वृत्तचित्रमा मानुषी

- नेपाल संवाददाता

इतिहास पढ्न रमाइलो हुन्छ । क्रान्तिकारीका कुरा पढ्न त झनै रमाइलो । क्रान्तिकारीले सत्ता परिवर्तनका लागि संघर्ष गरिरहँदा उसको परिवार, सन्तानले चाहिँ के–कस्तो नियति भोगेका हुन्छन् त ?

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमी औपचारिक रुपमा सत्ता परिवर्तनका लागि माओवादी युद्धमा होमिएको विदितै छ । तत्कालीन समयमा ९ वर्षकी छोरी मानुषीलाई भने बोर्डिङ स्कुल पठाइएको थियो, अस्मिता बनाएर । तिनै मानुषी यमी भट्टराईको जीवनमाथिको वृत्तचित्र देखाइएको छ मण्डला नाटकघरमा, डटर अफ नेपाल । बाबुआमाबाट टाढा रहे पनि मानुषीले उनीहरुलाई हरदम सघाएको वृत्तचित्रमा देख्न सकिन्छ ।

सुरविन देवान निर्देशित वृत्तचित्रले ७ औँ स्मिता पाटिल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट निर्देशकको अवार्ड पनि जितेको थियो ।

प्रकाशित: श्रावण १३, २०७६