इतिहास मेटुवा अख्तियार
भ्रष्टाचारविरुद्धको सहकार्य : सुशासनका लागि अपरिहार्य । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेबसाइट खोल्नासाथ हाइलाइट गरिएको यो नारा देखापर्छ ।
भ्रष्टाचारविरुद्धको सहकार्य : सुशासनका लागि अपरिहार्य ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेबसाइट खोल्नासाथ हाइलाइट गरिएको यो नारा देखापर्छ । संस्थाका धेरै कुरा उसको वेबसाइटबाटै थाहा हुन्छ । तर भ्रष्टाचार नियन्त्रणको मूल अभिभारा बोकेको यो संस्थाको वेबसाइटको एउटा सूचनाले भने मानिसलाई भ्रमित तुल्याउँदै छ । वेबसाइटको लिङ्क ट्याबमा क्लिक गरेपछि पूर्वनेतृत्वको सूची निस्कन्छ । त्यसमा ०३४ देखिका प्रमुख आयुक्तका फोटा, नियुक्तिदेखि बहिर्गमनको मितिसम्म ।
अचम्म के भने ०७० मा नियुक्त प्रमुख आयुक्तलाई भने अख्तियारले चिन्दो रहेनछ । जबकि अख्तियारको इतिहासमै सबैभन्दा चर्चित पात्र उनै थिए । मुलुकका ‘मै हुँ’ भन्नेलाई समेत यिनको त्राहिमाम थियो । कति बेला यिनको डन्डा चल्ने हो भनेर सबै छटपटिन्थे । तर इतिहासका चर्चित प्रमुख आयुक्त अख्तियारको वेबसाइटबाट गायब छन् । आफूलाई शक्तिमान ठान्नेहरुलाई समेत थर्कमान बनाउने यी पाक्र हुन्, लोकमानसिंह कार्की ।
कुख्यातै सही, कार्कीले तीन वर्ष अख्तियारको नेतृत्व गरे । कोही व्यत्ति कसैलाई मन पर्न र नपर्न सक्छ । राम्रो–नराम्रो काम व्यक्तिको क्षमता, नियतले निर्धारण गर्ने हो । कुख्यात थिए भन्दैमा कोही उक्त जिम्मेवारीमै थिएनन् भने जसरी प्रस्तुत गर्नु संवैधानिक निकायका लागि शोभनीय हो ?
भनिन्छ, इतिहास जित्नेका पक्षमा लेखिन्छ । समयक्रममा लोकमान हरुवा दरिए । पराजित हुनुका कारण इतिहासले मूल्यांकन गर्ला । तर आफ्नो इतिहासै मेट्ने कार्यले अख्तियारको सही मूल्यांकन होला ? भ्रष्टाचार निवारणजस्तो गहन कार्यभार बोकेको संस्था यस्तो पूर्वाग्रही सोचले थिचिएपछि कसरी स्वच्छ अनुसन्धान गर्ला ? उसै पनि अख्तियार निश्चित पक्षको गोटी बन्ने गरेको आरोप विगतदेखि आजसम्मै लाग्दै आएको छ । त्यसमाथि आफ्नै संस्थाको इतिहासप्रति पूर्वाग्रही बन्नु अख्तियारको दुरुपयोग हो । आगे अख्तियारकै जिम्मा ।
अख्तियारको साख
‘यो मुद्दामा अख्तियार पुनरावेदनका लागि सर्वोच्च जान्छ कि जाँदैन ?’
सशस्त्र प्रहरीका अवकाशप्राप्त चार महानिरीक्षकलाई विशेष अदालतले सफाइ दिएपछि केही कागजात खोज्दै थिएँ । प्रतिवादीकै एक वकिलले कागजात दिएपछि खुसुक्क उल्लिखित प्रश्नबारे अख्तियारको मनसाय बुझिदिन आग्रह गरे । यस्तो आग्रहले फैसलामा गडबड छ भन्ने मेरो ‘स्टोरीको हाइपोथेसिस’ लाई बल मिल्यो ।
अख्तियारले सशस्त्रका नेतृत्वकर्ता कोषराज वन्त, सनतकुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ र वासुदेव ओलीमाथि १८ करोड रुपैयाँ बराबरको नक्कली ढुवानी बिल बनाएर भ्रष्टाचार गरेको अभियोग लगाएर मुद्दा हालेको थियो । सरुवा हुने बेला न्यायाधीशले उनीहरुलाई चोख्याएका थिए ।
अन्य केही महफ्वपूर्ण व्यक्तिले समेत अख्तियार पुनरावेदन नगर्ने ‘मुड’ मा रहेको सुनाइरहेका थिए । फैसलाको पूर्ण पाठमा उल्लिखित कुराले प्रतिवादीका वकिलको मनसाय प्रस्ट भयो । विशेष अदालतले तथ्यलाई नै तोडमोड गरेर फैसला गरेको रहेछ । तथ्यको व्याख्या अनेक हुन सक्ला । तर तथ्य त एक हुन्छ ।
कानुनको नौ सिङ भन्नुको तात्पर्य पनि एउटा तथ्यको व्याख्या तर्कका आधारमा अनेक गरिने भन्ने हो । तर यहाँ नियोजित रुपमै तथ्यलाई चलाइयो । तथ्य तोडमोड गरेकाले अख्तियार उपल्लो अदालतमा न्यायका लागि गयो भने विशेषको मुद्दा उल्टिने सायद ती कानुन व्यवसायीले आकलन गरेका थिए ।
न्यायालयका यस्ता उन्मुक्तिविरुद्ध अख्तियार उपल्लो तहमा निवेदन लिएर नजाने उदाहरण थुप्रै छन् । अपवादबाहेक अधिकांश ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार पुनरावेदनका लागि निष्क्रिय बसिदिन्छ । अब, अख्तियारले आफ्नो प्रतिष्ठा दाउमा राख्ला ?
सलाम खाने आईजीपी
अख्तियारले जब सशस्त्रका चार आईजीपीलाई मुद्दा दर्ता गर्यो, झन्डै एक वर्ष चारै जनाले अदालतमा हाजिर नभई म्याद गुजारे । जब अदालतले सार्वजनिक सूचना निकाल्ने तयारी गर्यो, उनीहरु एकाएक हाजिर भएछन् । थुनछेक बयानमा आउनेमध्ये एक आईजीपी शैलेन्द्र श्रेष्ठले चाहिँ अदालतमा रहेका नेपाल प्रहरीबाट सलाम खाँदा रहेछन् । अन्य तीन जनालाई नचिनेझैँ गर्थे ।
कथा यस्तो रहेछ । नेपाली सेनाबाट सशस्त्र प्रहरीमा फड्किएका श्रेष्ठ कुनै समय सेनाको स्टाफ कलेजमा छँदा धेरै प्रहरीलाई तालिम दिएका रहेछन् । त्यसैले उनी त्यहाँ प्रहरीका गुरु भए । दोस्रो उनी प्रहरी, सशस्त्र प्रहरीले आयोजना गर्ने दौड प्रतियोगितामा नियमित प्रतिस्पर्धी रहेछन् । तालिम दिएकाले पुरानाले उनलाई सरका रुपमा सलाम दिने । खेलकुदमा भाग लिएकाले नयाँसँग उनको साइनो गाँसिएछ । अवकाशकालमा समेत सक्रिय रहने बानीले अभियुक्तका रुपमा अदालत छिर्दासमेत श्रेष्ठले सलाम भेटेछन् । जाँगरिलो अवकाश जीवनले
भएन त फाइदा ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...