पाटन मेला

- नेपाल संवाददाता

उपत्यकाका तीन सहरमध्ये प्राचीन कला नगरी मानिएको छ, पाटनलाई । पाटन दरबार क्षेत्रले त्यो धरोहर धानिरहेकै छ । विसं १६७५ को छेको ‘ मनिंग भनिने पाटनका राजा भएका थिए सिद्धिनरसिंह मल्ल । हजुर, मनिंग । उनले यहाँको राजप्रासादलाई विस्तार गरेर कलात्मक स्वरुप दिए । सिंगार्नु सिंगारे । अहिलेको परिस्कृत पाटनको जग त्यसैबला बस्यो । विश्वकला परिषद्ले पाटनको यही दरबार क्षेत्रलाई कला नगरी घोषणा गरेयता यहाँ बर्सेनि कला–संस्कृतिको मेला हुँदै आएको छ । यस वर्ष १३ चैतदेखि पाँच दिनसम्म पनि देखियो, नेवारी पहिरन, पकवान, हस्तकला सामानदेखि नेवारी समुदायको हार्दिक व्यवहारले कायल बनाउँछ, नवआगन्तुकलाई । अनि सम्झिन मन लाग्छ, सिद्धिनरसिंहलाई ।

प्रकाशित: चैत्र १७, २०७५

ट्याग: सहरमा
×