ग्राहकसँग प्रविधिको साइनो

- विभु लुइटेल

ग्याजेटका खासै सोखिन होइनन् तर एप्पलको घडी र आइफोन एक्स प्रयोग गर्छन्, लेदर उद्यमी बिलाल अहमद शाह, २४ । सामाजिक सञ्जाल प्रयोग गर्न आइफोन एक्स काम आउँछ भने नोटिफिकेसन मात्र हेर्न घडी । स्वाध्ययनका लागि उनी डेलको ल्यापटप प्रयोग गर्छन् । तर, यी सबैभन्दा प्रिय उनका लागि वर्षौंअगाडि घरझगडा गरेर किन्न लगाएको नोकियाको फोन नै छ । सुनाउँछन्, “कक्षा ७ मा पढ्थेँ । तर, मोबाइल चलाउन मन लाग्थ्यो ।”

लेदर व्यवसाय ल्याटिडो लेदर्सको प्रचारप्रसार तथा बजार व्यवस्थापन उनी सामाजिक सञ्जालबाट गर्छन् । “सामाजिक सञ्जाल मेरा लागि संघर्ष र सफलताका कथा सुनाउने माध्यम बनेको छ । ग्राहकसँग यहाँ अन्तक्र्रिया गर्दा धेरै ‘कनेक्टेड’ अनुभूति हुन्छ,” उनी अनुभव साट्छन् । विदेशका ग्राहकले ज्याकेट बनाउन परे भिडियो च्याट गरेर उनलाई लम्बाइ–चौडाइ टिपाउने गर्छन् । त्यसैले बिलाल आफ्नो व्यावसायिक सफलताको श्रेय प्रविधि र सामाजिक सञ्जाललाई दिन्छन् ।

 

प्रकाशित: आश्विन १८, २०७५

×