बलुचिस्तानको व्यथा (वेब सिरिज : बार्ड अफ ब्लड)

गोकर्ण गौतम

पाकिस्तानको प्रान्त बलुलिस्तानमा तालिवानद्वारा चार भारतीय जासुस समातिन्छन् । जासुसको सामूहिक हत्या गर्नैलाग्दा पाकिस्तानकी खुफिया एजेन्सी ‘आईएसआई’का अफिसरले तालिवानका नेता मुल्लाह खालिदसँग बिन्ती बिसाउँछन्, ‘यिनीहरुलाई नमार । मसँग एउटा योजना छ, जसले एक सातामै संसारले तालिवानको वर्चस्व र आतंकको अन्दाज पाउनेछ ।’ आईएसआई आफैँ भारत दुश्मन हो तर उसैले किन जासुसलाई बचाउँदैछ ? सशुल्क भिडियो स्ट्रिमिङ साइट नेटफ्लिक्सको नयाँ वेबसिरिज बार्ड अफ ब्लड यही सवालसँगै सुरु हुन्छ ।
भारत–पाक विभाजनसँगै बलुचिस्तानमा तनाव सुरु भयो । यसबीच दर्जनौँ पटक हिंसा भड्किएको छ । भूराजनीतिक हिसाबले अत्यन्त अस्थिर र संवदेनशील छ । पाकिस्तानले यहाँका नागरिकलाई अपनत्वबोध गराउन सकेको छैन । यही असन्तुष्टिमा भारतले खेलिरहेको छ, अमेरिकाको आफ्नै स्वार्थ छ, अफगानिस्तानका तालिवानले जिहादका लागि नयाँ आधारस्तम्भ बनाउँदैछन् र यी अनेक खेलको चेपुवामा परेका बलुचिको ठूलो हिस्सा बलुचिस्तानलाई स्वतन्त्र अस्तित्वका लागि हतियार उठाउन अभिशप्त छन्, जसलाई कहिले भारतले हतियार र फन्डिङ दिन्छ, त कहिले अमेरिकाले । बार्ड अफ ब्लडमा यस्ता यावत पक्ष उजागर गरिएको छ । तापनि यसको केन्द्रमाचाहिँ जासुसको सकुशल रिहाइ गर्ने भारतीय चाल नै छ । 
सात एपिसोडको बार्ड अफ ब्लडका निर्देशक हुन्, रिभु दासगुप्ता । विलाल सिद्धिकीले लेखेको यही नामको उपन्यासमा आधारित छ, सिरिज । उपन्यास लेख्दा सिद्धिकी जम्मा २० वर्षका थिए । सेक्रेड गेम्सबाट प्रचुर सफलता मिलेपछि नेटफ्लिक्सले भारत र हिन्दीभाषी कन्टेन्टमा खुब दिलचस्पी राख्न थालेको छ । ठूला स्टार र ब्यानरसँग सहकार्य गर्दैछ । यो सिरिज नेटफ्लिक्स र शाहरुख खानको प्रोडक्सन कम्पनी रेड चिल्लिज मिलेर निर्माण गरेका हुन् । मुख्य भूमिकाचाहिँ इमरान हासमी छन् ।
भारतीय खुफिया एजेन्सी ‘रअ’का पूर्वएजेन्ट हुन्, कविर आनन्द (इमरान) । बलुचिस्तानको एक मिसनमा आफ्नै साथीको हत्या हुँदा पनि ‘रअ’ मौन बसेपछि कविर विरक्तिएर पढाउन थाल्छन् तर चार एजेन्ट फेरि बलुचिस्तानमै समातिएपछि एजेन्सीले उनैलाई पठाउन खोज्छ । उनी नकार्छन् तर परिस्थिति यस्तो आइलाग्छ कि एजेन्सीलाई छलेरै बलुचिस्तान पुग्नुपर्छ । यसका लागि उनको साथमा हुन्छन्, ‘रअ’की एनालिस्ट इशा (सोविता धुलिपला) र अफगानिस्तानमै भेष बदलेर बसिरहेका जासुस वीर (विनितकुमार) । तनावग्रस्त अर्काको देशबाट आफ्ना एजेन्ट फिर्ता ल्याउने उनीहरुको मिसनकै क्रममा देख्न पाइन्छ, ‘रअ’भित्रको आन्तरिक खिचातानी र स्वार्थको रस्साकस्सी, एजेन्सीले बिर्सिएको जासुसको नियति, मुस्लिम युवालाई भड्काएर युद्धमा होमिरहेका तालिवानी, आफ्नो निहित फाइदाका लागि आतंककारीलाई साथ दिने पाकिस्तान, पाकिस्तानीप्रति चीनको व्यवहार अनि भारतचाहिँ अमेरिकासँग कसरी झुकेर कुरा गर्छ भन्ने यथार्थ । करिब सात घन्टाको सिरिजमा अन्तरदेशीय आतंकका अनेक आयाम खोतलिएको छ । 

यो सिरिजको विशेषता भनेकै बुलन्द चरित्रचित्रण हो । ‘रअ’प्रति कविरको वितृष्णा, देश र जासुसप्रतिको प्रेम, आफ्नो करिअर धरापमा पारेर भएपनि एजेन्टलाई फिर्ता ल्याउन इशाको त्याग अनि अल्जाइमर्स भएको बुबालाई भेट्न आतुर हुँदाहुँदै रेस्क्यु अपरेसनमा खटिएको वीर एकाध दृश्यमै दर्शकसँग नजिक हुन्छन् । उनीहरुबीचको विश्वास, धोका, प्रेम र घृणाले रोचकता थपेको छ तर तालिवान, पाकिस्तानी जासुस र बलुचिस्तानका नागरिकका चरित्रलाई विश्वसनीय चित्रण गरिएको छैन । मुल्लाह जिहाद मात्र गर्दैछैनन्, बालयौन शोषण पनि गर्छन् । बलुचिस्तानका पृथकतावादी स्वचालित छैनन् । बाहिरी ईशारामा चल्दा स्वतन्त्र आन्दोलन मत्थर हुँदै छ । पाकिस्तानचाहिँ आफ्नै नागरिकविरुद्ध तालीवानसँग साँठगाँठ छ । यही कारण हुनुपर्छ, सिरिजको ट्रेलर आउनासाथ पाकिस्तानमा यसको चर्को विरोध भएको थियो ।

बार्ड अफ ब्लडको ट्रेलर


जासुसी हर्कत आफैँमा रहस्यमयी मानिन्छ, यसमा निर्देशकले अझ प्रभावकारी ढंगले बुन्ने चेष्टा गरेका छन् । गोली र बम हानाहान भएको होस् वा तालिवानी लडाकुको भीडको होस्, दृश्यांकन आधिकारिक छ । कथा बलुचिस्तानको भए पनि लद्दाख, राजस्थान र मुम्बईको स्टुडियोमा खिचिएको हो । हिन्दीसँगै उर्दु, अंग्रेजी र पस्तुन भाषाको प्रयोग छ । जासुस कविर र पृथकतावादी लडाइँमा होमिएकी बलुची युवती जन्नत (कीर्ति कुल्हारी) को प्रेम र विछोडको कथा त्यतिकै दर्दनाक छ । सुरुआती एपिसोडमा सुस्त गतिमा कथा अगाडि बढ्छ, कतै–कतै पट्यार पनि लाग्छ तर जब कविरको टिम बलुचिस्तान पुग्छ, हरेक दृश्यसँगै धड्कन बढ्दैजान्छ । क्लाइमेक्सले अनेकौँ सवाल खडा गर्दै दोस्रो सिजनको तीव्र प्रतीक्षा गराउँछ ।
कथावाचनलाई जीवन्त बनाउन कलाकारको पर्फमेन्सले कति अर्थपूर्ण राख्छ भन्ने उदाहरण हो, यो सिरिज । बलिउडमा ‘सिरियल किसर’का रुपमा चिनिने इमरान हासमीको करिअरकै सबैभन्दा चुनौतीपूर्ण चरित्र हो यो, जसमा उनी स्वाभाविक लाग्छन् । पात्रको हुलिया र भावभंगिमामात्र होइन, मनोविज्ञानसमेत पक्डेका छन् । सुन्दरी प्रतियोगिता हुँदै अभिनयमा आइपुगेकी सोविता धुलिपला उत्तिकै निपूणलाग्छिन्, संवेदनशील भूमिकामा उनले देखाएको क्षमताले बलिउडमा प्रचुर भविष्य देखिन्छ । घर फर्कने उत्कट चाहलाई तिलाञ्जली दिँदै खतरनाक मिसनमा सहभागी भएको चरित्रलाई विश्वसनीय बनाउन विनितकुमार सफल छन् । उनको अफगानी लवजले पात्रलाई न्याय गरेको छ । मुल्लाह खालिद बनेको दानिस हुसैनको हुलिया र बोल्ने शैली नै डरलाग्दो छ । कीर्ति, जयदीप अल्वात, रञ्जित कपुरलगायतका कलाकारको काम प्रशंसनीय छ । गम्भीर राजनीतिक विषयलाई सरल तर रसिलो शैलीमा पस्कन रिभु दासगुप्ता दक्ष लाग्छन् । 
जासुसी दुनियाँ, बलुचिस्तानको दुर्दशा र भूराजनीतिक खिचातानी बुझ्न चाहनेका लागि बार्ड अफ ब्लड उपयुक्त खुराक हो । तर यसले पनि बेच्न खोजेकोचाहिँ भारतीय राष्ट्रवाद नै हो, जुन पछिल्लो समयमा बलिउडले खुब पछ्याइरहेको छ ।

पुरा पढ्नुहोस्

द वर्ल्ड हाउसमा फ्रान्सेली स्वाद

नेपाल संवाददाता
हामी नेपालीलाई रमाइलो गर्न असाध्यै मन पर्छ । चाडपर्व मनाउन, भोजभतेर गर्न र मीठो परिकार बनाएर खान हामी सिपालु छौँ ।
पुरा पढ्नुहोस्

राजपरिवार नै शरणार्थी

ताम्ला उक्याब
सन् १९६४ मा भुटानी दरबारमा   सत्ता कलहपछि शाही परिवारलाई नेपालमा शरण लिएका बेला म नर्थप्वाइन्ट दार्जिलिङमा अध्ययनरत थिएँ ।
पुरा पढ्नुहोस्

'विदेशी पेन्सन थाप्नुभन्दा देशको नाम चम्काउनु ठीक'

मनबहादुर बस्नेत
सात महिनाभित्र संसारका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर दुर्लभ कीर्तिमान बनाउँदै छन्, म्याग्दीका निर्मल पुर्जा, ३४ । चीनको सीसापाङमा हिमालमा मात्रै उनको अदम्य साहसिक पाइला पुग्न बाँकी छ ।
पुरा पढ्नुहोस्

भिखारीमुक्त नेपाल

सुरेश किरण
प्रधानमन्त्री केपी ओली अब नेपाललाई भिखारीमुक्त मुलुक बनाउन चाहन्छन् । यो उनको ठूलो सपना हो ।
पुरा पढ्नुहोस्

केन्द्रीयतालाई धक्का

गणेश साम्पाङ/पाँचथर 
काठमाडौँमुखी मनोविज्ञान भत्काउने पाँचथरे अभियन्ता
पुरा पढ्नुहोस्

(पुस्तक समीक्षा) सिङगिङ बाउलको अपूरो उत्खनन

मनबहादुर बस्नेत
सिङगिङ बाउलको उत्पत्ति थलोबारे यकिन गर्न नसके पनि यो पुस्तकमा सिङगिङ बाउलको न्वारान नेपालमा भएको प्रमाण पेस छ ।
पुरा पढ्नुहोस्

देउवाको चित्त

नेपाल संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अपमान भएको हल्लाले पनि राजनीतिलाई एकछिन तरंगित नै पारिदियो ।
पुरा पढ्नुहोस्

विस्थापितको देपूजा

नेपाल संवाददाता
०७२ सालको भूकम्पले यहाँका भवनमा क्षति पुगेपछि देवस्थल पनि अस्तव्यस्त हुन पुग्यो । त्यसमाथि धरहरा पुनर्निर्माण भन्दै यो क्षेत्रमा व्यापारिक टावर बनाउने क्रममा देवस्थल थप उपेक्षित हुन पुगेछ ।
पुरा पढ्नुहोस्

समसामयिक

जंगलमा रजाइँ

पर्वत पोर्तेल/काँकडभिट्टा

झापा मेचीनगर१२ चारआलीमा रहेको नेपाली सेनाको ब्यारेक उत्तरपश्चिमपट्टि प्रगति सामुदायिक वन वन क्षेत्रभित्र एउटा अनौठो किसिमको वरको रूखलाई देवीको रूप मात्र भनिएन, रूखमा पाथिभरा देवीको पाइला रहेको मनगढन्ते कथा रची ११ असोज ०७१ मापाउ पाथिभरा मन्दिरनै खडा गरियो

पाउ पाथिभरा मन्दिर बनेलगत्तै बौद्धमार्गीले नजिकै गुम्बा खडा गरे गुम्बानजिक किराँत समुदायले किराँतेश्वर मन्दिर बनाए स्थानीय अरू धार्मिक संघसंस्थाहरूको वक्रदृष्टि पनि वनको जमिनमै केही समयअघि राजवंशी समुदाय, साई धर्मका अनुयायी नेवार समुदायले समेत मन्दिर बनाउने उद्देश्यका साथ जमिन कब्जा गरेका थिए तर अहिले उनीहरूलाई हटाइएको वन क्षेत्रमा क्रंक्रिटका संरचना निर्माण गर्न नपाइने प्रावधानलाई बेवास्ता गर्दै तिनै मन्दिर गुम्बाले त्यस्ता संरचना बनाएका छन्

चारआलीको प्रगति सामुदायिक वन क्षेत्र मात्रै कहाँ हो ! बिर्तामोड को निचाझोडा क्षेत्रमा धिमालको प्राचीन गढ रहेको भन्दै झापाका आदिवासी धिमाल समुदायले भर्खरै मन्दिर निर्माण गरेका छन् प्रत्येक वैशाखमा समुदायले यही जंगलभित्रको मन्दिरमा कुलदेवता (दन्कावाराङ) को पूजा गर्छन् अर्जुनधारा११ मा रहेको वनको करिब शून्य दशमलव ५४ हेक्टर जमिनमा किराँतेश्वर महादेव मन्दिर निर्माण गरिएको जिल्ला वन कार्यालय झापाले जनाएको

झापाको वन क्षेत्र कसरी धार्मिक अतिक्रमणको चपेटामा पर्दै छन् भन्ने उदाहरण हुन्, यी जिल्लाका प्राय: वन क्षेत्रमा देवीदेवता, खेलमैदान, हटिया सुकुम्बासीका नाममा अतिक्रमण जारी पाउ पाथिभरा मन्दिर व्यवस्थापन समितिका सचिव यमनाथ बराल भने कब्जाभन्दा पनि मासिँदै गएको वन जोगाउने उद्देश्यसाथ मन्दिर स्थापना गरिएको दाबी गर्छन् भन्छन्, “भगवान्को मन्दिर बनाएपछि वन मासिने क्रम रोकिएको

वनको जमिनमा पाउ पाथिभरा मन्दिर स्थापना गर्न तत्कालीन प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले समेत सहयोग गरेका थिए मन्दिर स्थलको शिलान्यास पनि उनैले गरेका थिए प्रगति सामुदायिक वनका अनुसार डेढ सय हेक्टरमध्ये करिब हेक्टर जमिन धार्मिक एवं जातीय समुदायले अतिक्रमण गरेर मठ, मन्दिर गुम्बा बनाइसकेका छन्

यो क्षेत्रलाई पर्यापर्यटकीय स्थलका रूपमा विकास गर्ने सरकारको योजना थियो सामुदायिक वनले उपखण्डको रूपमा यो क्षेत्र छुट्याएको थियो त्यो थाहा पाएपछि केही व्यक्तिले भ्रामक कथा रचेर मन्दिर निर्माणको योजना बुनेका थिए धार्मिक अतिक्रमण तीव्र ,” डिभिजन वन कार्यालय भद्रपुरका डीएफओ विष्णुलाल घिमिरे भन्छन्, “धेरै प्रयत्न गर्दा पनि हटाउन सकिएको छैन

पाउ पाथिभरा मन्दिर समितिको दाबी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा सरकारले छुट्याएको जमिनमा मन्दिर निर्माण गरिएको हो तर वन कार्यालयको दाबी , धार्मिक पर्यटकीय गन्तव्यको नाममा जमिन छुट्टिएकै छैन जिल्लाको कुल वन क्षेत्रमध्ये १५ दशमलव ८५ प्रतिशत जमिन मठ, मन्दिर गुम्बाका नाममा अतिक्रमण भइरहेको खासगरी राजमार्ग उत्तरका वन क्षेत्र सबभन्दा बढी अतिक्रमणको चपेटामा छन् धार्मिक जातीय समुदायबाट भएको वन कब्जा राजनीतिक दलको छत्रछायामा हुने गरेका छन्

धार्मिक स्थल धनुषकोटिधाम सताक्षीधाम मन्दिरले पनि वनको जमिन ओगटेको वन कार्यालयले जनाएको कनकाईस्थित कोटिहोम क्षेत्र पनि कुनै समय वन क्षेत्र थियो अहिले मन्दिरै मन्दिर छन् डीएफओ घिमिरे भन्छन्, “यो क्षेत्र पनि कुनै समय वनकै थियो भनेर पत्याउनै मुस्किल विगतमा झापामा करिब ६० प्रतिशत जंगल थियो अहिले त्यो घटेर ११ दशमलव २४ प्रतिशतमा खुम्चिएको

बाहुनडाँगीस्थित तेलपानी सामुदायिक वनको जमिन ओगटेर बसेका केही परिवारलाई वनले गत वर्ष हटाएको थियो हालै चारआली जंगल ओगटेर बसेका चार घर खेलमैदानसमेत हटाइएको

झापामा ०२८ देखि वनको जमिन अतिक्रमण हुन थालेको जिल्ला वन कार्यालयको दाबी मेचीनगर, अर्जुनधारा, बुद्धशान्ति, राजगढ, कमल गाउँपालिका, शिवसताक्षी, कन्काई, दमक भद्रपुर क्षेत्रको हजार सय ४९ दशमलव ६८ हेक्टर जमिन सुकुम्बासीका नाममा अतिक्रमित डीएफओ घिमिरे भन्छन्, “अतिक्रमण हटाउन राज्यले तत्काल नीति बनाएर कार्यान्वयन गर्नु जरुरी ” 

पुरा पढ्नुहोस्

सम्पदामा खेलाँची

श्यामसुन्दर शशि/जनकपुर 
जानकी मन्दिरको मौलिकता ख्याल नराखी जथाभावी संरचना
पुरा पढ्नुहोस्

लालदरबारमा चिनियाँ कोचिङ

जनक नेपाल
सत्तारुढ नेकपाको विचारशून्यताले सी विचारधारा भित्रिने आशंका बलियो
पुरा पढ्नुहोस्

पूर्वमहारथीको अर्को घोटाला

मनबहादुर बस्नेत
पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालमा भौतिक संरचना निर्माणमा भएको अनियमितताको तथ्य फेला परेको छ ।
पुरा पढ्नुहोस्

भएको कुहाउने, बाहिरबाट झिकाउने

यम बम
वनलाई उत्पादनशील बनाउने भनिए पनि प्रक्रिया नै झन्झटिलो
पुरा पढ्नुहोस्

विचार

जब सन्ध्या हुन्छ...

कुमार नगरकोटी
यसरी त्यो सन्ध्या मेरो मृत्यु भयो । अज्ञात भूगृहको माटोमुनि म पुरिएको छु । अपितु अचेल पनि जब सन्ध्या हुन्छ, दिल मेरो घबराउँछ ।
पुरा पढ्नुहोस्

सच्चा कम्युनिस्ट र चिनियाँ प्रशिक्षण

अच्युत वाग्ले
नेकपा मुलुकको हित गर्ने सच्चा कम्युनिस्ट बन्यो कि बनेन ? त्यसको मापक पनि यही हुनेछ । 
पुरा पढ्नुहोस्

नेपालको रणनीतिक परीक्षा

रूपक सापकोटा
बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय आवश्यकताका आधारमा नेपालको विदेश नीतिलाई समयानुकूल परिमार्जित बनाउँदै लैजान आवश्यक हुन्छ ।
पुरा पढ्नुहोस्

[सम्पादकीय] शक्तिशाली सरकारका निरीह प्रधानमन्त्री

बसन्त बस्नेत
जबसम्म हाम्रा कार्यशैलीहरू पद्धति बसाल्नेभन्दा व्यक्तिमुखी हुनेमै केन्द्रित हुन्छन्, तबसम्म यो अवस्थामा किञ्चित सुधार हुने छैन ।
पुरा पढ्नुहोस्

हरे ! कस्तो विश्वविद्यालय बनायौँ हामीले ?

डम्बर चेम्जोङ
त्रिभुवन विश्वविद्यालय केन्द्रले अनुसन्धानका निम्ति मातहत विषय र विभागहरूलाई बजेट खोज्नु त टाढाको कुरा, अमूक विषयले आफ्नै प्रयासमा अनुसन्धान परियोजना पाए भने पनि त्यसलाई सहयोग गर्नुको सट्टा तिनको हुर्मत लिने प्रवृत्ति पनि देखियो ।
पुरा पढ्नुहोस्

लोकतन्त्रमा समय

भास्कर गौतम
लोकतान्त्रिक व्यवस्थाको चाहना राख्ने तर सामान्यजनको समयलाई अवमूल्यन गर्ने सत्तासीनहरूको मनोवृत्ति केवल एउटा दृष्टान्त मात्र हो ।
पुरा पढ्नुहोस्

[सम्पादकीय] सैनिक ऐन सच्याएर कोर्टमार्सल प्रकरण सल्टाऊ

सैन्य सेवाको प्रकृति अरू पेसाभन्दा फरक हुन्छ । आदेश र नियन्त्रणको भरमा चल्ने यो संरचना आफैँमा कठोर अनुशासनको परिचायक पनि हो । राष्ट्रका सामुन्ने कुनै पनि संकट आइपर्दा अन्तिम शक्तिका रूपमा खडा हुने यो मुख्य आधारस्तम्भ हो ।
पुरा पढ्नुहोस्

स्वप्नदंश

कुमार नगरकोटी
पलङकी स्वप्नवती शिवानीसिंह थारुको निद्रा खलबलियो । उसको एक जोर आल्मोन्ड आँखा सिलिङमा स्थिर भयो । सिलिङमा एउटा किङसाइज्ड छेपारो थियो ।
पुरा पढ्नुहोस्

जीवनशैली

द वर्ल्ड हाउसमा फ्रान्सेली स्वाद

नेपाल संवाददाता
हामी नेपालीलाई रमाइलो गर्न असाध्यै मन पर्छ । चाडपर्व मनाउन, भोजभतेर गर्न र मीठो परिकार बनाएर खान हामी सिपालु छौँ ।
पुरा पढ्नुहोस्

भेटघाटको तास

नेपाल संवाददाता
दसैँका थुप्रै विशेषण छन् । त्यसमध्ये एक  मासुको परिकारको चाड पनि हो ।
पुरा पढ्नुहोस्

आवरण « पहिरनको संसार

सुनिता लोहनी
छिमेकको विशाल बजार अनि भारतीय चलचित्रको प्रभावमा  नेपाली फेसन
पुरा पढ्नुहोस्

सिद्धार्थको कश्मीरी पुलाउ

नेपाल संवाददाता
भनिन्छ, कसैले राम्ररी खाना खान पाएको छैन भने उसले राम्ररी सोच्न, माया गर्न र सुत्नसमेत सक्दैन । त्यसैले मीठो पकाउने मान्छे अगाडि जो पनि झुम्मिने ।
पुरा पढ्नुहोस्

फेरि कक्टेल गाउन

नेपाल संवाददाता
पहिरन भनेको शरीर ढाक्न मात्र होइन । त्यसले मानव सभ्यताको विकासको चरण पनि बताउँछ ।
पुरा पढ्नुहोस्

पी फर पिज्जा

नेपाल संवाददाता
भनिन्छ, दोस्रो विश्वयुद्धताका इटालियन सेना अरू देशमा बस्न थालेपछि उनीहरुको प्रिय खाना पिज्जा बन्न थाल्यो । पछि पिज्जा विश्वव्यापी रुपमा फैलियो ।
पुरा पढ्नुहोस्

अर्थ

सुकुलगुन्डे अर्थतन्त्र

यम बम

घर बाहिर टाई-सुट लगाएर हिँड्ने तर भित्र सुकुलमा सुत्नुपर्ने बाध्यताको विम्ब देखिन्छ, मुलुकको अर्थतन्त्रमा अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब पुगे पनि रेमिट्यान्स आयातमै निर्भर

सत्तासीन दललाई आफूले राम्रो गरेकैले आर्थिक वृद्धि . प्रतिशत पुग्यो भनेर जस लिने माध्यम पनि बनेको अर्थमन्त्री युवराज खतिवडा पनि भाषणैपिच्छे  जस लिन छुटाउँदैनन् तर व्यापार घाटा, बढ्दो आयात, विस्तारित चालू खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीमा कमी, सुस्त पूर्वाधार विकासको हविगत यथार्थ बनिरहेको यद्यपि उक्त वृद्धि उत्पादकको मूल्यमा आधारित हो, जुन प्रक्षेपित आधारभूत मूल्यमा आधारित . प्रतिशत

पूर्वअर्थमन्त्री रामशरण महत आर्थिक वृद्धि परिसूचकमा भर पर्ने हुँदा अनुमान गर्नु स्वाभाविक भए पनि यतिउति प्रतिशत भनेर सरकारले 'दबाब' दिन खोजेकाले गणनामै शंका गर्ने ठाउँ देख्छन् आधारभूतभन्दा उत्पादकको मूल्यमा आधारितलाई जीडीपी भनेर प्रचार गरिएको उनी बताउँछन्

रेमिट्यान्सका कारण आर्थिक परिसूचकमा देखिने सकारात्मक संकेतलाई अर्थतन्त्रको सबलता मानिँदैन त्यसका लागि उत्पादन, निर्यात रोजगारी बढ्नुपर्छ अहिलेको अवस्थालाई कतिपय अर्थविद् अर्थतन्त्र मोटाएको नभई सुन्निएको मान्छन् पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनी भन्छन्, "हामी सुन्निएको शरीरलाई मोटाएको भनेर दंग परिरहेका हुन्छौँ पेट धेरै फुल्यो भने के हुन्छ ? हाम्रो अर्थतन्त्र पनि त्यस्तै भएको बाहिर डेन्टिङपेन्टिङ पारेर चिटिक्क पारिएजस्तो "

आर्थिक वृद्धिदर लगातार वर्ष प्रतिशतभन्दा माथि हुनु सुखद पक्ष हो तर दिगोपनमा शंका गर्ने ठाउँ देख्छन्, अर्थशास्त्रीहरू पूर्वअर्थमन्त्री महत भन्छन्, "आर्थिक वृद्धिदर अहिलेको सरकारको नीति तथा कार्यक्रमका कारण बढेको होइन भूकम्पपछिको पुनर्निर्माण विद्युत् आपूर्तिमा सुधार भई उद्योग नियमित चल्न थालेपछि बढेको हो " आर्थिक वृद्धिद्धर दिगो बनाउन उत्पादन बढाउनुपर्ने विकासलाई तीव्रता दिएर रोजगारी सिर्जनाको विकल्प देख्दैनन्, उनी आव ०७३/७४ मा . प्रतिशत रहेको आर्थिक वृद्धि ०७४/७५ . मा कायम भएको थियो आव ०७६/७७ मा . प्रतिशत पुर्याउने लक्ष्य सरकारको

पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपाका महासचिव विष्णु पौडेल महतको तर्कसँग सहमत छैनन् भन्छन्, "सरकारका राम्रा नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनको परिणामस्वरूप आर्थिक वृद्धिदर उच्च भएको हो पुनर्निर्माण पूरा गर्ने अभिभारा नै हो "

अर्थमन्त्री खतिवडाले १६ चैत ०७४ मा मुलुकको आर्थिक स्थितिलाई श्वेतपत्रमार्फत सार्वजनिक गर्दै राष्ट्रिय ढुकुटी रित्तो रहेको उल्लेख गरेका थिए अहिले भने उनी सबै ठीकठाक देख्छन् बरु हालै एक सार्वजनिक कार्यक्रममा भनिदिए, 'बजेट भाषणपछि - महिना खुला कार्यक्रममा आइनँ त्यो अवधिमा चामल बेच्नेहरू आएनन् भनेर पीठो बिक्रेताले हैरान पारे चामल बेच्नेहरू कामै नलाग्ने हुन थालियो चामल बेच्नुपर्ने रहेछ भनेर यहाँ आएको हुँ ' प्रधानमन्त्री केपी ओलीले २२ पुस ०७५ मा संसद्लाई सम्बोधन गर्दा मौजुदा आर्थिक परिसूचकमा बठ्याइँ गरेका थिए

अर्थमन्त्री खतिवडाले चामल बेच्ने प्रसंग चलाइरहँदा जीडीपीको तुलनामा विकास खर्च घट्दो क्रममा , प्रत्यक्ष वैदेशिक लगानीमा पनि गिरावट आएको आयातले बुर्कुसी मारिरहेको आव ०७५/७६ मा १३ खर्ब १५ अर्बको बजेट रहेकामा १० खर्ब ३१ अर्ब मात्र खर्च भयो

विकास बजेटको खर्च अवस्था झन् नाजुक कतिसम्म भने प्रदेश सरकारहरूले विकास बजेटबाट गाडी किनेर प्रगति देखाउनसम्म भ्याए गत वर्ष संघ प्रदेश सरकारले अर्ब ५७ करोडको गाडी नै किने महत आफू अर्थमन्त्री छँदा ९७ प्रतिशतसम्म विकास बजेट खर्च भएको स्मरण गर्दै भन्छन्, "अहिलेको सरकारले ल्याएका नीतिका कारण भएको भए विकास निर्माणका काम समयमै हुनुपथ्र्यो " हजार सय सय योजना अलपत्र रहँदा खर्ब १९ अर्बको घाटा राज्यले बेहोर्नुपरेको सरकारी तथ्यांक

व्यापार घाटाले बजेटको आकारलाई पछारिदियो, गत वर्ष १३ खर्ब २१ अर्बको व्यापार घाटा जबकि बजेट १३ खर्ब १५ करोड रुपैयाँ सोही कारण मुलुकको शोधनान्तर स्थिति आव ०६६/६७ पछि पहिलो पटक ६७ अर्ब ४० करोडले ऋणात्मक भएको मुद्रास्फीति . प्रतिशत रहेकामा चालू आवमा प्रतिशतभित्र सीमित हुने अनुमान सरकारको , जुन चुनौतीपूर्ण हो

दिगोपनमा आशंका

अर्थतन्त्र विस्तारअनुरूप वृद्धिदरको दिगोपनका लागि संयन्त्र पर्याप्त छैनन् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा आर्थिक वृद्धिदर दिगो राख्न पूर्वाधारमा लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्ने बताउँछन् भन्छन्, "जीडीपीमा रेमिट्यान्सको योगदान तर पुँजीगतभन्दा उपभोगमा खर्च भइरहेको , जुन दिगो हुँदैन अब पूर्वाधार विकासमा ध्यान दिनुको विकल्प छैन "

शर्माले भनेझैँ जीडीपीको तुलनामा रेमिट्यान्स २५ प्रतिशत हाराहारी , जुन खर्ब ७९ अर्बको नेपाल जीवनस्तर सर्वेक्षणले पनि रेमिट्यान्सको ८० प्रतिशत अंश उपभोगमै खर्च हुने गरेको औँल्याएको थियो

अर्थतन्त्रका तीन संरचनामध्ये कृषि मुख्य हो जीडीपीमा कृषिको हिस्सा २७ प्रतिशत भने वृद्धिदर प्रतिशत गत वर्ष मौसम दाहिना हुँदा इतिहासमै सबैभन्दा बढी धान उत्पादन भयो, ६५ हजार १० हजार मेटि्रक टन अन्य बालीको उत्पादन पनि राम्रै भयो तर ०७४/७५ मा कृषिको वृद्धिदर . प्रतिशतमा सीमित बनेको स्मरणीय यस वर्ष पनि ढिलो गरी मनसुन सुरु हुनुका साथै केही क्षेत्रमा तुलनात्मक रूपमा कम पानी परेको , त्यसको सीधा असर उत्पादनमा पर्न सक्छ उत्पादनमा कमी आएपछि स्वतः  राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पर्छ 

कृषिविद् कृष्णप्रसाद पौडेल मल, बीउबिजन समयमै नपाइने आकाशे पानीको भरमा बर्खेबाली लगाउनुपर्ने बाध्यता रहेकाले उत्पादन पनि मनसुनमै भर पर्ने गरेको बताउँछन् कृषिप्रधान मुलुक भनिए पनि भारतबाट मात्र ३२ अर्ब २२ करोडको चामल १४ अर्ब ६१ करोडको तरकारी आयात भयो, गत वर्ष पूर्वअर्थसचिव शान्तराज सुवेदी कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउन सके त्यसले खाद्यजन्य आयात घट्ने व्यापार घाटामा कमी आउने बताउँछन्

आर्थिक वृद्धिमा औद्योगिक क्षेत्रको योगदान १५. प्रतिशत तर उत्पादनमूलक उद्योगको योगदान जम्मा .४९ प्रतिशत हाराहारीमा सीमित सरकारले औद्योगिक विकास भनिरहेका बेला उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिनुपर्ने हो त्यसका लागि सहुलियत ऋण, औद्योगिक कच्चा पदार्थमा सहुलियत लगानी वातावरण बनाउनुपर्ने हुन्छ "कर्पोरेट औद्योगिक क्षेत्रको विकास निश्चितबाहेक अझै भएन," पूर्वअर्थसचिव सुवेदी भन्छन्, "त्यो क्षेत्रको विकास गर्न सकिएन भने गाह्रो हुन्छ सरकारले पनि उद्योगमा लगानी वातावरण बनाइदिनुपर्छ "

उद्योग पूर्वाधारमा पर्याप्त वैदेशिक लगानी आउन सकेको छैन गत वर्ष आयोजित लगानी सम्मेलनमा राखिएका ७७ मध्ये १७ वटा परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताले आवेदन दिएका थिए ती परियोजनाको कुल लगानी १२ खर्ब १५ अर्ब रुपैयाँ हो सोही वर्ष ऋण अनुदान गरी खर्ब २२ अर्बको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयको तथ्यांक पूर्वअर्थमन्त्री महत सम्मेलनको प्रचार हल्लाखल्ला मात्रै गरेर लगानी नआउने बताउँछन् भन्छन्, "उत्पादकत्व बजारलाई ख्याल गरेर मात्र लगानी आउँछ त्यसका लागि पहिले सुशासन शान्ति-सुरक्षाको प्रत्याभूति हुनुपर्छ "

रणनीतिक महत्त्वका पूर्वाधारलाई अगाडि बढाउन सकिए यसले दीर्घकालीन रूपमा अर्थतन्त्रलाई सघाउ पुर्याउँछ जस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, रेल परियोजना, बूढीगण्डकीसँगै माथिल्लो कणर्ाली, पश्चिम सेतीजस्ता जलविद्युत् परियोजना यसका उदाहरण हुन् आयोजनाको कुल लागतमध्ये ३० प्रतिशत कामदारको तलबमा खर्च हुने अर्थशास्त्रीय मान्यता यसरी ५० अर्बको आयोजनाबाट वर्षमा १५ अर्ब बराबरको रोजगारी सिर्जना हुन सक्छ खर्ब २१ अर्ब अनुमान रहेको निजगढ विमानस्थल निमर्ाण थालिने हो भने पनि ठूलो आर्थिक तरगंको अनुभूति हुन सक्छ रुपैयाँ खर्च गर्दा देखि रुपैयाँ लगानी आउने सरकारी अनुमान

विडम्बना ! काठमाडौँबासीको तिर्खा मेट्ने मेलम्ची खानेपानी आयोजनाको हविगत छँदै , बूढीगण्डकीजस्ता आयोजना अलपत्रझैँ छन् गत वर्ष मात्र भारतबाट २२ अर्ब ८९ करोड बराबरको विद्युत् आयात हुँदा १२ करोड २० लाखको निर्यात भएको सोही अवधिमा खर्ब १३ अर्ब ३६ करोडको पेट्रोलियम पदार्थ आयात भएको राष्ट्र बैंकको तथ्यांक पूर्वअर्थसचिव सुवेदी भन्छन्, "जलविद्युत् आयोजनालाई 'फोकस' गर्न सकियो भने व्यापार घाटा कम गर्न सकिन्छ बरु निर्यात गरेर अर्थतन्त्र बलियो बनाउन सघाउ पुर्याउँछ रोजगारी सिर्जना हुने नै भयो "

योजना आयोगका पूर्वउपाध्यक्ष शर्मा अब प्रविधिमूलक क्षेत्रमा पनि लगानी बढाउनुपर्ने बेला आएको देख्छन्, जसले रोजगारी पनि सिर्जना गरोस् आव ०७५/७६ को बजेट वक्तव्यमा लाखलाई रोजगारी दिने लक्ष्य थियो तर रोजगारीका लागि बिदेसिने नेपालीको संख्या उत्तिकै तथ्यांक विभागका अनुसार मुलुकमा बेरोजगारी दर ११ प्रतिशत गत आव अन्त्यतिर प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत अर्ब १० करोड रुपैयाँ खर्चियो लाख ७६ हजारले रोजगारी पाएको दाबी सरकारले गरे पनि यथार्थमा झार उखेल्ने, नाली सफा गर्ने काम भए, एकाध क्षेत्रबाहेक

जीडीपीमा ठूलो हिस्सा सेवा क्षेत्रको योगदान बैंक, बिमा, पर्यटन, होटल व्यवसायसहित पर्ने यस परिसूचकको योगदान ५७. प्रतिशत , अर्थतन्त्रमा सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गरेका बेला केन्दि्रत हुनुपर्ने विषय हो, पर्यटन अहिले विदेशी मुद्रा सञ्चिति पनि घट्दो विदेशी मुद्रा आर्जनको माध्यम भनेको निर्यात, रेमिट्यान्स विदेशी पर्यटक हुन् राष्ट्र बैंकको तथ्यांक अनुसार १० खर्ब ३१ अर्ब विदेशी मुद्रा सञ्चिति आयातमुखी अर्थतन्त्र रहेका बेला अहिले पर्यटन क्षेत्रमा लगानी गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउन सक्नुपर्ने ठान्छन्, सुवेदी भन्छन्, "पर्यटक भित्र्याउन सक्यौँ भने होटल व्यवसाय झन् विस्तार हुन्छ, रोजगारी बढ्छ बिदेसिने क्रम कम हुन्छ "



भारतीय मन्दीका बाछिटा

भारतमा पछिल्लो पटक आर्थिक वृद्धि प्रतिशतबाट झरेर प्रतिशत कायम भएको भारतसँगको व्यापार ६५ प्रतिशत रहेको अवस्थामा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्न सक्नेतर्फ अर्थशास्त्रीले सरकारलाई सचेत गराएका छन् यद्यपि अर्थमन्त्री खतिवडा भनिरहेका छन्, ‘भारतमा बाट प्रतिशत आर्थिक वृद्धि हुने भयो भन्दा नेपालमा धेरै रुवाबासी , त्यो किन भइरहेको , बुझ्न सकिरहेको छैन

भारतीय मन्दीको असर मुलुकभित्र हुने आयात, भारतबाट आउने पर्यटक, रेमिट्यान्सलगायतमा देखिने अर्थविद्को आकलन पूर्वअर्थसचिव शान्तराज सुवेदी भारतमा देखिएको मन्दीले सकारात्मक-नकारात्मक दुवै असर पार्ने देख्छन् भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय स्थिर , ०४९ सालदेखि

भारतीय मुद्रा सबल हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ भने कमजोर हुँदा कमजोर अहिले डलरको भाउ ११५ पुग्दा भारतीय मुद्रासँगै नेपाली मुद्रा पनि कमजोर सुवेदी भन्छन्, "हामीकहाँ आयात बढी , डलर दिनुपर्छ आयात गर्दा जति पैसा दिइन्छ, डलर घट्छ डलर बढी जानासाथ व्यापार घाटा बढ्छ निर्यातको आधार बलियो भए हामीले फाइदा उठाउन सक्थ्यौँ " यस्तो असर सीधै नेपाली कामदारलाई पर्ने हुन्छ भारतमा लाखौँ नेपाली कामदार छन् उनीहरूले पठाएको रेमिट्यान्सले घरपरिवारको खर्च चल्छ

अहिले भारतमा लाखौँको रोजगारी गुमेको उत्पादनमूलक उद्योगमा असर हुँदा नेपाली कामदारको माग पनि घट्न सक्ने उनी ठान्छन् केही समयभित्र विश्वमै मन्दी आउने आकलन गर्न थालिएकाले त्यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्न सक्ने ठानिएको



लक्ष्य भेट्न कठिन

०८७ सालसम्म आर्थिक वृद्धिदर दोहोरो अंक (१० प्रतिशतभन्दा माथि) कायम गर्दै उच्च मध्यम आयस्तर भएको मुलुकमा पुग्ने नेपालको लक्ष्य त्यसअघिको लक्ष्य हो, ०७९ सम्म अति कमविकसित मुलुकबाट विकासशील मुलुकमा रूपान्तरण हुने सोहीअनुरूप १५ औँ पञ्चववर्षीय योजना पनि स्वीकृत भइसकेको

तर ऊर्जा, सहरी पूर्वाधार, विमानस्थल, यातायातलगायत पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी बढाउन नसके लक्ष्य प्राप्ति कठिन हुने विश्व बैंकले औँल्याएको

‘नेपालको पूर्वाधार क्षेत्र आकलनसम्बन्धी प्रतिवेदनमा लगानीसँगै अन्तरसम्बन्धित अल्पकालीन दीर्घकालीन हस्तक्षेप, नीतिगत परिमार्जन तथा तयारी प्राथमिकतासहित परियोजना कार्यान्वयनमा सार्वजनिक-निजी क्षेत्रको साझेदारीमा लगानी आकषिर्त गर्नुपर्ने उल्लेख

सरकारले मुलुकमा पूर्वाधार क्षेत्र प्राथमिकतामा रहेको बताइरहे पनि ठूला परियोजना अगाडि बढ्न सकेका छैनन् पूर्वाधार क्षेत्रमा देखिएको लगानी खाडललाई सन्तुलनमा ल्याउनुपर्ने देखिन्छ त्यसको ज्वलन्त उदाहरण हो, राष्ट्रिय गौरवका आयोजना कतिको निर्माण सुरु भएर पनि प्रगति शून्य भने केहीको बल्ल डीपीआर थालिएको लागत नखुल्नु, साइट क्लियर नहुनु, बजेट तय नहुनु, सुरु सम्पन्न गर्ने योजना तय नहुनुलगायतका कारण आयोजना निर्माणमा प्रगति हुन नसकेको हो यसको सीधा असर अर्थतन्त्रमा पर्ने गर्छ ‘सरकार जवाफदेही हुादाहुादै पनि सहरी क्षेत्रमा मागअनुसार अपर्याप्त पुँजीगत खर्च खर्च गर्ने क्षमता नदेखिनु आफैँमा विरोधाभासपूर्ण ,’ विश्व बैंकको प्रतिवेदनमा भनिएको

०८७ सालसम्म पूर्वाधार क्षेत्रमा करिब ४८.३४ विलियन डलर लगानी गर्नुपर्ने अर्को अध्ययन प्रतिवेदनले औँल्याएको ‘नेपाल इन्फ्रास्ट्रक्चर २०३० : इन्भेस्टमेन्ट एन्ड फाइनान्सिङ निड्सनामक अध्ययन इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) नेपाल उद्योग परिसंघ (सीएनआई) ले संयुक्त रूपमा गरेका हुन्

पुरा पढ्नुहोस्

सहरै सहरको देश

विजयराज खनाल
चार अर्थमन्त्रीको पालामा ५५ भन्दा बढी नयाँ सहर विकास घोषणा 
पुरा पढ्नुहोस्

नेपालीको रेमिट्यान्स : आधा कमाइ दलाललाई, बाँकी साहूलाई

योगेश ढकाल
आर्थिक विकासको सूचकका रुपमा रेमिट्यान्सको बढाइचढाइ व्याख्या हुँदै गर्दा विदेशमा मजदुरी गर्न जाने नेपालीको मर्का बुझिएन ।
पुरा पढ्नुहोस्

घरेलु माग धानेका उद्योग

विजयराज खनाल
क्लिङ्कर, सिमेन्ट र रडमा मुलुक आत्मनिर्भर, सिमेन्ट निर्यातको सम्भावना
पुरा पढ्नुहोस्

विस्तारकारी मौद्रिक नीति

विजयराज खनाल
आर्थिक वृद्धिलाई सघाउन कर्जा बढाउनुपर्ने र कर्जाकै कारण बढ्ने आयात निरुत्साहित गर्नुपर्ने चुनौती
पुरा पढ्नुहोस्

संवाद

'विदेशी पेन्सन थाप्नुभन्दा देशको नाम चम्काउनु ठीक'

मनबहादुर बस्नेत

सात महिनाभित्र संसारका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर दुर्लभ कीर्तिमान बनाउँदै छन्, म्याग्दीका निर्मल पुर्जा, ३४ । चीनको सीसापाङमा हिमालमा मात्रै उनको अदम्य साहसिक पाइला पुग्न बाँकी छ ।

छोटो समयमै सबै अग्ला हिमाल चढ्ने ऊर्जाको स्रोत के हो ?

मानवभित्र जे पनि गर्न सक्ने क्षमता हुन्छ । आफ्नो सोचलाई खुम्चाइदियो भने हामीभित्रको क्षमता पनि खुम्चिँदो रहेछ । पहिले चन्द्रमामा मानिस जान्छ भन्दा कसैले पत्याउँदैनथे । मलाई पनि सात महिनामा यी हिमाल चढिसक्छु भन्दा कसैले मेरैअगाडि कसैले पछाडि सक्दैनस् भनेर उडाउँथे । तर मभित्र अदम्य इच्छाशक्ति थियो । त्यो इच्छाशक्ति नै मेरो ऊर्जा हो ।

इच्छाशक्ति जगाउने कारण ?

कुनै पनि काम निःस्वार्थ भावले गरिन्छ भने त्यसले ठूलो ऊर्जा दिन्छ । यो पाउँछु, त्यो पाउँछु भनेर होइन, मनले खाएको काम गर्दा इच्छाशक्ति खोई कताबाट पलाउँदो रहेछ ।

तपाईंको साहसबारे पर्वतारोहणका हस्तीहरु के भन्छन् ?

उनीहरु मेरो ठूलो फ्यान भएका छन् ।  म कतै रेस्टुराँमा छिरेको चाल पाए भने एकैछिनमा घेरिहाल्छन् ।

हिमाल आरोहणमा शेर्पा जाति विश्वमै चिनिन्छन् । तपाईंको काम देखेर शेर्पाहरू स्वयं चकित छैनन् ?

साँच्चै चकित छन् । मैले यस्तो गर्न सक्छु भनेर कसैले विश्वासै गरेका थिएनन् ।

बेलायती सैनिक सेवा छोडेर पर्वतारोहणमा लाग्ने मुड कसरी चल्यो ?

मैले सन् २०१२ मा पर्वतारोहण थालेँ । २०१७ मा सगरमाथा क्षेत्र पुग्दा बाटो बदल्ने सोच आयो । सगरमाथा चढ्नुअघि बाटो खोल्ने आइसफल डाक्टर टिममा गएको थिएँ । त्यस बेला आफ्नो काम देखेर आफैँप्रति ठूलो आत्मविश्वास पलायो । अनि मस्तले पेन्सन खाएर बस्ने समयमा मैले मुलुकको नाम चम्काउने बाटो रोजेँ ।

अग्ला हिमाल चढ्दा सबैभन्दा कठिन कहाँ भयो ?

पाकिस्तानको केटुमा निकै डर लाग्यो । खराब मौसमका कारण सबैले आरोहण त्यागिसकेका थिए । तर मेरो टिम एक्लै चढ्यो । बाटो खोलेपछि अरुले पनि चढे । कञ्चनजंघामा ८ हजार ४ सय ५० मिटरमा पुगेपछि तीन जना भारतीयलाई मिङ्मा डेभिड शेर्पा, गेसमान तामाङ र मैले आफ्नो अक्सिजन दिएर उद्दार गर्यौँ र हामी बिनाअक्सिजन चढ्यौँ । त्यसबेला निकै गाह्रो भएको थियो । तर कसैको ज्यान बचाउन अक्सिजन दिएकाले मनमा सन्तोष थियो ।

तपाईंको आरोहणमा सरकारी सहयोग छ कि छैन ?

चीन सरकारले सीसापाङमा आरोहणका लागि खुला गरेको छैन । हाम्रो सरकारले मेरो अभियानलाई देशको मिसनका रुपमा स्वीकारेर कूटनीतिक पहल गरिदियो । चीनले हामीलाई आरोहणका लागि अनुमति दिने मौखिक सहमति दिएको छ । तर परमिट पाएको छैन ।

अबको लक्ष्य ?

सन् २०१४ मा म आमादब्लम हिमाल चढ्न गएको थिएँ । चार वर्षपछि त्यहाँ जाँदा तलदेखि पानी बोकेर लैजानुपर्यो । विश्व तापमान वृद्धिको असर मैले पहिलोपटक अनुभव गरेँ । यही विषयलाई सहयोग पुग्ने काम गर्छु ।

पुरा पढ्नुहोस्

‘संघीयताप्रति सरकार इमानदार छैन’

नेपाल संवाददाता
गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन (०५१) गराएपछि नेपाली राजनीतिले के मोड लियो भनेर कसैले पनि लेख्ने हिम्मत नगरेकामा आक्रोशित सुनिन्छन्, कांग्रेस उपसभापति विमलेन्द्र निधि ।
पुरा पढ्नुहोस्

'बली राजा-महाराजाको अहं हो'

मनबहादुर बस्नेत
दसैँको महानवमीमा मात्रै खुल्छ, वसन्तपुरस्थित तलेजु भवानीको मन्दिर । यसका आफ्नै मान्यता भएको मन्दिरका मूल पुजारी उद्धव कर्माचार्य बताउँछन् ।
पुरा पढ्नुहोस्

'सरकार सक्रिय नहुँदा बजारमा बदमासी'

मनबहादुर बस्नेत
चाडबाड नजिकिएसँगै सधैँजस्तो अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा सक्रियता बढाएको छ ।
पुरा पढ्नुहोस्

'काठमाडौँ केन्द्रित मनोविज्ञान अझै छ'

बसन्त बस्नेत
विद्यार्थी राजनीति हुँदै मूलधारमा आउँदा शंकर पोखरेल अरु नेताझैँ काठमाडौँ केन्द्रित हुन पुगेथे । आफ्नो खासै दिलचस्पी नरहेको जिम्मेवारी अर्थात् प्रदेश ५ को मुख्यमन्त्री उनलाई आइलागेको छ ।
पुरा पढ्नुहोस्

मनोरञ्जन

खेलकुद

पिताकै पथ

राजु घिसिङ

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो अर्जेन्टिनी लियोनल मेसी आफ्नो पुस्ताका सर्वोत्कृष्ट फुटबल खेलाडी हुन् यी दुईमा को उत्कृष्ट भन्नेमा ठूलै बहस हुने गरेको रोनाल्डो ३४ मेसी ३२ वर्षका भए उमेरसँगै दुवैको करिअर संन्यासतर्फ मोडिँदै प्रदर्शन उपलब्धिको आधारमा विश्व फुटबलमा सर्वकालीन महान खेलाडी मानिएका यी दुईपछि बन्ने सुपरस्टारबारे पनि धेरैखाले अनुमान हुने गरेका छन्

अबको २० वर्षतिर प्रतियोगिताको उपाधि अवार्डमा फेरि रोनाल्डो मेसीकै प्रतिस्पर्धा भयो भने त्यो आश्चर्य नहुन पनि सक्छ किनभने दुवैका छोरा सानै उमेरमा फुटबल क्रेजी देखिएका छन् दुवै सुपरस्टारले आफू सानो छँदा जस्तो खेलाडी थिए, अहिले छोरा पनि उस्तै भएको बताइसकेका छन् मिडिया रिपोर्ट युट्युब तथा इन्स्टाग्राममा आइरहेका भिडियोले पनि रोनाल्डो मेसीका सन्तान फुटबलमा उमेरअनुसार कुशल भएको देखाउँछ

रोनाल्डोका छोरा क्रिस्टियानो जुनियर वर्षका छन्

रोनाल्डो जुनियर युभेन्ट्सको एकेडेमीमा ट्रेनिङ गर्छन् उनले हालै बुबाले जस्तै 'ओभरहेड किक' मा गरेको गोल युट्युबमा भाइरल नै बन्यो बुबाले जस्तै नम्बरको जर्सी लगाउने उनले यू- को डेब्युमै चार गोल गरेका थिए रोनाल्डो कहिलेकाहीँ छोरासँगै अभ्यास गर्छन् फुटबल कौशल सिकाउँछन्

मेसीका छोरा थियागो भने एकेडेमीमा भर्ना भएका छैनन् 'थियागो पहिले खेल मन पराउँदैनथे,' मेसीको भनाइ स्पेनी पत्रिका मार्काले लेखेको , 'अहिले सबै खेल हेर्ने, मन पराउने भएका छन् खेलको प्राविधिक पक्षबारे कुरा गर्छन् पहिला मजस्तो थिएँ, छोरा त्यस्तै क्रेजी छन् '

जेठा छोराले खेलको राम्रो-नराम्रो पक्ष केलाइरहँदा वर्षे माटेओ भने मैदानमै उत्रिएर बुबाले जस्तै बल हान्न थालेका छन् उनकी आमाले केही अघि इन्स्टाग्राममा अपलोड गरेको भिडियो लाखौँले हेरे, जहाँ माटेओले बुबाले जस्तै बल अगाडि बढाएर गोल गर्दै खुसियाली मनाएका छन् फुच्चे केटोले मैदानको मध्यभागबाट डि्रब्लिङ गर्दै पोस्टनजिक पुर्याएर हानेको गोलले मेसीको खेलको झल्को दिन्छ

मेसी रोनाल्डोको उमेरमा जति अन्तर , संयोगले दुवैका जेठा सन्तानको उमेरमा पनि उति नै फरक मेसीले १७ वर्ष रोनाल्डोले १६ वर्षको उमेरमा व्यावसायिक फुटबलमा करिअर सुरु गरेका थिए मेसीले क्लब फुटबलमा निरन्तर बार्साबाटै खेलिरहेका छन् रोनाल्डोको चौथो क्लब हो, युभेन्ट्स मेसीले ३४ रोनाल्डोले २९ उपाधि जितेका छन् दुवै सुपरस्टारले देश क्लबका लागि सयभन्दा बढी गोल गरेका छन् वर्षको उत्कृष्ट खेलाडीको अवार्ड बालोन डि'अर - पल्ट जितेका कीर्तिमानी रोनाल्डो मेसीकै पथमा छोराहरु आउँछन् भन्ने अहिले अनुमान मात्रै गर्न सकिन्छ

पुरा पढ्नुहोस्

स्थायी उपविजेता !

पवन आचार्य
हिरो कपमा भारतीय भूमिमा उसैलाई हराउन सक्नु र समूह चरणमा महिला फुटबलको एसियाली पावरहाउस इरानलाई पराजित गर्नु नेपाली महिला फुटबल टिमको सफलता
पुरा पढ्नुहोस्

खेलभित्र झेल

पवन आचार्य
राखेपको नेतृत्वमा हुँदा ओलम्पिकलाई गाली गर्ने र त्यहाँ पुगेपछि राखेपलाई सत्तोसराप गर्ने नेपाली खेलकुदको रोग नै हो ।
पुरा पढ्नुहोस्

भलिबलको ग्ल्यामर

 राजु घिसिङ
एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप २ भदौदेखि सुरु हुँदै छ, जहाँ सात देशले एक सातासम्म प्रतिस्पर्धा गर्दै छन् । नेपालले आयोजना गरेको सबैभन्दा ठूलो भलिबल प्रतियोगिता हो यो ।
पुरा पढ्नुहोस्

‘फ्यान सपोर्ट हाम्रा लागि बाह्रौँ खेलाडी, दुर्भाग्यवश हामी बाह्रौँ खेलाडीविहीन हुँदै छौँ ।’

मनबहादुर बस्नेत
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल छनोटका लागि नेपालले भदौ अन्तिमदेखि खेल्दै छ । समूह बीमा रहेको नेपाल अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेईसँग भिड्नेछ ।
पुरा पढ्नुहोस्

साहित्य

केन्द्रीयतालाई धक्का

गणेश साम्पाङ/पाँचथर 

कुनै नयाँ पुस्तक प्रकाशित हुनासाथ त्यसको चर्चा गर्ने पहिलो थलो हुन्छ, फिदिम बजार एक वर्षभित्रै यहाँ मुक्तान थेवाको अखण्ड आलाप, विमल वैद्यको अक्षर सिम्फोनी, बियस राईको हिउँमाझी, विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे, काङमाङ नरेश राईको एघार नोभेम्बर, भूपिनको मैदारो, धनपति ढुंगेललगायतका पुस्तकको चर्चा भइसकेका छन्

पुस्तक चर्चा मात्र होइन, पाँचथरमा एकल तथा युगल सिर्जना वाचनसमेत बाक्लो हुने गरेको स्थानीय भाषामा नाम्धिङ्गो साँझ नाम दिइएको कार्यक्रममा देखि जना स्रष्टाको रचना वाचन हुने गर्छ यस वर्ष मात्रै कवि उपेन्द्र सुब्बा, प्रकाश थाम्सुहाङ, प्रेम ओझा, सिरेन बान्तवा, सरस्वती दुमी राई, डीआर हाङसरुम्बा रोज लाबुङ, जितेन मुस्कान लीला अनमोल, कविता राई गाउँले, राजकुमार सुब्बा, लेकाली कान्छा विराट किराँतीले नाम्धिङ्गो साँझ जमाए

फिदिम बजारको कविकुनामा थुप्रै अनौपचारिक कार्यक्रमसमेत हुन्छन् फिदिममा काम-विशेषले आउने कवि, लेखक, गायक, कलाकार सबै खाले स्रष्टासित साक्षात्कार गर्छन्, कवि कुनामा भित्ताभरि पारिजात, बैरागी काइँला, भूपी शेरचन, अमर नेम्बाङलगायत  दर्जन सहित्यकारको फोटो राखिएको कविकुनामा साहित्य विमर्श, रचना वाचन, अनुभव आदान-प्रदानलगायत गतिविधि हुन्छन्

उसो , २० को दशकमा चलेको साहित्यिक आन्दोलन तेस्रो आयामका तीन अभियन्तामध्ये एक बैरागी काइँलाको जन्मथलो पनि पाँचथर नै हो निकै अन्तरालपछि राजन मुकारुङसहित पाँचथरका हाङयुग अज्ञात उपेन्द्र सुब्बाले साहित्यमा नश्लीय चेतको बोध गर्ने सिर्जनशील अराजकता अभियानको केन्द्र पनि पाँचथर नै थियो यसैगरी यहाँकै भवानी तावा, राज माङलाक, सगुन सुसारा, समीरलगायतले उत्तरवर्ती सोच अनि धर्मेन्द्रविक्रम नेम्बाङ, चन्द्रवीर तुम्बापो, चन्द्र योङ्यालगायतले रंगवाद-बहुरंगवादको अभियान चलाए कुकुर कविता अर्को त्यस्तै अभियान हो "पाँचथरबाट सुरु यी गतिविधिले साहित्यमा केही प्रभाव राखे पनि राजधानी भत्काउने सामथ्र्य पर्याप्त हुन्न," आख्यानकार राजन मुकारुङ भन्छन्, "यसमा अन्य क्षेत्रले पनि सहयोग गर्नुपर्ने हुन्छ "

तेस्रो आयामपछि केही दशकको शून्यतालाई ६० को दशकदेखि निरन्तर जोड्दै साहित्यकर्मबाट कथित केन्द्र भत्काउने अभियानमा जुटेका छन्, पाँचथरे स्रष्टा पाँचथरका स्रष्टा नयाँ-नयाँ प्रयोगमा रुचि राख्छन् विभिन्न लेखकीय अभियान चलाएर काठमाडौँलाई धक्का दिइरहन्छन् कृति समीक्षादेखि एकल रचना वाचन साहित्यिक अभियानदेखि कविकुनासम्मको सक्रियताले यसो भन्छ

कुनै समय 'एक टोल एक सम्पादक' भएर लघुसाहित्यिक हवाई पत्रिका प्रकाशन गरेर चर्चा कमाएको पाँचथर पछिल्लो समय अलिक फरक साहित्यिक कर्मबाट चिनिन चाहेको स्रष्टाहरूको धारणा "अन्य क्षेत्रमा जस्तै साहित्यमा पनि राजधानीले अन्य क्षेत्रलाई नगन्ने प्रवृत्ति ," याक्थुङ लेखक संघ पाँचथरका अध्यक्ष राज दिलाञ्जली भन्छन्, "पाँचथरे साहित्यिक मन संस्था राजधानीको दबदबालाई चुनौती दिन लागेका हौँ यसले युवामाझ पठन संस्कृति बढेको उनको बुझाइ

लघु साहित्यिक विधा गजल लेखनमा पाँचथरले पहिचान स्थापित गरेको गजल मञ्च पाँचथरले हजार सय ५५ राशिको ऐतराज केरुङ स्मृति गजल पुरस्कार स्थापना गरेको संस्थाले घनश्याम परिश्रमीदेखि प्रकट पंगेनी 'शिव', रावतदेखि सुन्दर कुरूपसम्म्ा पाँचथरको मञ्चमा उभ्याएको पाँचथरले प्रश्नोत्तरसहितको गजल वाचन नामक नवीनतम शैलीसमेत अघि सारेको पाँचथरे गजलकारले दर्जन हाराहारी गजलसंग्रह प्रकाशन गरिसकेका छन्   "यस्ता साहित्यिक गतिविधिले जिल्लालाई देशमा चिनाएको ," पाँचथरे साहित्यकार प्रेम ओझा भन्छन्, "साहित्यिक कर्ममा पाँचथर देशमै अग्रपंक्तिमा

पुरा पढ्नुहोस्

(पुस्तक समीक्षा) सिङगिङ बाउलको अपूरो उत्खनन

मनबहादुर बस्नेत
सिङगिङ बाउलको उत्पत्ति थलोबारे यकिन गर्न नसके पनि यो पुस्तकमा सिङगिङ बाउलको न्वारान नेपालमा भएको प्रमाण पेस छ ।
पुरा पढ्नुहोस्

अतिमानव पथ

प्रकाश आङदेम्बे  
अहिले पहिचान, आञ्चलिकता, सांस्कृतिक चेतनाजस्ता पक्ष घनीभूत रुपमा जागे पनि निबन्धमा शंकर लामिछानेकै युग चलिरहेको छ ।
पुरा पढ्नुहोस्

‘मलाई एक बाकस आँखा ल्याइदिन नबिर्सिनु है'

ताप्लेजुङको दुर्गम हिमाली भेगमा जन्मेका सन्दुक रुइतले संघर्षैसंघर्षले खारिएको आफ्नो चिकित्सा करिअरमा १ लाख २० हजारभन्दा बढी दृष्टिविहीनलाई आँखाको ज्योति प्रदान गरिसकेका छन् ।
पुरा पढ्नुहोस्

अडोनिसका तीन कविता

युयुत्सु आरडी शर्मा
नोबेल पुरस्कारका लागि सदाबहार दाबेदार अडोनिसको जन्म सिरियाको अलविती नामक किसान गाउँमा भएको थियो । गरिब परिवारका भएकाले उनी स्कुल जान सकेका थिएनन् । प्रारम्भिक शिक्षा पिताकै खेतबारीमा प्राप्त गरे । पिता अरबी शास्त्रीय कवि भएकाले उनले पनि कविता लेखन र वाचनमा निपुणता पाएका थिए ।
पुरा पढ्नुहोस्

ब्लग

कागजको रंगीचंगी फूल

सुनिता लोहनी

मायालु हजार हुन्छन् तर माया एकै हुन्छ

बुझेर माया देऊ, दिनुपर्ने एउटै हुन्छ

यो गीत नसुन्ने को होला ! गायक धु्रव केसी, ७३, को स्वर तथा गोपाल योञ्जनको शब्द, संगीतमा सजिएको गीतले उतिबेला रेडियो नेपाल घन्काएको थियो भने अहिले युट्युबका पेज अधिकांशले उनको यो गीतमा 'कभर सङ' गाएको देखिन्छ युट्युबमा गायक धु्रव केसी सर्च गर्यो भने दर्जनजति गीत फेला पर्छन् केसीले अधिकांश प्रेमका गीत गाए शिवशंकरको संगीतमा निष्ठुरी मायालुलाई कर्णपि्रय स्वर शब्दमा गुनासो पोखे, तिम्रो माया कागजको रंगीचंगी फूलजस्तो...

गायक केसी वर्षदेखि पार्किन्सनबाट ग्रसित छन् हाल अर्किड केयरहोममा बस्ने उनलाई रोगले शिथिल बनाएको सुस्तरी बोल्छन् धेरै हलचल गर्न सक्दैनन् तर आफ्नो अमर गीत 'मायालु हजार हुन्छन्...' भने केही गुनगुनाउँछन्

सिनामंगलमा जन्मेका केसीका छिमेकी कृष्ण लामिछाने रेडियो नेपालमा काम गर्थे लामिछानेकै सहयोगमा वर्षको उमेरमै उनले रेडियो नेपालको बाल कार्यक्रममा सहभागी हुन पाए त्यहाँ कविता भन्थे बालगीत गाउँथे लजालु स्वभावका केसी उमेरमा निकै 'ह्यान्डसम' देखिन्थे उनका ठूलोबुबाका छोरा भुवन केसी नेपाली चलचित्र उद्योगका सदाबहार हिरो भए

सन्तानमध्येका जेठा छोरा उनले करिब २० वर्षको उमेरमा मागी विवाह गरे उनकी जीवनसंगिनीले संसार छाडेको १५ वर्ष भइसक्यो दुई छोरी भारतमा बस्छन् भने एक छोरी नेपालमै छोरीसँग फोनमा कुरा भइरहन्छ उनको कलाकार मदनकृष्ण श्रेष्ठलाई पनि आफूलाई जस्तै रोग लागेको उनी सुनाउँछन् पार्किन्सनले रोगीलाई डिप्रेसनमा लैजाने उनको अनुभव

दरबार हाइस्कुलबाट एसएलसी दिएका उनले आर्थिक परिबन्दले डेढ वर्ष मात्र कलेज पढ्न आए १६ वर्षको उमेरमै स्वर परीक्षा पास गरी गीत गाउन थालेका केसीले रेडियो नेपालमा जागिर खाए, क्लर्क पदमा उनका सहकर्मी थिए, रामलाल जोशी, कन्हैयाकुमार, माणिकरत्न, यादव खरेल किरण खरेल रामलाल, कन्हैयाकुमार, माणिकरत्नसँगै पोखरा घुम्न जाँदा फेवातालमा डुंगा चढेर ताल बाराही मन्दिरअगाडि पौडी खेलेको उनी सम्झन्छन् भन्छन्, "परिवारसँग बस्ने मन साथीभाइ भेट्ने मन "

रेडियोमा रामलाल, उत्तमलाल, यादव आफू भएर विज्ञापन सुरु गरेको उनी सम्झन्छन् केसीले पहिलोपल्ट बाँसबारी जुत्ताको विज्ञापन पढेका थिए कुनै विज्ञापन आफैँ लेख्थे, कुनै अरुले बनाउँथे ०२९ सालतिर बम्बैको स्टुडियोमा भाषा परीक्षा दिन जाँदा कलाकार मनमोहन किसनले अन्तर्वार्ता लिएको उनको स्मृतिमा ताजै अन्तर्वार्तापछि भजनमा कोरस गाउन गए पछि एउटा साथीको संगीत-शब्दमा उनले हिन्दी गजल रेकर्ड गराए, करके मेरे कब्र पर तुमने जो मुस्कुरादिया, बिजली चमके गिरपरे सारा कफन भुलादिया

त्यो गीत अल इन्डिया रेडियोबाट बज्यो आफू हिन्दी गीत गाउने पहिलो नेपाली भएको केसीको दाबी करिब ७० गीत गाएका उनलाई शास्त्रीय संगीत सिक्न ठूलो रहर थियो डिल्लीबजारको पद्मकन्या स्कुलमा साँझ इलाहावाद विश्वविद्यालयको संलग्नतामा रहेको संस्थाले शास्त्रीय संगीत सिकाउँथ्यो उनी केही दिन गए तर घरबाट बन्देज भएपछि धोको अधूरै रह्यो

रेडियो नेपालको वर्षे जागिर छाडेर उनी भारत गए बोतल कारखानामा काम गरे अवकाशपछि मात्र छाडे करिब १० वर्षअगाडि नेपाल आए अहिले उनलाई लाग्छ, संगीतमा केही गर्न सकिएन तर,केसीका गीत पुरानालाई मात्र होइन, नयाँ पिँढीका लागि पनि उत्तिकै रुचिकर बन्न सक्छन् उनको गीत सुनेर युवा मन प्रेमिल होस्, निष्ठुरी मायालुलाई फकाउन कोसिस गरिरहोस्, उसका प्रेमिल क्षणलाई यी गीतले अमर बनाइदिऊन्  

पुरा पढ्नुहोस्

वाह ! विकास

मनबहादुर बस्नेत
मुस्ताङको कोरला नाका ताकेर ०७५ चैत पहिलो साता काठमाडौँबाट हानियौँ। हिउँ जमेका कारण मुक्तिनाथभन्दा अगाडि बाटो नखुलेको पोखरा पुगेपछि थाहा पाउँदा भने मन खिसि्रक्क भयो । जहाँसम्म पुगिन्छ, त्यहीँसम्म जाने भनेर अगाडि बढियो ।
पुरा पढ्नुहोस्

चार घन्टा नमस्कार

पवन आचार्य
चार घन्टासम्म नमस्कार गरेर बस्नुपरेको पीडा सुनाउँदै एक खेलाडीले भनिन्, “मनोबल बढाउनु त परै जाओस्, पदाधिकारीको भाषण सुन्दा हामीलाई ठूलै पापको सजाय खेपेजस्तो लाग्यो ।”
पुरा पढ्नुहोस्

छाप छाडेको छपिया

सन्तोष आचार्य
स्थानीय किसानको जीवनशैली बदलिएको छ । पोखरीमा माछा पानीसँग खेल्छन् । किसान पैसासँग । किसान जागे के हुन्छ ?
पुरा पढ्नुहोस्

बहकिएका सत्तापक्ष, प्रतिपक्ष र अगुवा

बसन्त बस्नेत
सरकार–सीके सहमतिबारे सत्ता घटककै नेता यत्रोविधि असन्तुष्ट हुनुको गुह्य भने बुझ्न सकिएन । शृंखलाबद्ध सिकायत सुनिसक्दा लाग्यो, यी नेताहरुका लागि सहमतिको प्रश्न होइन, नेकपाभित्रको आन्तरिक असन्तुष्टि मुख्य हो ।
पुरा पढ्नुहोस्

तस्विर/भिडियो

रातो रौनक

सरोज बैजु

दसैँका दृश्यहरू क्रमश: बदलिँदै छन् । १५ दिन लामो यो राष्ट्रिय चाड मनाइरहँदा कतै अभूतपूर्व खुसीयाली त कतै जेनतेन परम्परा धान्नुपर्ने बाध्यता देखिन्थे । दसैँको मौका छोपेर निरीह नागरिकको ढाड सेकाउने कालाबजारीदेखि यातायातको चर्को भाडा असुल्ने पनि कम देखिएनन् ।

त्यसो त दसैँ मनाउने सन्दर्भमा सामाजिक रूपमै धेरै हेरफेर देखिइसकेको छ । पारिवारिक मिलन र समझदारीको पर्व मानिने दसैँमा प्रतिस्पर्धा र तडकभडक डरलाग्दो गरी बढ्दै छ । आडम्बर नदेखाई दसैँ नै नहुने जस्तो स्थिति आइसक्यो ।

खासमा बर्खे कृषिकर्मपछिको शारदीय पर्व हो, दसैँ । यही मौसममा अन्य समुदायका पर्वहरू पनि पर्छन् । दाल, भातदेखि खसी र मरमसलासम्म बाहिरबाट ल्याएर हामी चाडपर्व मनाउँदै छौँ ।

विदेशबाट आयात गरेको चंगा उडाएर भए पनि खुसी खोज्ने कोसिस छ, हाम्रो । दसैँको रातो रौनकले ठूलाबडालाई भन्दा पनि बालबालिकालाई छोइहाल्छ । उनीहरूकै निर्दोष फर्‍याकफुरुकमा पर्वको मर्म जो लुकेको छ । हेरौँ हाम्रो महापर्वलाई, यी तस्बिरहरूमा ।

पुरा पढ्नुहोस्

सीमा सकस

विप्लव भट्टराई/इलाम
सन्दकपुरमा नेपालतर्फबाट कच्ची मोटर सडक पनि निर्माण भइसकेको छ । तर मुख्य पर्यटकीय स्थलमा भारतको अवरोधले नेपालतर्फबाट पर्यटक आवागमन वृद्धि हुँदा नकारात्मक असर पर्ने देखिएको छ ।
पुरा पढ्नुहोस्

चमेरोको चोरीसिकार

मैत्या घर्ती मगर
मुस्किलले ३ सय ग्रामसम्मको हुने यो चमेरोलाई स्थानीय औषधीका लागि सिकार गर्छन् ।
पुरा पढ्नुहोस्

नदी तर्न बीस किलो धान

राजकुमार राउत/लहान
कमला नदीमा पुल अलपत्र परेपछि सिरहा र धनुषाका करिब ६ सय मानिस दैनिक जोखिम मोलेरै डुंगामार्फत नदी आउजाउ गर्छन् ।
पुरा पढ्नुहोस्

गिरहतले दिएको पुस्तैनी पीडा

भरत जर्घामगर/सिरहा
"सानैदेखि भोगी मालिकको काम गरेँ । अहिले पनि मालिक भोगीकै निगाहमा चुल्हो बलेको छ ।"
पुरा पढ्नुहोस्