कलामान्डुमा टोइग्राफी

- नेपाल संवाददाता

कलाको न भाषा हुन्छ, न त सीमा । कलाकार सन्नी शाक्य, ३०, ले हलिउडको सुपर तथा काल्पनिक दुनियाँमा रमाउने सुपरहिरो तथा कलाकारलाई नेपाली शैलीमा प्रस्तुत गरेका छन्, टोइग्राफीमा ।

कतै हरियो रिसाहा हल्क नेवारी पोसाकमा मसाल बोकिरहेको छ, कतै नेपाली झन्डा । बार्बी मैचा, क्याप्टेन अमेरिका, जेम्स क्यामेरुनको टर्मिनेटरको चरित्रलाई समेत उनले खेलौनाको रुपमा प्रस्तुत गरेका छन् । २७ असारबाट सिद्धार्थ आर्ट ग्यालरीमा सुरु कला प्रदर्शनी ८ साउनसम्म चल्नेछ ।

प्रकाशित: श्रावण ५, २०७६

ट्याग: सहरमा