सादगी नेतासँग आलुचटनी
सत्ता वा प्रतिपक्ष, जुनसुकै नेतालाई पनि उखान टुक्काले प्रहार गर्ने खुबीका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीसँग केही घन्टा बसजम गर्ने अवसर जुटेको थियो । जापान बस्ने सालो भाइलाई गाउँबाट पठाइदिएको साढे दुई माना घिउ कोसेली पुर्याउन म केसी बस्ने मैतीदेवी घर पुगेँ ।
सत्ता वा प्रतिपक्ष, जुनसुकै नेतालाई पनि उखान टुक्काले प्रहार गर्ने खुबीका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीसँग केही घन्टा बसजम गर्ने अवसर जुटेको थियो । जापान बस्ने सालो भाइलाई गाउँबाट पठाइदिएको साढे दुई माना घिउ कोसेली पुर्याउन म केसी बस्ने मैतीदेवी घर पुगेँ । त्यहाँ पुगेपछि मात्र थाहा पाएँ, जापान घिउ लैजाने केसीका छोराबुहारी रहेछन् ।
कुक भिसामा १० वर्षदेखि जापानमा काम गर्दै आएका रहेछन्, केसीका छोराबुहारी । चित्रबहादुरसँग मेरो कुनै चिनजान थिएन । नेताका छोराबुहारी, नातिनातिना पनि मिजासिला लागे । पछिल्लो समय सर्वहारा पुँजीवादी कम्युनिस्ट नेता–परिवारमा हुर्किंदै गएको राणा/शाह खानदानी लवज केसी परिवारले सिकेको रहेनछ ।
८० छुनै लागेका र बाग्लुङ गल्कोट थातथलो भएका वृद्ध–तन्नेरी नेतासँगको भेटमा धेरै कुरा जान्ने मौका पाइयो । चियाका सोखिन रहेछन्, केसी । दैनिक ५–७ कप दूध चिया केसीका नाममा पाक्दो रहेछ, कोठामै । ३ घन्टे बसाइमै दुईचोटि दूध चियाको चुस्की मात्र होइन, उसिनेको आलु, हरियो खुर्सानीसँग पिसेको नुन अचारका रुपमा नास्ता खाने अवसर पनि मिल्यो । उनीसँग बिदा भएपछि मेरो मनमा यही प्रश्नले डेरा जमाइरह्यो– कम्युनिस्ट ब्रान्डको सत्ताले मत्त नेपाली वाम नेताहरुले चित्रबहादुरको सादगीपन अँगाल्न सक्लान् ?
उधारोमा शल्यक्रिया
एक महिनादेखि निरन्तरको दाँत दुखाइलाई ४५० एमजीको कालभान एन्टिबायटिक औषधी खाएर सातामै निको हुने आशले निरन्तर कार्यालय धाइयो । औषधी खाए पनि दाँत दुख्न छाडेको थिएन । सहकर्मी यमन मानन्धरले दाँत दुख्नुको कारण किरा लागेर मात्र नभई त्यसले ट्युमर र क्यान्सरसम्म निम्त्याउन सक्ने सुझाएपछि पो म झसंग भएँ ।
किराले खाएको दाँत मात्र फाल्ने मनसाय भए पनि ट्युमर र क्यान्सरको त्रास आइलागेपछि चावहिल गोपीकृष्णनगरस्थित ओमसमाज डेन्टल हस्पिटलमा ३० रुपैयाँ शुल्कको टिकट लिएर पालो कुरेँ, ११ असारमा । दाँत उपचार महँगो त छँदै छ, त्यसमा पनि निजी अस्पताल । उपचारका लागि चिनापर्ची साथीको सिफारिससहित ओमसमाज गएको थिएँ । टिकट शुल्क सस्तो, सेवासुविधा उत्कृष्ट भए पनि शुल्कचाहिँ अति महँगो रहेछ ।
पालो आएपछि दाँत जँचाउन डा सुरेन्द्र आचार्यकहाँ पुगेँ । खासमा किराले गर्दा दाँत दुखेको नभई गिजा र दाँत दुवैमा पिप जमेकाले बढी सताएको बताए, डा आचार्यले । त्यसका लागि शल्यक्रिया गर्न सुझाए । शल्यक्रिया गरेर गिजाको पिप र दाँतमा जमेको पानी फाल्न डा आचार्यको टोलीलाई करिब ५ घन्टा लाग्यो । दाँतको शल्यक्रिया साह्रै पीडादायी हुँदो रहेछ । कारण सिमेन्टमा ड्रिलिङ गरेजस्तो दाँतमा पनि सोही प्रक्रिया अपनाइँदो रहेछ । यसकारण आवासीय सुविधा नभएको अस्पतालमा बेलुकी ५ देखि १० बजेसम्म एक्लै बेडमा बस्नुपर्यो ।
शल्यक्रिया सकिएपछि डा आचार्यले प्रेस्क्रिप्सनमा त्यसको खर्च लेखिदिए, २० हजार रुपैयाँ । दुखेको दाँत फाल्न लाग्ने हजार रुपैयाँ पनि तिर्न सक्ने हैसियतमा थिइनँ । त्यसकारण जुन साथीको सिफारिसमा औषधोपचार गर्न गएको थिएँ, उसैलाई म्यासेज गरेँ र अस्पताल बोलाएँ । साथी आइपुगेपछि अस्पतालका प्रमुख डा सुवास घिमिरेसँग साथीले कुरा गरेछन् । अन्त्यमा साथीको रोहवरमा उधारो शल्यक्रिया गरेर राती साढे १० बजे घर फर्कें ।
उपचारपछि मात्रै मूल्य !
साधारणतः अस्पतालमा टिकट काटेर मात्र बिरामी जाँच गरिन्छ । रोग जटिल भए/नभएको खुट्याउन एक्सरेलगायत जे परीक्षण गर्नुपर्ने हो, सबै गरेपछि मात्र रकम तय हुन्छ । तर ओमसमाजको प्रचलन अनोठौ लाग्यो, मलाई । दाँतको शल्यक्रिया खर्च सोध्दा ‘चिन्ता नलिनुस् म मिलाइदिन्छु’ भन्नेबाहेक ठ्याक्कै रकम तोकिदिँदा रहेनछन् डक्टरले ।
औषधोपचार, शल्यक्रिया जे गर्नुपर्ने हो, सबै सकेपछि मात्र बिरामीका लागि शुल्क तोकिँदो रहेछ । यसबारे डा आचार्यलाई पनि सोधेँ । आफू जागिरे मात्र भएकाले शुल्कबारे बताउन नसकिने जवाफ दिए ।
अर्को दिन अस्पताल गएँ । उधारो रकम बुझाएँ । पैसा असुली काउन्टरमा रहेकी नर्सलाई अस्पतालमा नागरिक बडापत्र, मूल्यसूची आदि राखिने प्रचलन सुरु भइसकेको सम्झाएँ । उनले यत्ति भनिन्, “यसअघिको मूल्यसूची पुरानो भएकाले नयाँ बनाउन दिएका छौँ । नयाँ बनेर आउन केही समय लाग्छ ।
अन्यथा नलिनुहोला ।”
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...