संविधान संशोधनको बेला
‘अबचाहिँ संविधान संशोधन गर्ने बेला आएको छ । हामी संविधान संशोधनको माग अगाडि बढाउँदै छौँ ।’
प्रधानमन्त्रीबाट बिनाजानकारी आफ्नो मन्त्रालय हेरफेर गरेकामा समाजवादी पार्टी आक्रोशित छ । सरुवा भएका उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादव झनै आक्रोशित छन् । सायद आक्रोशकै क्रममा होला, उनले आफ्ना कार्यकर्तालाई भनेछन्, ‘अबचाहिँ संविधान संशोधन गर्ने बेला आएको छ । हामी संविधान संशोधनको माग अगाडि बढाउँदै छौँ ।’
उपप्रधानमन्त्री यादव स्वास्थ्यमन्त्री हुँदासम्म संविधान संशोधन गरिहाल्नु परेको अवस्था आएको थिएन । जब उनी स्वास्थ्यबाट कानुनमन्त्रीमा सरे, तब संविधान संशोधन गर्नुपर्ने अवस्था आइदियो ।
पार्टी कार्यालयमा कार्यकर्तासाग भेटवार्ता चलिरहेको नै थियो । उपप्रधानमन्त्री यादवको फोन बज्यो । यादवले फोन उठाउादै भने, ‘हेलो !’
उताबाट भनियो, ‘यादवजी, कुरा चलिरहेको छ । तपाईं स्वास्थ्यमै पुनर्बहाली होलाजस्तो छ ।’
यादवको अनुहार चकमन्न भयो । उनले कार्यकर्तालाई भने, ‘संविधान संशोधनको कुरा पनि जान्छ, साथै विस्तारै वार्ता पनि गर्दै रहुँला । वार्ता गरेर कुनै हानि छैन ।’
उनको फोन फेरि बज्यो । फोन उठाउनेबित्तिकै उताबाट खबर आयो, ‘बधाई छ, मन्त्रालय त स्वास्थ्य होइन, अब गृह नै होलाजस्तो छ ।’
‘हँ ! हो र ?,’ यादव उत्साहित भए, ‘साथीहरु, संविधान संशोधन ज्यादै जटिल प्रक्रिया हो । यो अहिल्यै संशोधन गर्नुपर्छ, आजै गर्नुपर्छ भन्न मिल्दैन । सोच विचारेर हामीले जवाफ दिनुपर्छ । त्यसैले यसबारे अझै बहस चलाऔँ ।’
फेरि फोन बज्यो । उनले हेलो भन्नै पाएका थिएनन् । उताबाट भनिहालियो, ‘मन्त्रालयबारे फेरि समस्या आयो । तपाईंको भागमा त विज्ञान प्रविधि मात्रै होलाजस्तो लाग्यो । कानुनमा समेत अर्कैको दाबी लाग्यो ।’
यादवजीले फोन राख्दै भने, ‘तर बहसको नाममा हामीलाई धेरै नै झुक्याउने खेल भइसकेको छ । त्यसैले संविधान संशोधन आजभोलि नै हुनुपर्छ भनेर हामी माग राख्नेवाला छौँ ।’
फोनको घन्टी बजेन । उनी भन्दै गए, ‘संविधान संशोधनको मागबाट हामी अब एक इञ्च पनि टसकोमस हुनेवाला छैनौँ ।’
फेरि फोन बज्यो । उनले भन्न भ्याइहाले, ‘तर...’
तर फोन घरबाट आएको रहेछ, ‘घर आउने बेला भएन र भन्या ?’
कार्यकर्तातिर हेर्दै उनले भने, ‘तर–सर अब हामी केही मान्नेवाला छैनौँ । संविधान संशोधन गर्ने भए गर, नभए हामी आन्दोलन गर्छौं ।’
भेला सकियो । सबै उठे । उनी पनि उठे ।
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...