मध्यपुरको झ्याल
काठमाडौँ उपत्यका जीवित संग्रहालय हो । फरक यत्ति हो, उक्त चलचित्रमा जस्तो यहाँ पात्र जीवित छैनन्, केवल विम्बबाट तपाईंसँग कुरा गरिरहेका छन् ।
यदि हलिउड चलचित्र नाइट एट द म्युजियमजस्तो काठमाडौँका दरबार, मन्दिर, पाटीपौवा, पोखरी र चैत्य चलायमान भए के होला ? थ्रीडी इफेक्ट्सजस्तो यहाँ बस्ने पात्रहरु राजारानी, यक्ष, दैत्य, भगवान्, प्रजा तपाइर्ंसामु जीवित आए के होला ?
बताइरहनु नपर्ला, काठमाडौँ उपत्यका जीवित संग्रहालय हो । फरक यत्ति हो, उक्त चलचित्रमा जस्तो यहाँ पात्र जीवित छैनन्, केवल विम्बबाट तपाईंसँग कुरा गरिरहेका छन् ।
सहरको यसै विम्बसँग साक्षात्कार गराउन कलाकारको टोली 'शनिबारीय स्थलगत चित्रकला कार्यशाला' समूहले पत्रकारलाई मध्यपुरका ऐतिहासिक सात स्थान घुमायो । यसका लागि ठिमीका संस्कृति अध्येता प्रदीप श्रेष्ठ गाइड बने । सुरुमा टोली बालकुमारी हुँदै बोडेको महालक्ष्मीस्थान पुग्यो । मध्यपुरमा भेटिएका शिलालेखले यसलाई लिच्छविकालीन सहर भनेको छ । तर पशुपतिमा रहेको एक अभिलेखमा फ्रेमरिङग्राम र बोस्निङग्रामजस्ता शब्द भेटिए । लिच्छविकालमा संस्कृत भाषामा लेख्ने हुनाले सो शब्द अन्ततः किराँती प्रमाणित भयो । यसकारण यहाँ किराँत कालदेखि यो सहर थियो भन्ने प्रमाणित भएको इतिहासकारलाई उद्धृत गर्दै श्रेष्ठ बताउँछन् ।
किराँतकालमा बोडेलाई बोस्निङग्राम भनिन्थ्यो भने मल्लकालमा धर्मपुरपछि बुडे हुँदै अहिले बोडे रहन गएको हो । २ वैशाखको जिब्रो छेड्ने जात्राका लागि बोडे प्रसिद्ध छ भने अर्को गाईजात्राको भोलिपल्ट सुरु हुने नीलबाराही गण नाच । उपत्यकामा रहेका चार महालक्ष्मीमध्ये बोडेमा रहेको महालक्ष्मीलाई पूर्वको महालक्ष्मी मानिन्छ । भक्तपुरको बिस्केट जात्रामा लिंगो उठाउने र ढाल्ने जात्रा महालक्ष्मी मन्दिरमा पनि हुने गरेको छ ।
देसय् मरु झ्याँ अर्थात् देशमा कतै नभएको झ्याल । मध्यपुरको देसय् मरु झ्याँ कान्तिपुरको भन्दा फरक छ । दुइटा तलाको बीच एउटा झ्याल भएकाले यसलाई देसय् मरु झ्याँ भनेको हो । टोलीले त्यसपछि नगदेशको सिद्धिगणेश भ्रमण गर्यो । ठिमीको बालकुमारी मन्दिरको जेठो छोराको रुपमा सिद्धिगणेशलाई लिने गरिन्छ, कसैले कुमारको रुपमा ।
२ वैशाखको बिस्केट जात्रामा सिद्धिगणेशको खट बालकुमारीमा नल्याएसम्म जात्रा सम्पन्न हुँदैनथ्यो । सिद्धिगणेश ल्याउन कठिन भएपछि अहिले सिद्धिकालीलाई राखिने गरेको छ । नगदेशको देवक्षी (कलात्मक सुनको झ्याल) १९७० मा बनेको हो । नगदेश किसानको देश पनि हो । यहाँ बिहानदेखि नै तरकारी लिएर किसान बेच्न आउँछन् । हामी पुग्दा पनि केही महिला कृषक रायोको साग मुठ्ठा पारिरहेका थिए ।
सिद्धिकाली मन्दिरमा १ वैशाखमा बायलिसे जात्रामा गणेशका खट नगर परिक्रमा गराइन्छ । ठिमीमा पनि जिब्रो छेड्ने जात्रा हुन्छ, इन्द्रजात्राको भोलिपल्ट । काठमाडौँ हनुमानढोकाबाट राजखड्ग (राजाको उपस्थितिका रुपमा) ल्याइन्छ, सिद्धिकालीमा बाजागाजासहित ठिमी पुर्याइन्छ । मध्यपुरको अष्टमातृकामध्ये यसलाई चामुण्डाका रुपमा पूजा गरिन्छ ।
दिगु द्यः अर्थात् कुलदेवता । त्यही हिसाबमा यसको नाम दिगु टोल हुन पुर्यो । अन्तबाट बसाइा सरी नआएकाका कुलदेवताको पूजा यहाँ हुने गरेको छ । कुलदेवता अगाडि भैरवको मन्दिर छ । डबलीमा इन्द्रजात्राको भोलिपल्ट जिब्रो छेडिन्छ । जिब्रो छेडेको मान्छेलाई जहाँ-जहाँ मन लाग्यो, त्यही परिक्रमा गरी बालकुमारीको दर्शन गराउने चलन छ । बालकुमारीमा मन्दिरमा जिब्रो छेडेको सुइरो चढाउने चलन छ । मन्दिरभित्र अझै सयौँ सुइरो भेटिन्छन् ।
चपायो र लायकु-शिवा टोल घुमेपछि टोलीले बोडेमा जिब्रो छेडेर प्रख्यात भएका जुजुभाइ बाँस श्रेष्ठलाई भेटे । उनी शिवाटोलको महादेव र गणेश मन्दिर क्यानभासमा उतार्दै थिए । कला संस्कृति बचाउन पहिलोपल्ट जिब्रो छेड्दा अनुभव पनि उनले सुनाए । अन्य कलाकार म्ाध्यपुर वरिपरि बसेर क्यानभासमा चित्र उतारिरहेका थिए । कार्यक्रमका संयोजक दिवेश प्रधानका अनुसार चित्रकलाबाट ठिमीलाई चिनाउनु मुख्य उद्देश्य हो । यो छैटौँ सिरिजमा बनेका चित्र 'जीवन्त मध्यपुर' शीर्षकमा १० कात्तिकमा प्रदर्शन भएको थियो ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...