पुस्तकसँगै फेरिँदै पुस्तकालय
पढ्नेहरूको चाहना र रुचिसँगै लेख्ने र छाप्नेहरू पनि त्यतै धकेलिएका छन् । पुस्तक पढ्ने, लेख्ने र छाप्ने तौरतरिका फेरिएपछि पुस्तकहरूको संग्रह पुस्तकालय किन नफेरियोस् ?
इन्टरनेटले धेरै कुराको परिभाषा फेरेको छ । र, किताबको पनि ।
किताब कहलिन अब कुनै ‘टेक्स्ट’ प्रेसमा छापिएर पुस्तकाकारमै आउनुपर्छ भन्ने छैन । ‘हार्डकपी’ भन्दा डिजिटल माध्यममै पुस्तक पढ्ने चलन बढेको छ चाहे त्यो ‘सफ्टकपी’ डाउनलोड गरेर होस् वा अनलाइनमै पढेर होस् ।
पढ्नेहरूको चाहना र रुचिसँगै लेख्ने र छाप्नेहरू पनि त्यतै धकेलिएका छन् । पुस्तक पढ्ने, लेख्ने र छाप्ने तौरतरिका फेरिएपछि पुस्तकहरूको संग्रह पुस्तकालय किन नफेरियोस् ?
संसारका बालबालिकाको पहुँचमा निःशुल्क पुस्तक उपलब्ध गराउन ‘ग्लोबल डिजिटल लाइब्रेरी’ सुरु भएको छ । २५ कात्तिक (सोमबार) काठमाडौंमा लिजिटल लाइब्रेरीको उद्घाटन भएको हो । अफ्रिकामा यसखालको पुस्तकालय उद्घाटन भइसकेको छ ।
डिजिटल पुस्तकालय स्थापनामा दातृ संस्थाहरूसँगै नेपाल सरकार पनि सँगै छ । शिक्षा सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा डिजिटल लाइब्रेरीबारे काठमाडौंमा भएको कार्यशालामा ग्लोबल डिजिटल लाइब्रेरीका प्रमुख प्राविधिक अफिसर क्रिस्टर गन्डरसेन, ग्लोबल बुक एलायन्सकी वरिष्ठ सल्लाहकार लिन्डा हाइबर्ट लगायत बंगलादेश, भारत लगायत देशका अधिकारीहरू सहभागी थिए ।
के हो ‘ग्लोबल डिजिटल लाइब्रेरी’ ?
युएसएड, वर्ल्ड भिजन, अस्ट्रेलियन एड, नर्वेजियन दूतावास, युके एड, युनिसेफ लगायतका संस्था मिलेर ग्लोबल बुक एलायन्स स्थापना भएको थियो ।
एलायन्सको उद्देश्य बालबालिकाले निःशुल्क पुस्तक पढ्न पाउन् भन्ने हो । २०३० सम्म संसारका सबै बालबालिकालाई पुस्तक पुर्याउने एलायन्सको उद्देश्य छ ।
ग्लोबल डिजिटल लाइब्रेरीका लागि नेपालबाट वर्ल्ड एजुकेसन नेपालले सहकार्य गरेको छ । लाइब्रेरीमा प्रारम्भिक कक्षादेखि कक्षा ६ सम्मका पुस्तकहरू राखिएको वर्ल्ड एजुकेसन नेपालकी प्राविधिक सल्लाहकार सीमा आचार्य बताउँछिन् । उनका अनुसार पुस्तक किन्न खर्चिलो हुने भएका कारण संसारभरिका बालबालिकालाई समान ‘प्लेटफर्म’ उपलब्ध गराउन डिजिटल लाइब्रेरीको अवधारणा आएको हो । भन्छिन्, “गाउँगाउँमा स्मार्ट फोन पुगेको छ । पुस्तक पुर्याउन नसकिने ठाउँमा पनि अनलाइनबाट पुस्तक पढ्न सकिन्छ ।”
लाइब्रेरीमा दृष्टिविहिन र बहिरा बालबालिकाको लागि पनि पुस्तक पढ्न मिल्ने गरी राखिएको छ । सय भन्दा बढी भाषामा १ लाख पुस्तक डिजिटल लाइब्रेरीमा पढ्न सकिन्छ । नेपालका तर्फबाट मैथिली, भोजपुरी, दङ्गाहा थारु, डोटेली, अवधि, नेपाल भाषा गरी ६ मातृभाषा र नेपाली भाषामा १ हजार ४३८ पुस्तक उपलब्ध छन् ।
पुस्तकहरू ब्लुम सफ्टवेयरबाट तयार पारिएका हुन् । यसका लागि १६३ जना बाल साहित्यकार र कक्षा शिक्षक सहभागी थिए । नेपालका पुस्तक रंगीन छैनन् । आचार्य भन्छिन्, “ब्लुम सफ्वेयरमा कालो र सेतो रङ मात्र चल्ने रहेछ । फेरि भर्खर अक्षर चिन्न खोजेका बालबालिकालाई चित्र र रङले एकाग्रपनमा विचलन ल्याउने विज्ञहरूले बताएका कारण रंगिन नगरेको हो ।”
ग्लोबल डिजिटल लाइब्रेरी डिजिटललाइब्रेरी डट आईओ मा हेर्न सकिन्छ । लाइब्रेरीमा अन्य भाषामा भएका पुस्तकलाई नेपाली या जुनसुकै भाषामा चित्रसहित ५ मिनेटमा अनुवाद गर्न सकिने आचार्य बताउँछिन् ।
अक्षर चिन्न सुरु गर्ने नानीहरूदेखि कक्षा ६ सम्मका बालबालिकाका बाहेकका लागि पनि डिजिटल लाइब्रेरीमा पढ्ने कुरा छन् । डिजिटल लाइब्रेरीमा थुप्रै आख्यान र गैर आख्यान पढ्न तथा डाउनलोड गर्न सकिन्छ ।
ब्रिटिस काउन्सिल नेपालले पनि नेपालीका लागि डिजिटल लाइब्रेरी बनाएको छ । ब्रिटिस काउन्सिलको वेबसाइट मा ४ हजारभन्दा बढी अन्तर्राष्ट्रिय म्यागजिन तथा पत्रपत्रिका, ई–पुस्तक, आख्यान र गैरआख्यान, कमिक्स र ग्राफिक्स उपन्यास, पाठ्यक्रम एवम् अडियो पुस्तक पढ्न र सुन्न सकिन्छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...