यी रोशनी, ती मरी
रोशनीको अवस्था मरीको जस्तै छ । सन् २००८ को भारतीय किशोरी आरुषी तलबारको मुद्दा र नेपालकै किशोरी निर्मला बलात्कारपछि हत्या । दुवैमा प्रहरीको लापरबाहीले आजसम्म अपराधी समातिन सकेको छैन ।
पछिल्लो समय डिजिटल प्लेटफर्म नेटफ्लिक्समा दुइटा सिरिज निकै चर्चित छन् । यी दुवै सिरिज बलात्कारसम्बन्धी हुन् । ह्वेन दे सी अस सत्य घटनामा आधारित छ भने अनबिलिएबल लेखमा आधारित ।
सन् १९८९ को वसन्त ऋतुमा करिब ३० जना किशोरकिशोरी पार्कमा रमाइरहेका थिए । सोही रात २८ वर्षीया श्वेत महिला त्रिसा मेइली जगिङ गर्न पार्कमा दौडिइन् । भोलिपल्ट पार्कमा घाइते र बलात्कृत अवस्थामा फेला परिन् । उनी १२ दिनसम्म अस्पतालमा कोमामा रहँदा सेन्ट्रल पार्कको यस मुद्दाले पूरै न्युयोर्कलाई झस्काइसकेको थियो ।
बास्तविक पीडितहरू। तस्बिरः द बुल वार्क डट कम
पार्कमा उपस्थित भएको आधारमा अश्वेत र दक्षिण अमेरिकी १४ देखि १६ वर्ष उमेरका ५ जनालाई दोषी करार दिँदै जेल पठाइयो । सेन्ट्रल पार्क फाइभका नामले चिनिने सो अपराधमा ती किशोरलाई ७ घन्टासम्म लगातार अभिभावकबिनै सोधपुछ गरियो । सबैले अपराध कबुले । जबकि अपराध भएको ठाउँमा भेटिएको वीर्यसँग फोरेन्सिक रिपोर्ट मेल खाएन ।
दुईपल्टको ट्रायलपछि उनीहरूलाई चोरी, बलात्कार, मारपिटको आरोपमा ६ देखि १३ वर्षको सजाय सुनाइयो । तिनले प्रहरी दबाबमा झुटो बयान दिएका थिए । सन् २००२ मा माटिआस रेयेजले बलात्कार र हत्या आरोपमा पक्राउ पर्दा सेन्ट्रल पार्कको घटना आफूले गरेको बताए । रेयेज पार्कको घटनाका लागि पहिला कहिल्यै शंकाको घेरामा समेत परेनन् । आफू एक्लैले सो कामको अन्जाम दिएको उनले स्वीकारे, जतिबेला १७ वर्षका मात्र थिए । रेयेजले प्रहरीलाई विस्तृत विवरण बताए भने क्राइनसिनसँग उनको डीनए मेल खाएको थियो ।
अन्तत: सरकारले ५ युवालाई छाड्यो । तर त्यतिबेलासम्म उनीहरूले पूरा जेल जीवन बिताइसकेका थिए । पछि ५ जनाले न्युयोर्क सहरविरुद्ध मुद्दा हाले र ४१ मिलियन डलर पाए । सन् २०१२ मा उनीहरूबारे वृत्तचित्र बन्यो भने अहिले टीभी सिरियल । त्यसबेला हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोपितलाई मृत्युदण्ड दिन पत्रिकामा करिब ८५ हजार डलर खर्चेर चार पाना लामो मृत्युदण्ड फिर्ता ल्याउन माग गर्दै विज्ञापन छापेका थिए । उनीहरू अश्वेत भएकै कारण समाजले खराब रूपमा देख्यो र नगरेको गल्तीको पनि सजाय पाए ।
सन् २०१५ मा पत्रिकामा अनबिलिएबल स्टोरी अफ रेप रिपोर्ट प्रकाशित भयो । त्यसमा सन् २००८ देखि २०११ सम्म वासिङ्टन र कोलोराडोमा बलात्कार र प्रहरी छानबिनबारे लेखिएको थियो । अनबिलिएबल यसै घटनामा आधारित छ ।
वासिङ्टनको लिनउडकी मरी (नाम परिवर्तन) ले बलात्कार भएको घटना प्रहरीमा उजुरी दिइन् । अपरिचित नकाबधारी व्यक्तिले बलात्कार गरेको कुरा नपत्याएर प्रहरीले उनलाई गलत रिपोर्ट फिर्ता लिन लगायो र आफूलाई बलात्कार नभएको लेख्न लगायो ।
मरीकी धर्मआमाले प्रहरीलाई मरीले झुट बोलेको हुन सक्ने भन्दै केस प्रभावित पारेकी थिइन् । बलात्कारजस्तो घटना हुँदा पनि डिट्याच प्रवृत्ति देखाएको उनले प्रहरीलाई बताएकी थिइन् ।
मरीले बलात्कार कसरी भयो भन्ने विवरण प्रहरीसामु पटक–पटक दिइरहनु परेको थियो । बलात्कारपछि कति मान्छे ट्रमामा जान्छन्, त्यसबाट ‘रिकभर’ हुन वर्षौं लाग्छ । तर मरी अनाथ भएकाले उनको स्थितिमा कसैलाई दया लागेन ।
सोही बलात्कारीले अन्य चार महिलालाई बलात्कार गरेपछि अन्तत: दुई महिला प्रहरी पक्रिन सफल हुन्छन् । मरीमाथि झुटो केस गरेकामा मुद्दा लाग्छ । जब महिला प्रहरीले बलात्कारीले बलात्कारपछि मरीको तस्बिर खिचेको फाइल पठाइदिन्छन्, तब मात्र प्रहरीले यथार्थ थाहा पाउँछ । प्रहरीले बुझुन्जेल ढिलो भइसकेको हुन्छ । मरीले धेरै कुरा गुमाइसकेकी हुन्छिन्, सबैभन्दा ठूलो मान्छेमाथिको विश्वास ।
अहिले पहिला यौन दुर्व्यवहार भोगेका घटनाबारे ‘कन्फेस’ गर्ने चलन बढेको छ । यसलाई घटना हुँदा नबोल्ने, अहिले किन बोल्नेजस्ता कयौँ व्यक्तिले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको देखिन्छ । यस्ता अभिव्यक्तिले पीडितलाई झन् दबाइरहेको छ । मरीको मुद्दामा नेटफ्लिक्सले त्यही देखाएको हो । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा संसद् कर्मचारी रोशनी शाहीले मरीले जस्तै बयान परिवर्तन गरिन् । केही व्यक्तिको दबाबपछि उनी महरा आफ्नो कोठामा नआएको समेत बयान दिन बाध्य भइन् जबकि सीसीटीभी फुटेजमा महरा देखिए ।
मरीलाई जस्तै रोशनीमाथि पनि डिप्रेसनको चार्ज लगाई यस्तीले भनेको कसरी पत्याउनेजस्ता अभिव्यक्ति मिडिया र सार्वजनिक सन्जालमा देखिए । आफ्नो अस्मिता लुटेको सुनाउनु कसैलाई सहज हुँदैन । प्रहरीले अनुसन्धानमा सतर्क नहुनु, परिवार, मिडिया र समाजको पूर्वाग्रही विचारधाराले कयौँ घटनामा पीडित झन् पीडित हुनुपरेको छ ।
अहिले रोशनीको अवस्था मरीको जस्तै छ । सन् २००८ को भारतीय किशोरी आरुषी तलबारको मुद्दा र नेपालकै किशोरी निर्मला बलात्कारपछि हत्या । दुवैमा प्रहरीको लापरबाहीले आजसम्म अपराधी समातिन सकेको छैन । अनबिलिएबलले यसैको प्रतिनिधित्व गर्छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...