पर्दामा चिनियाँ चलचित्र
पर्दामा पानी झमझम परिरहेको हुन्छ । आइपी म्यान आउँछन् र दर्जनौँ लडाकूसँग एक्लै भिड्छन् र जित्छन् पनि । जितसँगै उनी आफ्ना पुराना अतीतमा र्फकन्छन् । यो कुनै काल्पनिक कथा होइन ।
पर्दामा पानी झमझम परिरहेको हुन्छ । आइपी म्यान आउँछन् र दर्जनौँ लडाकूसँग एक्लै भिड्छन् र जित्छन् पनि । जितसँगै उनी आफ्ना पुराना अतीतमा र्फकन्छन् । यो कुनै काल्पनिक कथा होइन । आइपी म्यानले वास्तवमै उक्त लडाइँ जितेका थिए । उनको लड्न सक्ने अद्भुत कलालाई पर्दामा उतारेका थिए, निर्देशक वाङ्कार वाईले द ग्रान्डमास्टरको रुपमा सन् २०१३ मा । ब्रुस लीका गुरुसमेत रहेका आइपी म्यानको फिल्म देखाइएको छ, भर्खरै सम्पन्न चिनियाँ चलचित्र महोत्सवमा ।
३१ भदौदेखि २ असोजसम्म काठमाडौँ नाचघरमा भएको महोत्सवमा द ग्रान्डमास्टर, अपरेसन मेकङ वुल्फ टोटेम, ब्याटल अफ मेमोरिजलगायत ६ वटा चलचित्र देखाइएको थियो । अपरेसन मेकङमा सन् २०११ मा थाइल्यान्डको मेकङमा दुइटा चिनियाँ कार्गो जहाजमाथि भएको नरसंहार देखाइएको छ । यस्तै, ब्याटल अफ मेमोरिजमा प्रोटागोनिस्टले मेमोरी सेन्टरबाट देखिने मेमोरी हटाउन खोज्छ जब, तब उसले आफ्नो दिमागमा सिरियल किलर भेट्टाउँछ । सन् २०२५ को सेटिङमा बनेको चलचित्र रोमाञ्चक छ ।
महाराजगन्जस्थित चिनियाँ सांस्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सह-आयोजनामा चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको पनि सहभागिता थियो । महोत्सवका बेला १ असोजमा पेकिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्युटका प्रोफेसर चेन सुगुआङसँग विशेष अन्तरसंवादको कार्यक्रमसमेत भएको थियो
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...