१३ कविको महाकाव्य

- नेपाल संवाददाता

लगभग भूतपूर्व विधा भइसक्यो, महाकाव्य । न उतिसारो पाठक छन्, न त उत्साही लेखक नै । यस्तो बेला १३ जना छन्दकविले संयुक्त महाकाव्य लेखेका छन्, आरोहण । ०७२ भूकम्पको केन्द्रबिन्दु बारपाक देखिएपछि कवि भुवनहरि सिग्देल, ७०, ले नौलो महाकाव्यको कथा मात्र बुनेनन्, महाकाव्यकार पनि खोजे ।

"नेपालका तीन प्रतीक हुन्, सगरमाथा, लुम्बिनी र गोरखा । तीमध्ये हामीले गौरवशाली इतिहास बोकेको गोरखा रोज्यौँ," दुई वर्ष लगाएर लेखिएको महाकाव्यबारे सिग्देल भन्छन्, "उपन्यास बनाउन सकिने स्थिति थिएन, देशप्रेम र राष्ट्रभक्ति झल्काउन महाकाव्य नै सर्वोत्तम लाग्यो ।"

समालोचक वासुदेव त्रिपाठीले प्रमिथसपछिको उल्लेखनीय महाकाव्य भनेको आरोहणमा ७९ वर्षे गोपीकृष्ण शर्मादेखि ३८ वर्षे नारायण निराशीसम्मका कवि छन् । २० वटा छन्दमा लेखिएको महाकाव्यमा २० सर्ग र साढे १५ सय श्लोक छन् । महाकविहरुको सन्देश छ- विनाशलाई जित्ने त आखिर सिर्जनाले नै हो ।

प्रकाशित: चैत्र २६, २०७५

ट्याग: किताब
×