नारीप्रति किन पूर्वाग्रही ?
एक तिहाइ पुरुष र महिलाले पतिले पत्नीलाई पिट्नुलाई सामान्य मान्छन् । यस्तो सोचको विकास कसरी भयो होला ?
सिनेमा घरमा थप्पड चलिरहेको छ । तापसी पन्नु अभिनीत हिन्दी चलचित्रले दर्शकको चौतर्फी प्रशंसा पाइरहेको छ । पतिले पत्नीलाई हानेको एक थप्पडमा केन्द्रित चलचित्रमा पत्नीले लिएको अडानमा दर्शक वाहवाही गरिरहेका छन् ।
तर यथार्थ निकै फरक छ । एक अध्ययनमा एक तिहाइ पुरुष र महिलाले पतिले पत्नीलाई पिट्नु सामान्य मानेका छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले पहिलो पटक गरेको जेन्डर सोसल नर्म इन्डेक्सले यस्तो देखाएको हो ।
अध्ययनले करिब ९० प्रतिशत मानिसले महिलाप्रति पूर्वाग्रही धारणा राख्ने देखाएको छ । ७५ वटा देशमा गरिएको अध्ययनमा पुरुष र महिला दुवै महिलाप्रति पूर्वाग्रही धारणा राख्छन् भन्ने देखाएको छ । महिला र पुरुषबीचको विभेद कम हुँदै गए पनि ९१ प्रतिशत पुरुष र ८६ प्रतिशत महिलाले महिलाप्रति राजनीति, अर्थ, शिक्षा, हिंसा या प्रजनन अधिकारप्रति पक्षपाती विचार राख्छन् ।
इन्डेक्सले विश्व जनसंख्याको ८० प्रतिशतभन्दा बढी मानिसमा अध्ययन गरेको थियो । अध्ययनमा आधाजति मानिसले पुरुष सर्वोच्च राजनीतिक नेता हुने र ४० प्रतिशतभन्दा बढी मानिसले पुरुष राम्रा व्यावसायिक कार्यकारी हुने धारणा राखेका छन् ।
एक्काइसौँ शताब्दीको दोस्रो दशक, विकसित, अल्पविकसित र विकासोन्मुख देश भए पनि महिलाका सवालमा विश्वले खासै प्रगति गर्न सकेको छैन । द गार्जियनको अनलाइन संस्करणमा १० मानिसमा ९ जनाले महिलाप्रति पूर्वाग्रही धारणा राख्ने जनाइएको छ । आखिर किन महिलाप्रति व्यक्ति, समाज, राष्ट्र र विश्व नै यति पूर्वाग्रही र अनुत्तरदायी छ ?
विश्वमै अधिकांश देश पितृसत्तात्मक संस्थामा आधारित छन् । त्यही पितृसत्ताले दिएको दर्शनमा महिला र पुरुष सदियौँदेखि हुर्किंदै आएका छन् । पितृसत्ताले जहिले पनि पुरुषलाई नै सर्वोच्च ठान्यो । पुरुष सत्ताको यही विभेदको पर्दाफास गर्न फ्रान्सेली लेखक एवं अभियन्ता सिमोन दि बुभाएरले द सेकेन्ड सेक्स पुस्तक लेखेर विश्व हल्लाइन् ।
त्यो पुस्तक नारीवादको दोस्रो चरणमा मात्र आएको थियो । त्यसअघि बेलायती लेखक तथा प्रथम महिला उपन्यासकार जेन अस्टिनले उपन्यासमार्फत नारीवाद उठाइसकेकी थिइन् । प्राइड एन्ड प्रिजुडिसमा एलिजावेथको बौद्धिकता, सेन्स एन्ड सेन्सीबिलिटीमा एलिनरको चेतनालाई पुरुष पात्रमाझ बेजोड तरिकाले प्रस्तुत गरेकी थिइन्, उनले ।
नेपालकै सन्दर्भमा हेर्दा अधिकांश मानिस हिन्दु धर्म मान्छन् । उपन्यासकार मदनमणि दीक्षितले महाभारतकालीन माधवीलाई प्रमुख पात्र बनाई माधवी उपन्यास लेखे । त्यसमा राजपुत्री माधवी गालब ऋषिभन्दा कैयौँ गुणा ज्ञानी र नैतिकवान् देखिन्छिन् । सोही उपन्यासमा उनले मातृसत्ताको समेत चित्रण गरेका छन् ।
नेपालमा दुर्गा, पार्वतीजस्ता देवीको पूजा, आराधना हुन्छ । भगवान् शिव एक भाग पुरुष र एक भाग महिला अर्थात् अद्र्धनारीश्वर मानिन्छन् । तर दुर्गा र पार्वतीको पूजा भए पनि महिलालाई पर सरेका बेला मन्दिर पस्नसमेत दिइँदैन । छाउपडीका नाममा अझै थुप्रै महिला गोठ, झुपडीमा बस्न बाध्य छन् । सहज तरिकाले बस्न पाए त हुन्थ्यो, अकालमै ज्यान गुमाउन बाध्य छन् ।
हुन त मानव सभ्यताको इतिहास हेर्दा महिलालाई दासभन्दा खासै माथिल्लो स्थान दिएको थिएन । प्राचीन ग्रीसमा महिलालाई नागरिकका रूपमा समेत हेरिँदैनथ्यो । नेपालमै पनि महिलाले आमाको नामबाट नागरिकता पाउने भनी संविधानमा उल्लेख गरे पनि व्यवहारमा फरक छ । हरेकपल्ट नागरिकता लिन महिलाले अदालत नै धाउनुपर्ने नजिर प्रशस्त छ ।
पुरुष सत्ताको यही व्यवहार देखेर सामाजिक सञ्जालमा दोस्रो दर्जाको नागरिक भनी नाम परिवर्तन गर्ने ट्रेन्ड नै चलेको छ । महिलाले गर्ने हरेक कुरा, बिहान उठ्दादेखि राती सुत्दासम्मका सम्पूर्ण व्यवहार २४ सै घन्टा पुरुष र महिला–महिलाले निगरानी गरी यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्ने सूत्र जपिरहन्छन् । महिलालाई मान्छे नभई वस्तुजस्तो व्यवहार गरिरहन्छन्, जति नै नारी दिवस मनाए पनि इन्डेक्समा कुनै परिवर्तन आउने छैन ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...