हट प्रिसी

- नेपाल संवाददाता

अक्सफोर्ड भन्नेबित्तिकै बेलायतको लन्डनस्थित अक्सफोर्ड विश्वविद्यालय चिनिन्छ । तर अक्सफोर्डको परिचय त्यतिमा मात्र सीमित रहँदैन । अक्सफोर्ड स्ट्रिट यहाँको प्रमुख व्यापारिक सडक हो । र, यो सडकमा सन् १९६० मा यस्तो फेसनको जन्म भयो, जुन आजपर्यन्त संसारभर कायमै छ ।

अक्सफोर्ड स्ट्रिटको एउटा कपडा पसलमा ग्राहक तान्न म्यानेजरले पुतलालाई मिनी स्कट लगाउन सुरु गरेका थिए । नभन्दै पसलमा ग्राहक यति बढे कि २ वर्षको अन्तरालमा पूरै देशमा मिनी स्कर्ट चर्चित भइसकेको थियो । त्यही जमानामा बबाल मच्चाएको मिनी स्कर्टमा सजिएकी छन्, प्रिसी कारञ्जित । ब्ल्याक कलरको क्रप टप र ब्ल्याक एन्ड ह्वाइट मिनी स्कर्टमा उनी हट देखिएकी छन् ।

प्रकाशित: श्रावण १९, २०७६

×