केकीको भर

- नेपाल संवाददाता

एक समय थियो, केकी अधिकारीलाई फिल्मको ओइरो लागेर छान्नै मुस्किल पथ्र्यो । तर उनका फिल्मले बक्स अफिसमा गतिलो प्रदर्शन गर्न सकेनन् । एउटै शैलीको पात्र र अभिनयमा मग्न भएको आलोचना खेप्नुपर्‍यो । साम्राज्ञीराज्यलक्ष्मी शाह, स्वस्तिमा खड्काजस्ता हिरोइनको आगमन भयो । केकी ओझेल पर्दै गइन् । तैपनि उनलाई फिल्मको खडेरी लागेन । एकाध फिल्ममा काम गरिरहिन् तर पुरानो साख फर्काउने प्रयास सधैँ असफल भइरह्यो । भलै उनले हिम्मत हारेकी छैनन् । छ माया छपक्कै पछिल्लो उदाहरण हो ।

ब्लकबस्टर छक्का-पञ्जा सिरिजका निर्माता दीपकराज गिरीको यस फिल्ममा केकी मुख्य भूमिकामा छिन् । फिल्म हिट हुने र आफ्नो क्रेज र्फकनेमा आशावादी छिन् । त्यसमाथि निर्माण पक्षले अर्की हिरोइन सुपुष्पा भट्टभन्दा उनलाई प्रमोसनमा प्राथमिकता दिएको छ । केकीको करिअरका लागि छ माया छपक्कै सञ्जीवनी बुटी साबित होला त ? फिल्म २४ असोजमा प्रदर्शन हुँदै छ ।

प्रकाशित: आश्विन ७, २०७६