सकसमा शिल्पा

- नेपाल संवाददाता

स्थापित कलाकारलाई फिल्म फ्लप हुँदा समस्या पर्छ । नयाँ कलाकारलाई त झन् तनाव । यही नियतिले पिल्सिएकी छन्, हिरोइन शिल्पा मास्के । डेब्यु फिल्म द ब्रेकअपबाटै शिल्पाको फ्लप शृंखला सुरु भएको हो । दोस्रो फिल्म कागजपत्रको हालत पनि खास भिन्न रहेन । धन्न उनलाई फिल्म अभाव भएन ।

आयुष्मान देशराज जोशीसँग सानो मनमा रोमान्स गरिन् । फिल्मकी एकल हिरोइन हुन् उनी । तैपनि माखो मरेन । न यस फिल्मले बक्स अफिसमा सुखद प्रदर्शन गर्‍यो, न त सकारात्मक प्रतिक्रिया नै बटुल्यो । बरु शिल्पाको करिअर संकटमा फसेको चर्चा हुन थालेको छ, फ्लपमा ह्याट्रिक जो गरिन् ।

प्रकाशित: श्रावण ७, २०७६

×