सिरुबारीमा स्वागत

- प्रतीक्षा काफ्ले

स्याङ्जाको नागडाँडाबाट उत्तरतर्फ करिब तीन घन्टाको ग्रामीण सडक खण्डमा एउटा ढुंगेगाउँ छ । पैदलमार्गदेखि घरका छानासम्म ढुंगाले निर्माण गरिएको ठाउँको नाम हो, सिरुबारी । नेपालकै पहिलो ग्रामीण होमस्टे यो गाउँ आँधीखोला गाउँपालिका–१ मा पर्छ । होमस्टे पछिल्लो समय ढुंगेगाउँका रुपमा पनि परिचित छ । सिरुबारीको पहिचान नै ढुंग्यानी हो ।

०५४ मा स्थापित सिरुबारी होमस्टे देशकै पहिलो ग्रामीण पर्यटनका रुपमा चिनिएको छ । स्थापनाकालदेखि यहाँका घर, बाटोघाटो, भवनलगायत विविध आकारका ढुंगाले नै निर्माण र सजावट गरिएको छ । “ढुंगाबाहेक अन्य वस्तु प्रयोग गरिँदैन,” स्थानीय जुमकाजी गुरुङ भन्छन्, “सिरुबारीको अर्को महत्त्व नै ढुंगा हो । स्थानीय ढुंगा नै प्रयोग हुन्छ । बाहिरबाट इँटा, ब्लकजस्ता निर्माण सामग्री भने ल्याइँदैन ।” यो होमस्टेमा बस्न चकटी पनि कुदेको ढुंगा नै प्रयोग गरिन्छ ।

गुरुङ समुदायको बाहुल्य यस क्षेत्रमा गुरुङ संस्कृति झल्किने खानपानदेखि कलाको अनुभव देश–विदेशका पर्यटकले लिने गरेका छन् । रुद्रमान गुरुङले नेपालमै पहिलो पटक भिलेज टुरिजमका रुपमा सिरुबारीलाई विकास गरेपछि देशमै दुई सयभन्दा बढी होमस्टे सञ्चालनमा छन् । सहरियाको स्वागतमा सिरुबारी उभिरहेछ कहिले जाने सिरुबारी ?

प्रकाशित: चैत्र १८, २०७५

ट्याग: सहरमा
×