूल्यांकन गरिन्छ । मूल्यांकन गर्ने चलन कस्तो छ भने कहिल्यै नदेखेको, आनीबानी थाहा नभएकाले मूल्यांकनको नम्बर चढाइदिन्छ । ‘रियल टाइम’ मूल्यांकन छैन ।
मूलत: मूल्यांकनबाट दुईवटा कुरा हेरिन्छ, उसको व्यवहार र काम । अर्थात् व्यवहार र कामको मूल्यांकन जाँच्ने हो । मूल्यांकन भन्नेबित्तिकै त्यहाँ उसका सबल र दुर्बल पक्ष खुट्याइन्छ । तर, प्रहरीमा कसको सबल पक्ष के हो र दुर्बल के हो भन्ने मूल्यांकित हुनेले समेत थाहा पाउँदैन । आफूमा खराबी के छ र कसरी सुधार्ने भन्ने उसले जागिरभर थाहा पाउँदैन । कार्यसम्पादनको त्रुटि कुन क्षेत्रमा भयो भन्ने पनि पत्तो पाउँदैन । मूल्यांकन लुकाउनु नै गलत हो ।
कार्यसम्पादन मूल्यांकनले त्रुटि सुधारेर नेतृत्वका लागि तयार हुनसमेत सहयोग पुर्याउँछ । यसबाहेक क्षमता अनुसार कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ, त्यहाँ खटाउने भन्नेमा सहज तुल्याउँछ । तर, यहाँ बढुवा लिनका लागि मात्रै मूल्यांकन गरिएको छ । अन्तत: मूल्यांकन नेतृत्वसँग जोडिएको विषय हो । कस्तो व्यक्तिलाई अगाडि लैजाने भन्ने एउटा आधार यसले निर्धारण गर्छ ।
(मल्ल, नेपाल प्रहरीका पूर्वडीआईजी हुन् )
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...