अनुभूति

हिरासतमा मैले जे भोगेँ : र्‍यापर भिटेन

समीर घिसिङ ‘भिटेन’, कार्तिक २१, २०७६

बुवाले छोरो छोडिदिनु भनेर प्रहरीसामु हात जोरेको देखेपछि मेरो स्वाभिमान डगमगायो ।
पुरा पढ्नुहोस्

चिनियाँ भाषा : लजायो कि बितायो

लक्ष्मी लम्साल, कार्तिक १८, २०७६

केही वर्षअगाडि मेरो बस कार्ड पुरानो भएकाले राम्ररी कामै नगर्ने हुन थाल्यो । बेइजिङका सार्वजनिक बसमा चढ्यो तर ओर्लिने बेला कार्ड नै नघोटिने समस्याले हैरान भएँ ।

यहाँका सार्वजनिक बसमा डिजिटल बस कार्ड प्रयोग गरिन्छ, जुन भूमिगत रेलमा पनि प्रयोग गर्न मिल्छ । बसको अगाडिबाट उक्लिनेबित्तिकै ढोकैमा रहेको मेसिनमा कार्ड छुवाउने र ओर्लिने बेला पछाडिपट्टी रहेको ढोकाको मेसिनमा पुनः स्वाइप गरेपछि सो यन्त्रले दूरीअनुसार पैसा काट्छ । स्वाइप गरेर छिरिसकेपछि ओर्लिने बेला कसैको आँखा छलेर फाइदा छैन । कार्ड छुवाएझैँ गरेर फुत्त निस्किए पनि मेसिनले अर्को पटक जरिवानासहित बढी पैसा काट्छ ।

व्यस्त बसमा कार्ड छुवाउनैमा समय खर्चिएपछि अरूले झर्को मान्ने नै भए । तसर्थ यो कार्ड साट्न नजिकैको एउटा काउन्टरमा चिनियाँ महिला साथीसँगै पुगेँ । उनको इलेक्टि्रक मोटरसाइकल मैले हाँकिरहेको थिएँ । उनी फुत्त फुटपाथ नजिकैको काउन्टरमा लाइन बस्न गइन् । म स्कुटरमै बसेर पर्खिरहेँ । सोचेँ, 'म पारि गएर स्कुटरको ऐना बनाउँदै गर्छु ।'

मैले बोलेको उनले सुनिनन् र पुनः कराइन्, 'हँ, कहाँ जाने रे ?'

मैले अगाडि बोलेको भाषामा टोन गडबडी भएछ कि भन्ठानेर पुनः चिच्याएँ, तब उनीसँगै लाइनमा बसेका मानिस कोही मुखामुख गर्न थाले, कोही लजाउन थाले । कारण थियो, उच्चारित ध्वनिअनुसार 'मैले ऐना बनाउन जाने नभई वीर्य बनाउन जाने' भन्ने परेछ ।

चिनियाँ टोन (ध्वनि) अनुसार अर्थ निस्किने भएकाले अधिकांश विदेशीलाई यो फलामको चिउरा चपाउनुसरह हुन्छ । अझ विशेषगरी आधिकारिक रूपमा मान्डारिनको कक्षा नलिएर आफैँ सिक्ने मजस्ताका लागि त यो सुधार्न नसकिने गल्ती बन्छ । चिनियाँ दैनिक जीवनमा प्रयोग हुने शब्द नेपालीभन्दा थोरै हुन सक्छन् । तर कसैले पनि ठ्याक्क यति नै भन्न सक्दैन । हालको दैनिक जीवनमा प्रयोग हुने चिनियाँ शब्दचाहिँ ६ देखि ७ हजारजति मात्रै छन् ।

चिनियाँ अक्षर लेख्नमा फरक हुन्छन् तर उच्चारण टोनले भिन्नार्थक हुन्छन् । चिनियाँहरू बोल्दा अल्छी लागेर बिस्तारै बोल्ने होइनन्, झिँजो लागेकाले झर्किएका पनि होइनन्, दयामाया लागेर नरमपन पनि देखाउने होइनन्, रिस उठेर बड्याङबुडुङ बोल्ने पनि होइनन् । अधिकांश विदेशीलाई चिनियाँको उच्चारण शैली देखेर अचम्म लाग्छ, झर्को लाग्छ र रिस पनि उठ्छ ।

'छ सुओ' अर्थात् शौचालय उच्चारण गर्दा 'छाउ श्' अर्थात् सुपरमार्केट कता छ भन्ने बुझेर चिनियाँहरूले एउटा रेस्टुराँबाट मलाई सडक पारिपट्टकिो सुपरमार्केटतिर दौडाएका छन् । नेपालीले कान्छीऔँला वा बूढीऔँला देखाएर मानिने शौचालयको संकेत चीनमा प्रचलित छैन । तसर्थ पाइन्टको जिपर नजिकै हात लगेर अभिनय गर्नुपर्ने हुन्छ । नत्र सही उच्चारण मात्रै बाध्यात्मक सर्त हो ।

एक पटक चिनियाँ गुरुआमासँग नेपालमा प्रविधिको विकासबारे चर्चा भयो । मैले भनेँ, 'खासमा हामीले प्रविधिको विकास गर्नै पर्दैन, सबै बाहिरबाट नेपालमा भित्रिन्छ ।' उनले चिनियाँमा सिकाइन् 'यिन् चिन् भनेको बाहिरबाट भित्रिएको । तर मैले उच्चारण गर्दा 'यिन् चिङ्' भनेँ । जसको ङ् र न् को उच्चारणमा ख्याल नगर्दा उनले मप्रति नकारात्मक दृष्टि बनाइन् । कारण, यिन् चिङ्को अर्थ 'लिंग' भन्ने हुन्थ्यो । हामी नेपाली प्रायः विदेशी शब्द उच्चारणमा अलिक लापरबाही नै गर्छौं । अंग्रेजी शब्द पनि नेपालीकरण गरिएका छन् । त्यस्तै बानीले चिनियाँ अक्षर पनि हल्काफुल्का पाराले बोल्यो भने अनर्थ भइदिन्छ ।

लजाएर कुनै चिनियाँ पुरुषसँग बोल्दा त्यत्रो समस्या नहोला तर जब महिलासँग बोल्नुपर्छ, असावधानी होला भन्ने डरले म थुरथुर काँपेर सुरु गर्छु । जब लजाउन थाल्छु, मेरो खप्परमा एकपछि अर्को गल्तीको चाङ लाग्न थाल्छ । सडकमा गइरहेका बेला बाटो झुक्कियो । म सोध्न खोज्दै थिएँ, 'छिङ् वन्' अर्थात् 'कृपया यो बाटो कता जाने ?' तर उच्चारणको ध्वनिले 'सुस्तरी चुम्बन' भन्ने अर्थ लाग्यो । युवती बाँकी कुरा नसुनीकनै अघिल्तिरबाटै बाटो लागिन्, म अर्को मान्छेको खोजीमा लागेँ ।

चिनियाँ बोल्नु उसै साहसिक कार्य भनिएको होइन । नबिराईकन चिनियाँ बोल्न सक्ने विदेशीलाई उसै चिनियाँले तारिफ गर्ने होइनन् । कुनै पनि शिक्षक-शिक्षिकाले अंग्रेजी बोल्दा नडराईकन बोल्ने, बिग्रिए पनि आत्मविश्वास बढाउँदै जाने अनि पो भाषा सध्रिन्छ भनेर सिकाउँछन् । तर चिनियाँ भाषा सिकाउने कुनै पनि गुरुले यसरी धक फुकाएर जे पायो त्यही बोल्न अवश्य नै सिकाउने छैनन् । जग बलियो भयो भने मात्रै चिनियाँ भाषाको लय समात्न सकिन्छ । धक मानीमानी अरूले के भन्ने होला भन्ने सोचीसोची चिनियाँ भाषा बोल्नुभयो भने त तपाईंको मान्डारिनले झनै बिताउनेछ ।

लेखक चाइना रेडियो इन्टरनेसनल (सीआरआई), बेइजिङमा कार्यरत छन् ।

पुरा पढ्नुहोस्

बिरानो देशमा थापा दाइ

विश्वास हमाल, असार ७, २०७५

उनी सञ्जय दत्तका निकै ठूला फ्यान रहेछन् । ‘घरको सिडी प्लेयर बिग्रेको छ, भाइलाई आउँछ भने यसो हेर्देऊ न’ भनी अनुरोध गरे । रेस्टुराँ ३ देखि ५ बजेसम्म बन्द हुन्थ्यो ।
पुरा पढ्नुहोस्

कुमारको बिदाइमा

कालीप्रसाद रिजाल, जेष्ठ ७, २०७५

जोशी मिलनसार, सहृदयी र आकर्षक व्यक्तित्वका धनी थिए । उनको बोलीचाली र व्यवहारबाट प्रभावित नहुने कोही थिएनन् ।
पुरा पढ्नुहोस्

लेखनको पूर्णकालीन यात्रा

कृष्ण धराबासी, पुस १, २०७४

मंसिर ०६७ मा मैले एउटा लेख लेखेको थिएँ, ‘मैले रोजेको बाटो’ । जुन लेखमा भनिएको थियो, ‘मैले कृषि विकास बैंकको जागिर पाँच वर्ष सेवा अवधि बाँकी हुँदाहुँदै छोडँे र अब म पूर्णकालीन लेखक हुनेछु ।’
पुरा पढ्नुहोस्

ठकवक तान्त्रिक र स्यापिन्यस सपना

गनेस पौडेल, माघ १०, २०७३

पाँच वर्षअघिदेखि मेरो मनमा एउटा हुन्डरी चल्दै आएको छ । मलाई यस्तो लाग्छ कि मान्छेको आदिम अंग ‘पैताला’ हो । मान्छेको जातले जे पाएको छ, जे गुमाएको छ, त्यो सब पैतालाको कारणले हो । त्यो कुनै कार्ल माक्र्सले भनेजस्तो पेटको कारणले होइन ।
पुरा पढ्नुहोस्

आँसुका अक्षर बोकेर आइरहेछु

कृष्ण धरावासी, माघ ३, २०७३

सन् २०१३ डिसेम्बरको तेस्रो सातातिर अमेरिकाको भिसा लागेको दिन मलाई खासै खुसी लागेको थिएन ।
पुरा पढ्नुहोस्