[स्मरण] पुष्पप्रेमी इन्द्रबहादुर राई
तुङसुङ बस्तीको उहाँको घरका भित्तामा, भुइँमा, डिलमाथि र मुनि फूलका गमला देखिन्थे । उनी आँगनमा दरी बिछ्याएर त्यसमाथि किताब थुपारेर पढिरहेको भेटिन्थे कि फूलहरु स्याहारसुसार गरिरहेका हुन्थे ।
मैले इलाम हाइस्कुलमा कक्षा ७ को विद्यार्थी छँदा आईबी दाइलाई देखेको चर्चा गरिसकेँ । त्यही वर्ष आइतबारे र फिक्कलको बीचमा पर्ने करफोक विद्यामन्दिरमा प्रधानाध्यापक भएर दार्जिलिङबाट ल्याइएका थिए उनी । उतिबेला दार्जिलिङ मात्र नभएर आसामतिरबाट पनि ल्याइन्थे शिक्षक । इलाम हाइस्कुलमा आसामबाट ल्याइएका केशवलाल जोशी त्यसबेला प्रधानाध्यापक थिए ।
आईबीको भाषा–वैज्ञानिक अध्ययन र लेखनमा रुचि र ज्ञान दुवै थियो । महानन्द सापकोटासँगको संगतले त्यसो भयो होला भन्ठान्छु । उनले करफोकमा सन् १९५५ को आधाउधिसम्म काम गरेछन् । उसबेला नाम चलेका हास्यव्यंग्यकार अच्छा राई ‘रसिक’ र ऋषिहरुका देखासिकीमा मैले पनि हास्यव्यंग्यप्रधान कविता र लेख लेख्न कोसिस गरेँ । इलामबाट दार्जिलिङ पढ्न जानेहरुमा अग्निराज श्रेष्ठले अञ्जली पत्रिका निकाल्थे सन् १९५८ तिर । त्यही पत्रिकामा आज रमिता छ उपन्यास धारावाहिक रुपमा प्रकाशित हुन थालेको थियो ।
उनले विद्यार्थी काल (सन् १९४३–४४) देखि नै लेख्न थालेका रहेछन्, उपन्यास र नाटक । उनका रचना सन् १९५१ देखि नै हाम्रो कथा, भारती, प्रभातजस्ता पत्रिकाहरुमा छापिन थालेका रहेछन् ।
एउटै व्यक्तिभित्र सिर्जनशील लेखक, समालोचक र चिन्तक पाउनु कठिन हुन्छ । आईबी राई भने यी तीनै विधामा सशक्त कलम चलाउँथे । सधैँ नयाँ कुरा सोचिरहने, साहित्यमा केही थोक दिन खोज्ने उनी महान् आख्यानकारका साथै समालोचक र उपल्लो तहका चिन्तक पनि थिए । ईश्वरवल्लभ र मैले दार्जिलिङे साहित्यमा नौलोपन ल्याउन जमर्को गर्यौँ । मेरो कोठामा साहित्यिक कोठेगोष्ठी आयोजना गर्न थाल्यौँ । तर, म र बल्लभ भने सधैँको आयोजक । यसै संस्थालाई ‘कोठेगोष्ठी साहित्य प्रतिष्ठान’ अनौपचारिक नाम दिएर नै चलायौँ निकै वर्ष ।
फूलप्रेमी इन्द्रबहादुर राईसँग यसैको कार्यक्रमको निम्तोपत्र छाप्ने सिलसिलामा आशालच्छी प्रेसमा फेरि मेरो झल्याक्क भेट भयो । निकै पछि गणेशबहादुर प्रसाईंले उहाँको तुङसुङ बस्तीको घरमा लगेर चिनाएका थिए । त्यसपछि भने उहाँसँग भेटघाटको क्रम बाक्लियो ।
तुङसुङ बस्तीको उहाँको घरका भित्तामा, भुइँमा, डिलमाथि र मुनि फूलका गमला देखिन्थे । उनी आँगनमा दरी बिछ्याएर त्यसमाथि किताब थुपारेर पढिरहेको भेटिन्थे कि फूलहरु स्याहारसुसार गरिरहेका हुन्थे । दाजुभाउजू दुवै फूलको पारखी र सोखिन । कुन फूलको नाम के हो ? जात के हो ? वर्ग के हो ? हामीलाई विस्तृत जानकारी दिनुहुन्थ्यो । दाइले एक दिन भन्नुभयो, “काइँला फूल भनेका नानीहरुजस्तै हुन् । नानीहरुलाई बरु स्याहार्नु सजिलो छ, फूललाई स्याहार्नु त्योभन्दा गाह्रो । तर, नानीलाई जस्तै मायाले र कोमलताले स्याहार्नुपर्छ है !”
कालेबुङका युसी प्रधानले धेरै वर्षको अध्ययन र अनुसन्धानपछि सुनाखरीको नयाँ प्रजाति फेला पारे । यसलाई आईबी राईले नयाँ नाम दिए । र, बेलायती ‘द रोयल बोटानिकल हर्टिकल्चरल सोसाइटी’ ले आईबीले गरेको आविष्कारलाई फालाएनोप्सिस इन्द्रबहादुर राई भनेर प्रमाणपत्रसहित मान्यता दिलाएर फूलप्रेमीका रुपमा सम्मान गरेको थियो । फूलप्रेमी आईबीका नाममा सुनाखरीको एउटा नयाँ प्रजातिले मान्यता पाएकामा समग्र नेपालीले गर्व र खुसी अनुभव गर्नु स्वाभाविक नै हो ।
कालान्तरमा उहाँको र मेरो सम्बन्ध भने साहित्यिकभन्दा पारिवारिक धेरै भयो । एकाघर–परिवारका दाजुभाइजस्ता पो बन्यौँ । सर्जकको नाता होइन, हाम्रो त पारिवारिक नाता थियो ।
भाउजू मायादेवी राई क्षत्रीको देहावसानपछि अशान्त र विदग्ध मन भएका दाजु आईबी राईले घरको बरन्डामा भाउजूले स्याहारेका फूलका गमला हेर्दै लेखेको कविता, जहाँ इम्प्यासेन्स नामक फूल पनि थियो :
भाउजू मायादेवी राई क्षत्रीको देहावसानपछि अशान्त र विदग्ध मन भएका दाजु आईबी राईले घरको बरन्डामा भाउजूले स्याहारेका फूलका गमला हेर्दै कविता लेखे ।
इम्प्यासेन्स बन्यो
सामान्य, तर असामान्य सुन्दर
मायाले जुन अतीव माया गर्थिन् ।
. . . . . . . . .
जाँदा बेला पनि
इम्प्यासेन्स
तीन गमला
फुलाइराखिन्
आफ्नो घरमा ...
भाउजूको निधनपछि परिवारबीचमा पनि नितान्त एक्ला बनेका दाइले बरन्डामा भएका गमलामा फुलाइराखेको फूल बिजी लिज्जी अर्थात् इम्प्यासेन्सलाई स्याहार्दै भाउजूलाई सम्झिरहे । फूलसँग उनैलाई हामी एक्लै हुँदैनौँ है, छिट्टै आउँछु भनिरहे, भनिरहे । र, उनी भाउजूसँगै गए ।
प्रस्तुति : रमण घिमिरे
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...