कीर्तिमानको ओइरो
खेलाडीद्वारा राष्ट्रिय रेकर्डमा सकारात्मक सुधार
जलपरीको कमाल
कान्छी ओलम्पियन गौरिका सिंहले राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्युलाई यादगार बनाउने क्रममा ६ राष्ट्रिय कीर्तिमान र १२ स्वर्ण आफ्नो पोल्टामा पारेकी छन् । पौडीमा १२ स्वर्ण जितेर उनले यसअघि काठमाडौँमा ०५६ मा भएको पाँचौँ राष्ट्रिय खेलकुदमा करिष्मा कार्कीले जितेको १२ स्वर्णको बराबरी गरेकी हुन् ।
प्रदेश ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा नेपाली सेनाको त्रिभुवन आर्मीकी गौरिकाले स्पर्धा गरेका सबै इभेन्टमा स्वर्ण जितिन् । उनले ५० मिटर ब्याकस्ट्रोकमा ३० दशमलव ८५ सेकेन्डको टाइमिङसहित आफ्नै नामको कीर्तिमान सुधार गरिन् । यसअघि सो विधामा ३१ दशमलव २२ सेकेन्डको कीर्तिमान उनकै नाममा थियो ।
१ सय मिटर फ्रिस्टाइलमा उनले ५९ दशमलव ६० सेकेन्डको कीर्तिमान कायम गर्दा यसअघि आफ्नै नाममा रहेको ५९ दशमलव ९१ सेकेन्डको टाइमिङमा सुधार गरिन् । १ सय मिटर बटरफ्लाईमा पनि गौरिकाले १ मिनेट ०७ दशमलव ९७ सेकेन्डको कीर्तिमान कायम गरिन् । यसअघि यो विधामा उनकै नाममा १ मिनेट ०८ दशमलव ६३ सेकेन्डको कीर्तिमान थियो ।
२ सय मिटर इन्डिभिजुअल मिड्लेमा उनले २ मिनेट ३२ सेकेन्डको टाइमिङ निकालेर कीर्तिमानसहित स्वर्ण जितिन् । ५० मिटर फ्रिस्टाइलमा हिट चरणमा २७ दशमलव ८१ सेकेन्डको कीर्तिमानी टाइमिङ निकालेकी गौरिकाले फाइनलमा अझै सुधार गरी २७ दशमलव ५९ सेकेन्डको नयाँ कीर्तिमान रचिन् । यो स्पर्धामा पनि यसअघि उनकै नाममा २७ दशमलव ९१ सेकेन्डको कीर्तिमान थियो ।
१ सय मिटर ब्याकस्ट्रोकमा १ मिनेट ०७ दशमलव २२ सेकेन्डको टाइमिङका साथ गौरिकाले कीर्तिमान कायम गरिन् । यसअघि सोही विधामा उनैको नाममा १ मिनेट ९ दशमलव ३० सेकेन्डको कीर्तिमान थियो ।
२ दिनमा २ कीर्तिमान
एथ्लेटिक्समा नेपाल पुलिसकी चन्द्रकला लामगादेले २ दिनमा २ कीर्तिमान बनाइन् । एथ्लेटिक्सको सटपुटमा उनले १२ दशमलव ०४ मिटरको नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि राखेप च्याम्पियनसिपमा चन्द्रकलाकै नाममा ११ दशमलव ५६ मिटरको कीर्तिमान बनेको थियो ।
ज्याभलिन थ्रोमा पनि चन्द्रकलाले नयाँ कीर्तिमान बनाइन् । ४४ दशमलव ०५ मिटर थ्रो गरेकी उनले यसअघि ४३ दशमलव ९४ मिटरको आफ्नै कीर्तिमान भंग गरेकी हुन् । यसअघि सातौँ राष्ट्रिय खेलकुदमा पनि उनले दुई कीर्तिमानी स्वर्ण जितेकी थिइन् ।
पौडीमा पुरुष
सशस्त्र प्रहरीका तेन्जिङ गुरुङले ५० मिटर ब्याकस्ट्रोकमा ३२ दशमलव ८१ सेकेन्डको कीर्तिमानी प्रदर्शन गरे । उनले मिराज प्रजापतिको नाममा रहेको ३३ दशमलव ५७ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।
सशस्त्रकै शुभम श्रेष्ठले १ सय मिटर ब्रेस्टस्ट्रोकमा आफ्नै कीर्तिमानमा सुधार गरे । १ मिनेट ०८ दशमलव ३४ सेकेन्डको यसअघिको कीर्तिमानमा सुधार गर्दै उनले १ मिनेट ०८ दशमलव १५ सेकेन्डको टाइमिङ निकाले । शुभमले ५० मिटर ब्रेस्टस्ट्रोकमा ३१ दशमलव ९० सेकेन्डको कीर्तिमानी समय निकाले । यसअघि उनकै नाममा ३२ दशमलव ०१ सेकेन्डको कीर्तिमान थियो ।
नेपाल प्रहरीका शैयद हम्जा शाहले ५० मिटर बटरफ्लाईमा आफ्नै कीर्तिमानमा सुधार गरे । यसअघि २७ दशमलव १० सेकेन्डको समयमा दूरी पूरा गरेका उनले आठौँमा २७ सेकन्डको टाइमिङ निकाले । २ सय मिटर इन्डिभिजुअल मिड्लेमा शाहले २ मिनेट १७ दशमलव १९ सेकेन्डको कीर्तिमानी टाइमिङ पनि निकाले । उनले शिरीष गुरुङको नाममा रहेको २ मिनेट २६ दशलमव १७ सेकेन्डको कीर्तिमानभंग गरे ।
१ सय मिटर ब्याकस्ट्रोकमा एनआरएनका नाथान दोर्जे शेर्पाले १ मिनेट ४ दशमलव ०६ सेकेन्डको टाइमिङ निकाल्दै कीर्तिमान बनाए । ५० मिटर फ्रिस्टाइल आर्मीका एलेक्स शाहले नयाँ कीर्तिमान बनाए । गत वर्ष शिरीष गुरुङले बनाएको २५ दशमलव ८० सेकेन्डको कीर्तिमान तोड्दै २५ दशमलव ०६ सेकेन्डको टाइमिङ निकाले ।
सुस्मिताको निशाना
सुटिङको महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । कुल २ सय ४० पूणांकमा २ सय ३४ अंक जोड्दै सुस्मिताको नयाँ कीर्तिमान बन्यो । यसअघि राखेप च्याम्पियनसिपमा स्नेहा राज्यलक्ष्मी राणाले २ सय ३३ अंक जोड्दै कीर्तिमान बनाएकी थिइन् ।
राखेप
सबैभन्दा बलियो
नेपाल पुलिसकी तारादेवी पुन लगातार पाँचौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् । भारोत्तोलनतर्फ ७६ केजी तौल समूहमा उनले कीर्तिमानी स्वर्ण जितिन् । स्न्याचतर्फ ७४ र क्लिन एन्ड जर्कमा ९७ केजी गरी कुल १ सय ७१ केजी भार उठाएकी ताराले राष्ट्रिय कीर्तिमान बनाइन् । भारोत्तोलनमा घरेलु प्रतियोगितामा अहिलेसम्म दोस्रो नभएकी उनी स्ट्रङ्गेस्ट वुमन पनि घोषित भइन् ।
भारोत्तोलनमा पनि नयाँ
अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ (आईडब्लुएफ) ले यस पटकदेखि १० तौल समूहमा प्रतियोगिता सञ्चालन गर्ने व्यवस्था गरेपछि भारोत्तोलनका सबै विधामा स्वर्ण जित्ने खेलाडीको नाममा कीर्तिमान बनेको हो । यसअघि ८ तौल समूहमा मात्रै स्पर्धा हुन्थ्यो ।
महिला ६४ केजीमा पुलिसकी शारदा चौधरीले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८२ गरी समग्रमा १ सय ४२ केजी भार वहन गरिन् । महिला ७१ केजीमा पुलिसकै राज्यलक्ष्मी थापाले स्न्याचतर्फ ६३ र क्लिन एन्ड जर्कमा ८१ गरी कुल १ सय ४४ केजीको भार उचालिन् ।
पुरुषतर्फ ८१ केजी तौल समूहमा पुलिसका विकास थापाले स्न्याचतर्फ १ सय १५ र क्लिन एन्ड जर्कतर्फ १ सय ३५ गरी कुल २ सय ५० केजीको भार उठाए । पुरुष ८९ केजीतर्फ आर्मीका दिनेश कार्कीले कुल २ सय ३० केजी भार वहन गर्दा स्न्याचमा ९८ र क्लिन एन्ड जर्कमा १ सय ३२ केजी उचालेका थिए ।
पुरुषको ६३ केजी तौल समूहमा आर्मीका कमलबहादुर अधिकारीले स्न्याचमा १ सय २० र क्लिन एन्ड जर्कमा १ सय ५५ गरी कुल २ सय ७५ केजी भार वहन गर्दै कीर्तिमानी स्वर्ण जिते । उनी स्ट्रङ्गेस्ट मेन प्लयेर घोषित भए ।
आर्मीका राजु चौधरीले ६१ केजी तौल समूहअन्तर्गत स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा १ सय १० गरी कुल २ सय केजी भार उचाले । यसै समूहमा स्न्याचमा ९२ केजी भार उचालेका मुई लामाले नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।
महिलातर्फ ४९ केजीमुनिको तौल समूहमा पुलिसकी संगीता राईले स्न्याचतर्फ ५८ र क्लिन एन्ड जर्कतर्फ ७५ केजी गरी कुल १ सय ३३ केजी उचाल्दै कीर्तिमान बनाइन् । महिलाको ४५ केजीमुनि तौल समूहमा आर्मीकी रीता गुरुङले कुल ९० केजी भार वहन गर्ने क्रममा स्न्याचमा ४५ र क्लिन एन्ड जर्कमा पनि ४५ केजी नै उठाइन् ।
विभागीय टोलीकै एकछत्र
आठौँ राष्ट्रिय खेलकुदमा विभागीय टोलीकै वर्चस्व रह्यो । १ सय ४० स्वर्णसहित कुल २ सय ८९ पदक जितेको नेपाली सेनाको त्रिभुवन आर्मी पहिलो हुँदा आधाभन्दा पनि कम ६२ स्वर्णसहित कुल १ सय ५७ पदक जितेको नेपाल पुलिस दोस्रो भयो । सशस्त्र प्रहरीले ५४ स्वर्णसहित कुल २ सय ३ पदक थाप्दा आफूलाई तेस्रो स्थानमा उभ्यायो ।
प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको गैरआवासीय नेपाली संघ एनआरएनएले ६ स्वर्णसहित कुल १३ पदक जित्यो । पदक तालिकाको पुछारमा रहेको कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत र १७ कास्य गरी २४ पदक जित्यो । प्रबितयोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएन गरी ११ टोलीको सहभागिता थियो ।
३५ खेल समावेश राष्ट्रिय खेलकुदमा २ हजार ८ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला गरी कुल ५ हजार २ सय ११ खेलाडीको जमघट थियो । आठौँ खेलकुद २ वर्षपछि गण्डकी प्रदेशमा भेटिने वाचासहित सकिएको छ ।
तस्विरहरु : केशव थापा
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...