कमजोर जगको घर (फिल्म समीक्षा : घर)
फरक विधाका सिनेमा बनाउने साहस नगन्य सिनेकर्मीमा मात्र हुन्छ । यही कारण हुनुपर्छ, संसारभर निकै रुचाइने हरर जनराका फिल्म हामीकहाँ वर्षमा एक–दुई मात्र बन्छन् । अघिल्लो वर्ष सुनकेशरीरिलिज भयो, अहिले घर । लेखक निर्देशक एकै हुन्, अर्पण थापा ।
नेपालमा सिनेमा निर्माणको आधा शताब्दी नाघ्यो । बर्सेनि झन्डै सय सिनेमा बन्छन् तर विधागतरुपमा खास भिन्नता हुन्न । कमेडी र लभस्टोरी सिनेमाकै बाहुल्य हुन्छ । फरक विधाका सिनेमा बनाउने साहस नगन्य सिनेकर्मीमा मात्र हुन्छ । यही कारण हुनुपर्छ, संसारभर निकै रुचाइने हरर जनराका फिल्म हामीकहाँ वर्षमा एक–दुई मात्र बन्छन् । अघिल्लो वर्ष सुनकेशरीरिलिज भयो, अहिले घर । लेखक निर्देशक एकै हुन्, अर्पण थापा । सुनकेशरीलाइट–हार्टेड हरर थियो भने घरलाई हार्डकोर हन्टेड हाउस भनिएको छ । तर विधा अलग हुनुमात्र सबथोक हुन्न, जब सिनेमाले विधागत मान्यतालाई आत्मसात् गर्दै दर्शकलाई ‘इन्गेज’ गर्दैन ।घरयही कोटिमा गर्छ । कमजोर जग अर्थात् पटकथाले घर निम्छरो बनाएको छ ।
शिव (अर्पण) र उनकी पत्नी सरु (सुरक्षा पन्त)ले सस्तो दाममा घर किन्छन् । उनीहरुसँगै सरुकी बहिनी माया (बेनिशा हमाल) पनि बस्छिन् । घरपूजा गरेपछि शिव पोखरा जान्छन् । पहिलेकी घरबेटीकी छोरीले त्यो घरमा आत्महत्या गरेकी हुन्छन् । त्यसैले दिदी–बहिनीलाई घरमा भूतले तर्साउन थाल्छ । भूतको पञ्जाबाट उम्कन खोज्छन् तर सक्दैनन् । भूतले दिएका प्रताडनामै केन्द्रित छ, फिल्म ।
घरमा झुन्डिएर मान्छे मर्ने, त्यो घर बिक्न मुस्किल हुने, बल्लतल्ल नयाँ मान्छे बस्न थाल्ने तर उनीहरुलाई भूतले सताएर हैरान गर्ने कथा नौलो होइन । प्रायः हरर फिल्ममा कहीँ न कहीँ यस्ता कथा–उपकथा जोडिएका हुन्छन् । पुरानै कथालाई पनि प्रस्तुतिमा रोचकता थप्न सकिन्थ्यो । तर निर्देशक आङ सिरिंग पार्ने दृश्यभन्दा कर्कश ध्वनिबाट तर्साउन तल्लीन छन् । भूतका फितला दृश्यमा चर्को साउन्ड राखिएको छ । दृश्य र ध्वनिको तालमेल मिलेको छैन । भूतका अधिकांश हर्कतले कथामा बढावा दिँदैन । भूतका उस्तै प्रकृतिका दृश्य दोहोर्याइएको छ ।
बरु जसरी पनि घर लिनुपर्ने सरुको ढिपी हाम्रो समाजको नियति हो । भूतको प्रवेशअगाडिका दृश्य ‘रिदम’मा छन् । गर्भवती सरुप्रति मायाको रुखोपना भने पत्यारिलो लाग्दैन । मायालाई तार्किक शैलीमा नभई जबर्जस्ती नकारात्मक बनाउन खोजिएको छ । घरको मुख्य समस्या भनेकै सुस्त पटकथा हो । न त ‘ट्वीस्ट’ हरु नै छन् । भूतले तर्साएको–तर्सै गर्छ तर कथामा खास प्रगति हुन्न । न भूतका डरलाग्दा दृश्य नै छन् । उही कर्कश आवाज मात्र। मध्यान्तरपछि यसको मात्रा बढ्दै जान्छ । अन्तिममा ‘क्रमश...’ भनिएको छ । अर्थात्, घरको सिक्वेल पनि बन्ने रहेछ । पहिलो भागकै हालत यस्तो छ, सिक्वेलको प्रतीक्षा होला र !
नयाँ विधामा फिल्म बनाएकाले अर्पण धन्यवादका पात्र पक्कै हुन् तर उनले विधागत कुशलता पस्कन सकेनन् । सोही कारण घरले हरर विधाका नयाँ दर्शक निर्माण गर्न गाह्रै पर्छ । लेखन र निर्देशनमा चुके पनि अर्पणको अभिनय स्वाभाविक छ । उनको भूमिका सशक्तचाहिँ होइन । सुरक्षा पन्त फिल्मकी मेरुदण्ड हुन् । उनको हुलिया, हाउभाउ र मनोविज्ञानले पात्रलाई जीवन्त बनाएको छ । बेनिशा हमालको न चरित्र विश्वसनीय लाग्छ, न त अभिनय । यही कोटिको अभिनयले राष्ट्रिय अवार्डको साख जोगिँदैन भनेर कम्तीमा बेनिशाले बुझ्नुपर्छ । कलरिङ, खिचाइजस्ता पक्षमा मिहिनेत गरिएको छ । अपर्णले रिलिजअगाडि एक अन्तर्वार्तामा भनेका थिए, ‘अघिल्लो फिल्मको कमजोरी सुधार्न घर निर्देशन गरेको होइन ।’ उनले यथार्थ नै बोलेका रहेछन् । किनभने उनी निर्देशित सुनकेशरीलगायतका फिल्मका कमजोरीले घरमा पनि निरन्तरता पाएको छ ।
हरर फिल्मपारखीलाई तैबिसेक । बाँकी दर्शकलाई त घर झेल्नै मुस्किल ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...