‘गुम्बाका मूर्ति बुलेटप्रुफ बाकसमा’

- मनबहादुर बस्नेत

नेपालको सबैभन्दा अग्लो मानव बस्ती हो, धो तराप यो क्षेत्र कर्णाली प्रदेशको उपल्लो डोल्पाको हजार सय मिटरदेखि हजार सय मिटर उचाइमा फैलिएको यही सुन्दर हिमाली उपत्यकामा २४ देखि २८ भदौमा डोल्पो महोत्सव हुँदै महोत्सवको चाँजोपाँजो मिलाइरहेका छन्, संयोजक ग्याल्पो थापा भोटेले

यो ठाउँमा के त्यस्तो चीज छ, जसले मानिसलाई तान्छ ?

डोल्पो क्षेत्र सांस्कृतिक र प्राकृतिक सम्पदामा एकदमै धनी छ । १ हजार २ सय वर्ष पुराना गुम्बा छन् । भाषा, भेष, रहनसहन बाहिरी दुनियाँभन्दा फरक छ । यो ऐतिहासिक महफ्वको थलो पनि हो । नेपाल एकीकरण हुनुअघि यो प्रशासनिक केन्द्र थियो । १४ औँ शताब्दीमा त यो छुट्टै राज्य थियो ।

कस्तो संस्कृति हो, नहेरी नहुने ?

हिमाली/तिब्बती भेषको असली संस्कृतिको स्वरुप यहाँ मात्र देख्न पाइन्छ । अन्यत्र पनि हिमाली संस्कृति छ । तर ती सबै ठाउँमा आधुनिक संस्कृतिको मिश्रण छ ।

अन्यत्र मिश्रण हुने, यहाँ नहुने कसरी ?

भौगोलिक रुपमा एकदमै विकटमा पर्छ यो क्षेत्र । अझै पनि सडक मार्गले छोएको छैन । सदरमुकामदेखि तीन दिनसम्म पैदल हिँड्नुपर्छ । भौगोलिक कठिनाइका कारण यहाँका बासिन्दाको बाहिरतिर उति सम्पर्क भएन । त्यसैले यहाँ परम्परागत स्वरुपमै हिमाली संस्कृति जोगियो ।

हिमाली संस्कृति दुरुस्त जोगाउन सकिएला ?

सूचना, प्रविधि र भौतिक विकाससँगै उपल्लो डोल्पा बिस्तारै आधुनिक संस्कृतिसँग नजिक हुनेछ । त्यही भएर हामीले यहाँको संस्कृति जोगाउन छुट्टै अभियान चलाएका छौँ । स्कुलमा डोल्पो भाषामा पढाइ हुन्छ । हाम्रो भाषामा पाठ्यक्रम बनिसकेको छ । विद्यालय पोसाक पनि हाम्रो आफ्नै छ ।

बाहिरी संसारसँग जोडिनकै लागि महोत्सव हुन लागेको हो ?

हामी शिक्षा, स्वास्थ्य, सञ्चारमा पछाडि छौँ । नागरिकको आधारभूत आवश्यकता पूर्ति गर्न ध्यान नदिएकाले केन्द्र र प्रदेश सरकारलाई झकझकाउन महोत्सवको सोच ल्याएका हौँ । गुणस्तरीय पर्यटक आएपछि यहाँको आम्दानी बढ्छ र त्यसले सहज हुन्छ भन्ने हाम्रो अपेक्षा हो ।

उपल्लो डोल्पोको समाजलाई कस्तो देख्नुहुन्छ ?

हिंसारहित र शान्तिप्रेमी । पाहुनासँग गाँसबासको पैसा लिँदैन । अरुलाई सत्कार गर्दा आनन्दित हुन्छ ।

हिंसारहित समाजका गुम्बाबाट ऐतिहासिक मूर्ति धनमाल चोरी भएछन् नि ?

५० वर्षअघिदेखि यहाँका गुम्बाका मूर्ति हराउन थालेको हुन् । १० वर्षअघिदेखि यस्ता घटना अलि बढी भए । एकाध फटाहा त जहाँ पनि भइहाल्छन् । त्यस्ता केही बदमास मानिसको संलग्नतामा बाहिरकाले मूर्ति चोरी गरेका हुन् ।

कति गुम्बाबाट चोरी भएका छन् ?

धेरैमा भएको छ । चोरी बढ्न थालेपछि हामीले पुरातफ्व विभागमा सम्पर्क गर्‍यौँ तर विभागले प्रभावकारी पहल गरेन । अनि, हामी आफैँले बुलेटप्रुफ बाकसभित्र मूर्ति राखेर जोगाउन थालेका छौँ । अहिले दुइटा गुम्बाका मूर्ति राखिसकेका छौँ । महफ्वपूर्ण सबै मूर्ति यसरी नै जोगाउँछौँ । यहाँ सरकारको सुरक्षा नै छैन ।

प्रहरी प्रशासन छैन ?

कहाँ हुनु ! असारदेखि असोजसम्म स्थानीयले खानेबस्ने बन्दोबस्त मिलाएर चार वर्षयता अस्थायी रुपमा तीनचार ठाउँमा प्रहरी राख्ने गरेका छौँ ।

प्रकाशित: श्रावण ८, २०७६

ट्याग: ९ प्रश्न