डाक्टरका लेखक–पिता

- नेपाल संवाददाता

लेखक सेलेब्रिटी हुन्, खगेन्द्र संग्रौला र नारायण ढकाल । तर १६ चैतमा सौराहा, चितवनमा सम्पन्न ‘मेडिकल लिटरेचर मेला’ को दोस्रो संस्करणमा रहस्योद्घाटन भयो, दुवै ‘डाक्टरका पिता’ रहेछन् । संग्रौलाकी छोरी डेजी अमेरिकामा डाक्टर छिन् भने ढकालका जेठा छोरा रमेश काठमाडौँमै अस्पताल चलाउँछन् । यी दुवै लेखकका मिल्दाजुल्दा कुरा अरु पनि छन्– संग्रौलाका छोरा मित्र र ढकालका कान्छा छोरा रमेश अमेरिकामै इन्जिनियर छन् । ‘ ओपन–सेक्रेट’– लेखकद्वय डाक्टर–इन्जिनियर छोराछोरीको धाक मातेका बेला पनि लगाउँदैनन् । किन हो, उनीहरुसँगै सोध्नुहोला ।

प्रकाशित: चैत्र १७, २०७५

ट्याग: सहरमा
×