गोप्रो हिरो–७ आउँदै
डेढ दशकदेखि साना क्यामेरा उत्पादन गर्दै आएको अमेरिकी कम्पनी गोप्रोले गोप्रो हिरो–७ छिट्टै बजारमा ल्याउने भएको छ । गोप्रो हिरो–६ ब्ल्याकमा जस्तै यसमा पनि १२ एमपी सेन्सर तथा प्रतिसेकेन्ड दुई सय ४० फ्रेम प्रोसेस क्षमता हुनेछ ।
डेढ दशकदेखि साना क्यामेरा उत्पादन गर्दै आएको अमेरिकी कम्पनी गोप्रोले गोप्रो हिरो–७ छिट्टै बजारमा ल्याउने भएको छ । गोप्रो हिरो–६ ब्ल्याकमा जस्तै यसमा पनि १२ एमपी सेन्सर तथा प्रतिसेकेन्ड दुई सय ४० फ्रेम प्रोसेस क्षमता हुनेछ । सीधै सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गर्न सकिने सुविधा र हाइपरस्मुथ तथा टाइमवार्प नाम दिइएका प्रविधि यसमा अतिरिक्त हुनेछन् ।
हाइपरस्मुथ हार्डवेयरद्वारा सहयोग प्राप्त डिजिटल स्टेबिलाइजेसन प्रणाली हो । यसकारण गोप्रो हिरो–७ मा भिडियो फुटेज हल्लिएका आउने छैनन् । टाइमवार्पले भने भिडियोबाट आवश्यक फ्रेम मात्र समावेश गरी कम्प्रेसनमा सहयोग पुर्याउनेछ । नेपालमा केही वर्षयता गोप्रोले बजार लिन थालेको छ । भ्लगिङ गर्न र सानो आकारका कारण बोकेर हिँड्न सहज हुने हुँदा यो अहिलेका युवाको रोजाइमा परेको हो ।
सम्बन्धित
जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधि...
डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित ...
बाँसको कार्गो बाइक
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छ...
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा ...
फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त म...
यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् । तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञान...