वर्ष ०७५ का ५ नाटक
वर्ष नाटक : ०७५
बाथटब
नेपालमा नाटक असाध्यै कम लेखिन्छ, लेखिएका एकाध स्तरीय हुँदैनन् । यही अभाव पूर्ति गर्यो, बाथटबले । कुमार नगरकोटी लिखित नाटकमा जीवनका अनेक द्विविधाप्रति सवाल खडा गरिएको छ । विषयवस्तु, लेखनशैलीसँगै डिजाइन र कलाकारको अभिनयमा पनि बाथटबले एउटा मानक खडा गरेको छ, नेपाली रंगमञ्चमा । विधा नै थ्रिलर र रहस्यमयी ।
खबर हराएको चिट्ठी
१० वर्षे सशस्त्र द्वन्द्वका दुष्परिणामको प्रतिविम्ब हो, खबर हराएको चिट्ठी । युद्ध गर्ने पार्टीले सरकार चलाइसक्यो तर त्यही युद्धका दौरान हराएकाहरु घर फर्किएका छैनन्, आफन्त उनीहरुकै प्रतीक्षामा छन् । न लास आयो, न त आश मरेको छ । नाटकले हाम्रो राजनीतिक प्रणालीलाई निर्मम कटाक्ष गरेको छ । १२ युवा निर्देशकले पोखरा आसपासका पीडित परिवारसँग प्रत्यक्ष वार्ता गरेर तयार पारेकाले पनि नाटक जीवन्त बन्यो ।
गर्भ छिटा
काठमाडौँमै नाटक गर्न धौ-धौ छ । कर्णालीमा कति मुस्किल होला ? तैपनि गर्भ छिटा कर्णालीमा बन्यो र राजधानीसम्म आइपुग्यो । मुगुका स्थानीय हिरा बिजुली नेपालीको लेखन/निर्देशन रहेको नाटक कर्णालीको कुप्रथाका कारण एउटी युवतीको जीवनमा आइपरेको फसादको बेलिविस्तार हो । वर्गीय/जातीय विभेद र महिला सशक्तीकरणलाई पनि नजरअन्दाज गरिएको छैन । कथावाचनमा कर्णालीकै संस्कृतिलाई आत्मसात् गरिएको छ ।
शकुन्तलाको औँठी
अस्तित्ववादी नाटक हो, शकुन्तलाको औँठी । भारतीय लेखक सुरेन्द्र बर्माको \'शकुन्तलाकी अंगुठी\' लाई सुरज मल्लले हाम्रो परिवेशअनुरुप ढालेर नेपाली रंगमञ्चमा प्रस्तुत गरेका हुन् । महिला सशक्तीकरणको पक्षमा छ । कलाकारको अभिनय र डिजाइन बुलन्द मानियो । अभिनय प्रशिक्षार्थीका लागि त शिक्षण साम्रगीजस्तै ।
पाँच
नेपाली रंगमञ्चका लागि सार्थक प्रयोग हो, सुदाम सिके निर्देशित पाँच । आम नाटकझैँ यसमा संवाद थिएन । केवल शरीरको हाउभाउ, ध्वनि र श्वासप्रश्वास मात्र थियो । यसको शब्द, भाषा र कथा पस्कने माध्यम पनि शरीर नै । शरीरमाथि हुने राजनीति र मानवीय संवेदनालाई प्रभावकारी शैलीमा उठाउन खोजिएको छ । हामीकहाँ यसअघि यस्तो \'फिजिकल थिएटर\' अभ्यास गरेको पाइन्न ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...