कांग्रेसको सत्तापक्षीय चरित्र

- सुरेश किरण

नेपाली कांग्रेस त भन्नु मात्रै विपक्षी हो । यसको शिल, स्वभाव, चरित्र, आनीबानी हेर्ने हो भने त्योचाहिँ जम्मै सत्तापक्षकै जस्तो देखिन्छ । त्यसको प्रत्यक्ष उदाहरण हो, हाल चलिरहेको पार्टीको केन्द्रीय बैठक । जस्तो, अहिले सत्तारुढ पार्टी नेकपाको बैठक सरेको सर्‍यै छ । ठीक त्यसरी नै कांग्रेसको बैठक पनि सरेको सर्‍यै छ । असारमा सुरु भएको बैठक हो, साउन सकिन लागिसक्यो, सकिने छाँट छैन । यो भनेकै सत्तापक्षीय मानसिकता हो । सायद यही मानसिकताको फल होला– अहिले देशमा महँगी, असुरक्षा, भ्रष्टाचार, तस्करी यति विधि बढ्दा पनि कांग्रेस केही बोलेको छैन । कतै नेकपाको सरकारले गरेका यी जम्मै काम आफैँले गरेको हुँ भन्ने भ्रम पो कांग्रेसलाई पर्‍या छ कि ?

प्रकाशित: श्रावण २६, २०७६

×