साताका ७ स्टोरी

- नेपाल संवाददाता

१) ए डिभिजन लिग : आकर्षक अफरले पनि तानेन दर्शकलाई

नाम चलेका क्लबको खेलमा टिकट लिने लाइन लामो हुँदा पहिला–पहिला प्रहरीले लाठीचार्ज गर्नुपर्ने अवस्था हुन्थ्यो । तर बीचमा ४ वर्ष खेल नहुँदा समग्र लिगकै चार्म घट्न पुग्यो । गत वर्ष लिग त ब्युँतियो तर रेलिगेसनबिनाको हुँदा दर्शकको ध्यान तान्न सकेन । त्यसमाथि एन्फा कम्प्लेक्स सातदोबाटोको टर्फमा सबै खेल खेलाइँदा दर्शकले रुचि देखाएनन् । अहिले लिग रंगशालामा फर्किएको त छ तर दर्शक भने फर्किन मानिरहेका छैनन् । केशव थापाले खिचेको तस्बिरमा दशरथ रंगशालामा खेल हेर्न आएका कलेजका विद्यार्थीहरू । पढ्नुस् पवन आचार्यको रिपोर्ट 

२) आश गरिएका मन्त्रीकै यो चाला

प्रतिनिधिसभा निर्वाचनको मुखैमा केपी ओलीले ताप्लेजुङ पुगेर भाषण गरे, ‘योगेश भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु ।’ भट्टराईले चुनाव जिते । नेकपाको सरकार बन्यो, ओली प्रधानमन्त्री भए तर योगेशलाई मन्त्री बनाइएन । पार्टी नेतृत्वको आलोचना गरेर उनी जनमानसमा चर्चामा रहिरहे । तर जब योगेश मन्त्री बने, भिजन भएको नेताको छवि बनाएका उनी एकपछि अर्को विवादमा फसिरहेका छन् । पढ्नुस् गोकर्ण गौतमको रिपोर्ट

३) सामाजिक सञ्जालका असामाजिक हामी

सामाजिक सञ्जालमा हामी जोसुकैलाई व्यंग्यसाथ गाली गर्छौं । प्रशंसा गर्न खुसी बनाउने शब्द फालिदिन्छौँ । हाम्रा भावना, विचार र कुण्ठा पोख्ने ठाउँ सामाजिक सञ्जाल बनेको छ । तर कहिलेकाहीँ यस्ता भ्रमपूर्ण सामग्रीसमेत पोस्ट गरिरहेका छौँ कि हामी असामाजिक, संवेदनाहीन, सिर्जनाविहीन र विवेकहीन भइसकेका छौँ । तर यो कुरा स्वयंलाई अवगत छैन । पढ्नुस् बिकेश कविनको ब्लग

४) बस्ती–बस्तीमा उद्यम : १३ हजार उद्योगमा ७३ हजारको रोजीरोटी

वसन्ती ५२ थरी अचार बनाउँछिन् । मासिक १२ लाखभन्दा बढीको कारोबार गर्छिन् । उनको उत्पादन अचार ४५ जिल्लामा बिक्रीका लागि जान्छ भने देशबाहिर कोसेलीका लागि लैजाने पनि थुप्रै छन् । उनी एक उदाहरण मात्रै हुन् । पछिल्लो समय रुपन्देहीका बस्ती–बस्तीमा घरेलु तथा लघु उद्यम सुरु भएका छन् । लघु उद्यमले हजारौँलाई रोजीरोटीसमेत जुटाइदिएका छन् । पढ्नुस् अमृता अनमोलको रिपोर्ट 

५) इरानमाथि जे भयो, त्यो अमेरिकालाई पनि हुन सक्छ

इरानको रिभोल्युसनरी गार्डका कमान्डर कासिम सुलेमानीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा हालै बगदादमा हत्या गरियो । ‘युद्ध रोक्नका लागि’ ड्रोन हमला गरी सुलेमानीको हत्या गर्न अनुमति दिएको ट्रम्पको दाबी छ । तर वास्तविकता के हो भने युद्ध ट्रम्पले सुरु गरेका छन् । र, इरानमाथि जे भयो, त्यो भोलि अमेरिकामाथि पनि हुन सक्छ । पढ्नुस् प्रोजेक्ट सिन्टिकेटमा प्रकाशित जवद सालेही इस्फहानीको लेखको अनुवाद

६) जेएनयुमा जे भयो

भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा गत साता भएको हिंसात्मक घटनामा कैयौँ विद्यार्थी र शिक्षक घाइते भए । ठूलो संख्यामा रहेका नकाबधारीले गत आइतबार जेएनयु क्याम्पस तथा होस्टेलभित्र छिरेर विद्यार्थीमाथि सांघातिक हमला गरेका थिए । सत्तामा भारतीय जनता पार्टीको उदयसँगै प्राज्ञिक अनुसन्धान र खुला अन्तरक्रियामा ख्याति कमाएको जेएनयु पटक–पटक निशानामा पर्दै आएको छ । पढ्नुस् रिपोर्ट

७) स्वप्निल स्मृतिको कविता ‘चामल’

एक चिम्टी चामल उबाएर काँसे थालमा

अब म जोखना हेर्न थाल्छु

जोर बिजोर, जोर बिजोर

भोकले कहाँ–कहाँ मर्दै छन् पृथ्वीबासीहरु ! पढ्नुस् स्वप्निल स्मृतिको कविता

प्रकाशित: पुस २५, २०७६

×