किशोरी जगाउँदै आयंका

- नेपाल संवाददाता

चलचित्र नगरीका चर्चित जोडी हुन्– नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी । अभिनय र प्रेमसँगै यो जोडीको चर्चा थपिँदै छ, आयंका फाउन्डेसनबाट । प्रजनन स्वास्थ्य, शिक्षा, सरसफाइ, महिनावारी, बालविवाहलगायत विविध विषयमा चेतना फैलाउने उद्देश्य रहेको यो जोडीको दाबी छ । गाउँका सरकारी विद्यालयमा गएर महिनावारीसम्बन्धी शिक्षा दिने फाउन्डेसनको तयारी छ । उक्त शिक्षामा किशोरीलाई सुरक्षित प्याडसहित प्रयोगविधिको जानकारी दिइने योजना छ । जोडीले आम्दानीको १० प्रतिशत रकम फाउन्डेसनमा लगाउने र अभियानका लागि देशविदेशमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि गर्नेछ ।

प्रकाशित: माघ १३, २०७५

ट्याग: समसामयिक
×