परिहास

पूरा दुई तिहाइ

प्रधानमन्त्री केपी ओलीले अक्सर भन्ने कुरा त्यही हो- यो सरकारसँग दुई तिहाइ छ । वास्तवमा सरकार दुई तिहाइवाला नै हो । सरकारसँग दुई तिहाइ भएको कुरा कसैले बिर्सनु हुँदैन । जनताले बिर्सेलान् कि भन्ने चिन्ता प्रधानमन्त्रीलाई छ क्यारे ! त्यसैले उहाँ पटक-पटक जनतालाई जानकारी होस् भनेर पनि दोहोराउनु हुन्छ, सरकारसँग दुई तिहाइ छ ।

पूरा दुई तिहाइ
६ वैशाख २०७६ शुक्रबार
काठमाडौं