'स्याउ नबिके दसैँ मानिँदैन'

- मनबहादुर बस्नेत

‘कस्टमरदेखि कृषकसम्म अभियानमा छन्, ‘एप्पल गार्डेन इन जुम्लाका दिनेश खड्का, २४ उनले वर्षदेखि जुम्लाका बगानबाट ल्याएर काठमाडौँबासीलाई स्याउ खुवाइरहेका छन्

जुम्लाको स्याउ काठमाडौँ ल्याउने योजना कसरी बन्यो ?

०६९ सालमा गाउँका अग्रज  स्याउ लिएर काठमाडौँ आउने भए र मलाई पनि काम गर भने । म आफ्नै बगानको ५०-६० कार्टुन स्याउ लिएर आएँ । तर ढुवानी यति महँगो भयो कि जुम्लामा ३५-४० रुपैयाँ प्रतिकिलोमा किनेको स्याउ काठमाडौँमा नबिकेपछि कालीमाटीमा किलोको २५ रुपैयाँमा बेचेर फर्कियौँ ।

घाटा भएपछि यो काम छाड्न मन लागेन ?

एकपल्ट सफल नहुँदैमा हार खाने मेरो बानी छैन । साथीहरुले त भनेका थिए, छाडौँ । तर मैले मानिनँ । यो कामबाट स्थापित हुन्छु भन्ने अठोट लिइसकेको थिएँ ।

पढाइ व्यापार सँगसँगै लैजान गाह्रो भएन ?

स्याउको व्यापार भदौदेखि कात्तिकसम्म मात्र हो । बाँकी समय पढ्ने । बीबीएसको अन्तिम परीक्षा दिएर बसेको छु । सुरु-सुरुमा त काठमाडौँमा पढ्न सकेन र स्याउ बेच्यो पनि भने ।

पहिले अहिले जुम्ली स्याउको बजारमा के फरक ?

पहिले राम्रा-नराम्रा सबै एकै ठाउँ बेच्थ्यौँ । अहिले ग्रेडिङ गरेर बेच्छौँ । जुम्लादेखि यहाँसम्म ल्याउन पहिलेभन्दा बाटो सुधार भएको छ । काठमाडौँ मात्र होइन, बाहिर पनि अर्गानिक सामानको मूल्य बुझ्ने बढेका छन् ।

अर्गानिक भनेर प्रमाणित चिह्न छैन ?

जुम्लाको स्याउ शतप्रतिशत अर्गानिक हो । कृषि कार्यालयले सामान पास गराउँदा अर्गानिक उत्पादनको पत्र दिन्छ ।

परीक्षण पनि गर्छ ?

केमिकल हालेको थाहा पाए त बाली नै नष्ट गरिदिन्छ । खेतीमा बेलाबेला अनुगमन हुन्छ ।

जुम्लाको सबै स्याउले बजार पाएको ?

मलाई अहिले पनि थुपै्र किसान स्याउ किनिदिनुपर्‍यो भनेर फोन गर्छन् । चन्दननाथ नगरपालिकाकी एक बूढीआमैले रुँदै स्याउ नबिकेर दसैँ मान्न पाइएन भनेपछि ३५ हजारको स्याउ उठाइदिएँ । स्याउ नबिकेर दसैँ मान्न नपाउने थुप्रै छन् ।

बजार नपाउनुको कारण ?

व्यक्तिगत पहलले पुग्दैन । सरकारले किसानका स्याउ किनिदिने व्यवस्था हुनुपर्छ । कम्तीमा सिजनभरि स्याउ आयात रोकिदिए सहज हुन्छ । भारतमा यस्तो अभ्यास छ ।

 

प्रकाशित: आश्विन २, २०७६