तेस्रो पुस्तासँग रमाउँदै
आफूले संरक्षण दिएका कुकुरको कति माया लाग्दो रहेछ भन्ने उनले चमेलीलाई गाडीले ठक्कर दिएपछि मात्र चाल पाए । “चमेलीपछि हिजोआज कमान्डरको माया लाग्छ, अरू खानेकुरा खाएर यताउता निस्के पनि ऊ नजिकै बसिरहन्छ,” उनी भन्छन्, “मैले कुकुरजस्तो मायालु र वफादार अर्को प्राणी नै देखिनँ ।”
महेन्द्रनगर बजारको व्यस्त ५ नम्बर गल्लीको सानो चोकमा एउटा चिया पसल छ । पसलमा काठमाडौँ, धनगढी, महेन्द्रनगरदेखि प्रकाशित पत्रपत्रिका बिहानै आइपुग्ने भएकाले प्रायः पत्रकारको जमघट भइरहन्छ । त्यसैले मदन चन्द, ५२, ले पसल रहेको ठाउँको नामै जुराएका छन्, ‘सञ्चार चोक’ ।
उनको पसलमा बिहानदेखि साँझ अबेरसम्म चिया पिउँदै पत्रिका पढ्नेको जमघट मात्र हुँदैन, डेढ दशकदेखि गल्लीका कुकुरको समेत आश्रयस्थल बनेको छ । ०५० देखि सञ्चालनमा रहेको उनको चिया पसलको व्यापारमा खासै हेरफेर आएको देखिँदैन । तर बर्सेनि सडक–कुकुर थपिने क्रम भने जारी छ ।
१६ वर्षअघि काली कुकुर उनको सम्पर्कमा आइन् । उनले नामकरण गरिदिए, चमेली । बिस्तारै चमेलीका सन्तान बढ्दै गए । अरू केही थपिए । कुकुरको हूलमा उनी चमेलीलाई औधी माया गर्थे । उनको ३/४ वर्षअघि सडक दुर्घटनामा मृत्यु भयो । अहिले चमेलीको तेस्रो पुस्ता नातिनी र छोरीसहित ८ वटा गल्लीका कुकुर उनकै संरक्षणमा बाँचेका छन्, रमाएका छन् ।
“गल्लीका कुकुरको पनि आफ्नो भूगोल हुँदो रहेछ । अर्थात् एरिया हुन्छ, पसलकै आसपासको क्षेत्रभन्दा टाढा जाँदैनन् । अलि पर जानुपर्यो भने एक्लै जाँदैनन्,” उनी भन्छन्, “उहिले चमेलीले मेरो सम्पर्कमा रहेका कुकुरको नेतृत्व गरिरहेकी थिई । ऊ मरेपछि उसकी छोरी र नातिनीले नेतृत्व सम्हालेका छन् ।”
मदन चन्द चार किलोमिटर टाढाको हल्दुखालस्थित घरबाट पसल आउँदा कुकुरका लागि दिनहुँ रोटी बोकेर आएका हुन्छन् । “घरबाट ल्याएको रोटी र केही टुक्रा पाउरोटी दूधमा मिचेर सबैलाई भागबन्डा गरेर दिन्छु,” उनी भन्छन्, “बिहान खाएर होटल वरपरका घरतिर निस्कन्छन्, बाहिर खान पाएनन् भने फेरि पसल वरपर झुम्मिन थाल्छन् ।”
उनको झोलामा जहिल्यै रोटी र पाउरोटी हुन्छ । बाटोमा भेटिने अरू कुकुरलाई पनि रोटी र पाउरोटी खुवाउँछन् । कुकुरलाई खान दिँदा उसले कहिल्यै नबिर्सने र देख्नेबित्तिकै पुच्छर हल्लाएर अपनत्व दर्शाउने उनको अनुभव छ ।
चन्दले पसलका कुकुरलाई नियमित रेबिज र ३ महिने परिवार नियोजनको सुई दिँदै आएका छन् । ३ वर्षअघि स्थानीय युवा सम्मी गौतम र सौभाग्य थापासमेतको सहयोगमा उनले बजारका कुकुरको उपचार र रेबिजविरुद्धको भ्याक्सिन दिने अभियान थाले । करिब ३ सय कुकुरलाई सेवा दिए ।
आफूले संरक्षण दिएका कुकुरको कति माया लाग्दो रहेछ भन्ने उनले चमेलीलाई गाडीले ठक्कर दिएपछि मात्र चाल पाए । “चमेलीपछि हिजोआज कमान्डरको माया लाग्छ, अरू खानेकुरा खाएर यताउता निस्के पनि ऊ नजिकै बसिरहन्छ,” उनी भन्छन्, “मैले कुकुरजस्तो मायालु र वफादार अर्को प्राणी नै देखिनँ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...