लेकाली वनमा विद्यालय

- सरोज बैजु

केटाकेटीको जाडो बाख्राले खान्छ भन्ने आहान पनि अब त पुर्खाहरूको उखानमै सीमित भइसक्यो । हिउँदको कठ्यांग्रिने जाडोमा समेत ज्ञान आर्जन गरिछाड्न सल्यानका यी नानीबाबु कस्सिएका छन् ।

कपुरकोट गाउँपालिका–४ क्युरेनीस्थित श्री प्राथमिक विद्यालयका बालबालिकालाई नै हेरौँ न । हिजाेआज यिनको कक्षा चौरमै चल्छ । जंगलको बीचमा रहेको यो स्कुलमा घाम लाग्दैन । त्यसैले कक्षाकोठाबाहिर डेस्क–बेन्च राखेर पढ्नुपर्ने बाध्यता हुन्छ ।

हिउँदमा बिहान ९ बजेतिर आइपुग्ने घामको न्यानो दिउँसो १ नबज्दै लुकिदिन्छ । जाडोका कारण पठनपाठनमा मुस्किल पर्छ । यो पाठशालामा टाढाटाढाका गाउँदेखि ९२ जना विद्यार्थी आइपुग्छन् । जाडो बढेसँगै विद्यार्थीको पढाइ नियमित हुन सक्दैन । 

चिसोका कारण पढाइ प्रभावित हुने यो एक्लो स्कुल भने होइन । पहाडी जिल्लाका अधिकांश स्थानमा जाडोले विद्यार्थीलाई स्कुल जान सकसै पर्छ । 

तस्‍विरहरुमा हेर्नुहाेस् :

प्रकाशित: पुस २०, २०७६

×