कीर्तिपुरे महिला मेला

- नेपाल संवाददाता

कोही कालो र रातो रङ मिश्रण भएको हाकु पटासी तथा बुट्टेदार ढाका चोलीमा सजिएका छन् भने कोही ढाकाको कुर्ता-सलवारमा । केही महिला धान कुट्दै थिए भने केही नाङ्लोमा चामल केलाउँदै । चर्खा चलाउँदै गरेका केही महिला परम्परागत रुपमा कसरी पछ्यौरी बनाउने भनी नयाँ पुस्तालाई सिकाउँदै थिए त केही गट्टा खेल्दै ।

यो दृश्य थियो, सांस्कृतिक सहर कीर्तिपुरमा पहिलो पटक सम्पन्न महिला महोत्सवको । महिलाका सम्पूर्ण पक्ष झल्किने महोत्सवमा घरमै उत्पादित हातले बनाएका कपडादेखि अचारसम्मका सामान सजिएका थिए । मेलामा किनमेल गरेपछि भोकाएकालाई स्वादिष्ट नेवारी व्यञ्जनका स्टलसमेत थिए । तीन दिने मेलामा नाचगानलगायत सांगीतिक कार्यक्रम पनि देखाइएको थियो ।

 

 

प्रकाशित: चैत्र २४, २०७५

ट्याग: सहरमा
×